निर्णय नं. ८७९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2030/05/14 २०३१ निर्णय नं. ८७९ ने.का.प. २०३२ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायधीश श्री वासुदेव शर्मा सम्वत् २०२९ सालको रिट नम्बर १०८५ आदेश भएको मिति : २०३०।५।१४।५ निवेदक : कैलाली जिल्ला धनगढी घर भई हाल का.जि.डिल्लीबजार कालिकास्थान डेरा गरी बस्ने हरिहरप्रसाद भण्डारी विरुद्ध विपक्षी : सञ्चालक समिति कृषि विकास बैङ्क काठमाडौं नेपाल विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) परीक्षणकाल समाप्त भएपछि स्थायी नियुक्तिको छुट्टै अर्को नियुक्ति पाउने भन्ने नभई नियुक्ति पाउने छ भन्ने वाक्यांशबाट परीक्षणकाल समाप्त भएपछि स्वतः स्थायी नियुक्ति पाएको सम्झनु पर्ने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता वासुदेवप्रसाद ढुङ्गाना प्रतिपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता मधुप्रसाद शर्मा आदेश प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : तपाईंलाई यस कार्यालयको प.सं.१:७४ (५) मिति ११।९।०२८ को पत्रअनुसार ६ महिनाको लागि यस बैङ्कको ऋण अधिकारी पदमा परीक्षणकालमा भर्ना गरी काम गरिआएकोमा तपाईंको काम सन्तोषजनक नभएबाट सेवाबाट अवकाश दिइएको छ भन्ने कृषि विकास बैङ्क प्रशासन विभाग कर्मचारी प्रशासन शाखाबाट ०२९।१।६ मा र मिति ०२९।२।११।४ मा तपाईंले दिएको पुनरावेदनको सम्बन्धमा यस बैङ्कबाट मिति ०२८।१२।३० गते बसेको सञ्चालक समितिको निर्णयअनुसार तपाईंलाई अवकाश दिएको कुरा नै उचित भएको हुँदा आदेशानुसार सूचित गरिन्छ भन्ने कृषि विकास बैङ्क प्रशासन शाखाबाट मिति ०२९।५।१३ मा निवेदकलाई पत्र दिएको रहेछ । ३. कृषि विकास बैङ्कको ऋण अधिकारीको पदमा ६ महिनाको परीक्षणकालमा रहने गरी नियुक्ति पाई कामकाज गरिरहेको बखत काम सन्तोषजनक नभएबाट सेवाबाट अवकाश दिएको छ भनी प्रमुख व्यवस्थापकज्यूको पत्र पाई उपरोक्त निर्णय उपर सञ्चालक समितिमा पुनरावेदन गरेको ०२८।१२।३० मा बसेको सञ्चालक समितिको निर्णयअनुसार अवकाश दिएको कुरा नै उचित भएको हुँदा सूचति गरिन्छ भन्ने पत्र प्राप्त भयो कृषि विकास बैङ्क कर्मचारी व्यवस्था नियम ०२४ को परिच्छेद २ नियम (३) को व्यवस्थाअनुसार मेरो तह अर्थात तृतीय श्रेणीको नियुक्ति गर्ने अधिकारी सञ्चालक समिति भएको नियुक्त गर्ने अधिकारीले मात्र बर्खास्त अवकाश वा सेवाबाट हटाउन सक्ने व्यवस्था भएको सञ्चालक समितिको निर्णयले मलाई हटाएको भए पहिलेकै पत्रमा समेत सञ्चालक समितिको निर्णय भएको देखिनुपर्ने नभएकोबाट पुनरावेदनमा जिकीर लिएपछि गैरकानूनी निर्णयलाई कानूनसङ्गत बनाउन पछि मात्र निर्णय गरेको स्वतः देखिने परीक्षणकालमा रहेको कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्थासम्म देखिन्छ । अवकाश दिनसकिने होइन, परीक्षणकालको अवधि २०२८।१२।३० मै पुरा भएको हुँदा सो मिति पछि अवकाश दिएको कुरा गैरकानूनी र अवकाश दिनु भन्दा अघि मलाई प्रतिवादी पेश गर्ने मौका दिनुपर्नेमा सो समेत नदिएको, यसप्रकार गैरकानूनी निर्णय बदर गरी पाउन सञ्चालक समिति छेउ पुनरावेदन चढाएकोमा निष्पक्ष रुपमा अध्ययन विचार नभई पहिले नदेखाएको ०२८।१२।३० को सञ्चालक समितिको निर्णय अनुसार अवकाश दिएको उचित भएको भनी ठाडै तामेलीमा राखी दिएको प्राकृतिक न्यायको सिद्धान्त र कानून विपरीतसमेत भएको र विपक्षीले गैरकानूनी र अनाधिकार कार्य गरेको हुँदा उत्प्रेषणको आद