निर्णय नं. ८८२ - घरबाट उठाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८२ - घरबाट उठाई पाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2031/09/02 २१२६ निर्णय नं ८८२ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र सम्वत् २०२८ सालको दे.फु.नं. १२० फैसला भएको मिति : २०३१।९।२।३ निवेदक : ल.पु.विसंखु कमेरे राउटार बस्ने गडुलध्वज बुढाथोकी विरुद्ध विपक्षी : ल.पु.जि. लुभु विसनडोल बस्ने कृष्णबहादुर खत्री मुद्दा : घरबाट उठाई पाउँ (१) राजीनामा बमोजिमका घरबाट उठाइपाउँ भन्ने कुरा जग्गा र बाली साँवा र ब्याज जस्तै एकैपटक नालेश दिनुपर्ने अवस्थाको एक अर्कोसँग आश्रित विषय नहुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : अधिवक्ता होराप्रसाद जोशी विपक्षी तर्फबाट : अधिवक्ता गङ्गाप्रसाद उप्रेती फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहोरिएकोबाट बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : मसँग रु.९००१ कर्जा लिई निजका हक भोगको ल.पु.पहिला मालमा सालको धान १।१५।४ गहुँ ।७।५।७।। घ्यू ।३०।१ पराल कल्ली २० बुझाउन पर्ने चारैतर्फ रैकर भएको सि.नं.२८१९ को खेतमुरी ।६।१० को खला र मैले ल.पु.९६ सा.नं. खेत ।२२।१० भन्ने रसिदमा जनिएको तिरो धान ।१२।४ गहुँ ।।४ घ्यू ।४ बुझाउनुपर्ने पूर्व दक्षिण रैकर पश्चिम गुठी उत्तरबाटो भएको रै.नं.१४८८ को जग्गा र सो जग्गामा बनेको ९।१३ को २ तले पराले घर समेत ०१८।४।२३।२ मा राजीनामा पास गरी दिएको २०१८ सालको बली विपक्षीले लगाई राखेकोले मोही बटि र घरको बहाल समेत मकै मुरी २। बुझाई २०१९ सालका वादी देखि जग्गा र घर समेत छाडी दिने जमान गरी २०१८ साल १ वर्षलाई विपक्षीबाट कमाउन दिएकोमा सो बाली समेत नदिई घर जग्गा पनि छाडी नदिएको हुँदा २०१८।१९ सालको बालीको हकमा पछि अर्को नालिस गर्ने छु उक्त ४ किल्ला भित्रको घरबाट निज गडुलध्वज बुढाथोकीलाई उठाई पाउँ भन्ने समेत वादी । ३. प्रतिवादी गडुलध्वजले प्रतिवादी नदिएको वादीबाट लिखतको नक्कल पेश भएको वादी दावीकै घर राजीनामाबाट वादीको देखिंदा वादी दावी बमोजिम घरबाट उठाउन पाउँछ भन्ने समेत ईलाका अदालत ललितपुरको फैसला । ४. प्रतिवादीको म्याद थामिई प्रतिवादी सरहको पुनरावेन दिएकोमा वादी कृष्णबहादुर भानिज हुन मलाई हेरचाह गरेको थिए शेषपछिको बकसपत्र भनी अड्डामा लगी झुक्याई राजीनामा पास गराई लिएछन् । झुक्याई राजीनामा गराएको हुँदा घर छाडी दिनु नपर्ने भन्ने समेत जिकिर लिएको । ५. वादी दावी बमोजिमको घर प्रतिवादी पुनरावेदकले वादीलाई राजीनामा लिखत रजिष्ट्रेशन पास गरी दिएको देखिन आयो । सो राजीनामा लिखत सदर भएसम्मलाई हक छाडी लिखत गरी दिएको घर प्रतिवादी पुनरावेदकले छाडीदिनुपर्ने देखिनाले पुनरावेदन जिकिर मनासिव देखिन आएन । इन्साफ सुरुको मनासिव छ भन्ने समेत बागमती अञ्चल अदालतेको फैसला । ६. सो उपर चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन । ७. वादी कृष्णबहादुर खत्री मेरो भान्जा नाताका भएकाले शेषपछिलाई बकस दिने सल्लाह भई शेष पछिको बकसपत्र भनी झुक्याई राजीनामा लिखत गराएको हुन मन्जुरीले राजीनामा गरिदिएको होइन । घर मेरै हुनाले छोड्न नपर्ने भन्ने समेत पुनरावेदकको जिकिर भए पनि उक्त राजीनामामा उपर उजूर परेको नदेखिएको राजीनामा लिखत कायमै रहेको रजिष्ट्रेशन पास भएको उक्त राजीनामाबाट पुनरावेदक