निर्णय नं. ८८१ - लिखत पास
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८१ - लिखत पास भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2031/05/11 २२८१ निर्णय नं. ८८१ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०२९ सालको दे.फु.नं. १६० फैसला भएको मिति : २०३१।५।११।३ निवेदक : का.जि. साँखु सालखा टोल बस्ने रत्नदेवी श्रेष्ठनी विरुद्ध विपक्षी : का.जि. मखन टोल बस्ने रामशंकरलाल श्रेष्ठ मुद्दा : लिखत पास (१) कागज जाँचको नं.५ : कानूनको रीत नपुगेको लिखत रजिष्ट्रेशन पारित हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. १६) फैसला प्र.न्या. रत्नबहदुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकूम प्रमाङ्गी बक्स भई मुद्दा दोहरिई यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. मुद्दाको विवरण यसप्रकार छ : हेरचाह गरेको ऋण वापत प्रतिवादीले का.ई.मखन टोलका ब्लक नं.८।९९ को घर हालै देखि पाउने बकसपत्र ०१८।८।१४ मा लेखि दएको लिखत पास गराई पाउँ भन्ने वादी रामशंकरलालको फिराद । ३. वादी दावीको घर वादीको आमालाई लेखिदिएको पास हुन नपाउँदै परलोक भएकोले ०१८।८।१४ मा वादीलाई लेखि दएको बाबु जगतबहादुरले ०१५।६।१७ मा गरिदिनुभएको बण्डापत्रमा अंशियारहरूले पनि मञ्जुर गरेकोले पास गरी दिन मन्जुर छु भन्ने समेत प्र.जगतबहादुर मरी सकार गर्ने तेजबहदुरको वा.श्यामबहादुरको प्रतिवादी । ४. तेजबहादुर नाउँमा अंश मुद्दा दिएको छु पास गरिपाउँ भन्ने लिखतका घर जिजु बाजेको सम्पत्तिबाट खरिद गरेको हुनाले पास गरी दिन मन्जुर छैन भन्ने समेत प्र.जगतबहादुर मरी सकार गर्ने बुहारी रत्नदेवी श्रेष्ठनीको प्रतिवादी । ५. वादीबाट पेश भएको ०१४।९।१९ को ०१८।८।१४ को लिखत ससुरा आँखा नदेख्ने कान नसुन्नेलाई झुक्याई जालसाज गरेका हुन भन्ने समेत प्रतिवादीको वा.राधाकृष्णबहादुरको बयान । ६. झुक्याई जालसाजी खडा गरे गराएको होइन लिखत सद्दे साँचो हो जालसाज गरे भन्ने दावी झुट्टा हो भन्ने समेत वादी रामशंकरलालको बयान । ७. वादीले पेश गरेको ०१८।८।१४ को लिखत मैले लेखिदिएको हुँ सद्दे लिखत हो भन्ने समेत हरिहर प्रधानको वा.हर्षलालको बयान । ८. जगतबहादुर आँखा नदेख्ने र कान नसुन्ने समेत होइन हिंड्डुल गर्न सक्ने देख्ने सुन्ने मानिस हो जगतबहादुरले राजिखुशीसाथ रामशंकरलाई लिखत गरिदिएको हो । मैले पनि रोहवरमा साक्षी बसी सहीछाप गरीदिएको हुँ भन्ने समेत श्रीभक्तको वा.शम्भुलालको बयान । ९. जगतबहादुर कान नसुन्ने आँखा नदेख्ने समेत होइन लिखतमा लेखिएको घर पिता पुर्खाको आर्जन नभई दाता जगतबहादुरको आफ्नै आर्जनको घर हो । ०१८।८।१४ को लिखत जगतबहादुरले साक्षीको रोहवरमा रामशंकरलाललाई खुशीले दिएको हो । म पनि साक्षी बसी सही गरेको हो । झुक्याएको होइन भन्ने समेत तेजबहादुरको वा.श्यामबहादुरको बयान । १०. सहीछाप होइन भन्न नसकेको जालसाज गरेको सबूत नआएको सहीछाप बुझिन्छ भनी विशेषज्ञले प्रमाणित गरेको जगतबहादुर आफैले खरिद गरेको घर आफ्नो खुसि गर्न पाउने देखिएको हुनाले झुक्याई गरेको जालसाजी हो भन्ने रत्नदेवीको जिकिर पुग्न सक्तैन लिखत पास हुने ठहर्छ भन्ने समेत का.जि.अ.को फैसला । ११. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्र.रत्नदेवीको पुनरावेदन । १२. सहीछाप कीर्ते हो भन्न नसकी झुक्याई जालसाज गरेको भन्ने बयान गरेको झुक्याई जालसाजी गरेको सबूत नआएको शिरको सहीछाप बुझिने (लुप) हो भन्न