निर्णय नं. ८८० - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८० - जग्गा खिचोला भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2029/05/06 २१८४ निर्णय नं. ८८० ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री मीनबहादुर थापा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३६ सालको दे.पु.नं. १८०१ फैसला भएको मिति : २०२९।५।६।२ पुनरावेदक : वीरगञ्ज रेशमकोठी बस्ने बंसिधर मारवाडी विरुद्ध विपक्षी : जि.प्र.प्र.सो.मो. हरपतगञ्ज बस्ने महेन्द्र राउत अहिर मुद्दा : जग्गा खिचोला (१) जग्गा नापी हुँदा एकाको हकको जग्गा अर्काले नापी दर्ता गराई लियो भनी लिखित रुपमा खिचोला देखाएको जग्गाधनी हकमा तेरो मेरो भन्ने विवाद उठेको कुरामा उजूर गर्नलाई जग्गा नापी दर्ता भए गरेको मितिबाटै उजूर गर्नुपर्ने कारण उपस्थित हुन आएको भएपछि जग्गा मिच्नेको १८ नं. को २ वर्ष हदम्याद रहने । (प्रकरण नं. ८) पुनरावदेक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता कुञ्ज विहारीप्रसाद सिंह फैसला न्या. मीनबहादुर थापा १. २०१४।५।१८ मा मंसी राउतबाट सुक्रिबिक्री गरी लिई हरपतगञ्जको कि.नं. ४६० को जग्गा ।२.२ दर्ता गराई भोगी आएकोमा हाल सर्भे नापीमा कि.नं.१५२ को जग्गा ।२।।।३ कायम भएको विपक्षीले मेरो नं.४६२ को जग्गा हो भनी आफ्ना नाउँमा नाप नक्सा फिल्डबुक गराइएकोले सर्भेमा उजूर गर्दा ०२३।१।१४ मा अदालतमा उजूर गर्नु भनी सुनाएकोले सो मेरो उक्त जग्गामा खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने वादी । २. मेरो नं.४६२ को ।३।४ जग्गामा वादीका दर्ता मन्सीले उत्तरतर्फबाट र हिरामानले दक्षिणतर्फबाट समेत नं.४५९।४५८ को जग्गा भनी २०१६ सालमा नपाएकोमा उजूर गर्दा २०१९।९।१५ मा पर्सा जिल्ला अदालतबाट र ०२२।२।२७ मा नारायणी अञ्चल अदालत समेतबाट मेरो हक कायम भई फैसला भएको छ । वादीको विश्वेश्वर सो उत्तरको ४६० नं. को जग्गा भए ०१४ सालमा विक्री गर्ने मंसी ०१६ सालको सर्भेमा अफिसले उत्तरको नं.४६२ को जग्गा भनी लेखाउ नै नपर्ने नं.४६२ भनी लेखाएकोले सो जग्गा वादीको नठहर्ने भन्ने समेत प्रतिवादी । ३. यस मुद्दाको प्रतिवादी महेन्द्र वादी भई हिरामान सिलोचन समेत उपर दिएको जग्गा चलन बाली मुद्दा वा वादीको नं.४६२ को दुखि मियाले पूर्व मसौनी सिवान से दक्षिण अर्को कित्ता निज सो उत्तर पश्चिम चौहदिको जग्गा ठहर भई आजै यस अदालतबाट फैसला भएको हुनाले वादी दावी बमोजिम जग्गा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने पर्सा जिल्ला अदालतको फैसला । ४. पर्सा जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन भनी नारायणी अञ्चल अदालतमा महेन्द्र राउतको पुनरावेदन । ५. प्रतिवादी महेन्द्रले यस भन्दाअघि पनि ४६२ नं. को जग्गा मेरो हो भनी मुद्दा गरी नारायणी अं.अ.बाट निजको ४६२ नं. को जग्गा कायमै ठहरी २२।२२७ मा फैसला भएको समेत मिसिलबाट देखिन आएको र सो बमोजिम साविक ४६२ नं. को हाल भू.सु.सर्भे नापी हुँदा १५२ नं.मा नम्बरी कायमै भई महेन्द्रको नाउँमा दर्ता भइसकेको देखिएको सोही जग्गालाई मेरो नं.४६० को कायम गरिपाउँ भन्ने वादी दावी भएकोमा जग्गा जमीनको कुरामा जग्गा मिच्नेको १८ नं. को म्यादभित्र नालेश गरेको भनी नालिस गरेकोलाई सर्भे विभागमा गरेको उजूरीबाट ०२३।१।१४ मा अदालतमा उजूर गर्न सुनाएपछि कुन मितिसम्म नालिस गर्नुपर्ने भन्ने विचार गर्दा विभागीय निर्णय भई सुनाएपछि जग्गा मिच्नेको ऐनले हदम्याद २ वर्षसम्म पर्खि २ वर्ष सम्म नालिस गर्न पाउँछ कि भन्नलाई सो कुरा कुनै कानूनले किटान गरेको देखिँदैन । विभागीय निर्णयद्वारा अदालतमा नालिस गर्नुपर्ने भएपछि