निर्णय नं. ६६८२ - अंश दपोट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६८२ - अंश दपोट भाग: ४१ साल: २०५६ महिना: असार अंक: ३ फैसला मिति :२०५५/०५/२५ ३९८८ निर्णय. नं. ६२८२ ने.का.प. २०५६ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश भैरव प्रसाद लम्साल सम्वत् २०५३ सालको दे.पु.ई.नं. ....११३ फैसला मितिः २०५५।५।२५।५ मुद्दाः अंश दपोट । पुनरावेदक/प्रतिवादीः जिल्ला नवलपरासी आ.गा.वि.स वाड नं. ६ बस्ने टुन्नी मियाको मु.स. गर्ने वसीउल्लाह मिया । विरुद्ध प्रत्यर्थी/वादीः ऐ.ऐ. बस्ने वारिस अलि मिया समेत जम्मा ३ । § विवादीत सम्पत्ति यी वादी प्रतिवादी वीच अंशवण्डा हुँदा वण्डा लिखतमा उल्लेख भएको पाइदैन । विवादीत सम्पत्ति निजी आर्जनको हो भन्ने प्रतिवादीहरुको भनाई प्रमाणित हुने कुनै प्रमाण कागजात निजहरुले पेश गर्न सकेको पनि छैन। निज आर्जन हो भन्ने प्रतिवादीको भनाई प्रमाणीत भएको देखिन आएन । विवादीत सम्पत्ति अंशवण्डा नै नभएको र वण्डा लाग्ने सम्पत्ति देखिदा अंशवण्डाको ३५ न. मा भएको व्यवस्था अनुसार त्यस्तो सम्पत्ति माथि दावी गर्न हदम्याद लाग्ने अवस्था देखिन नआउने । (प्र. नं. १५) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा प्रत्यर्थी वादीका तर्फबाटः विद्वान अधिवक्ता श्री प्रकाश वस्ती अवलम्वित नजिरःX फैसला न्या. उदयराज उपाध्यायः पुनरावेदन अदालत वुटवलको मिति २०५०।१०।२६ को फैसला उपर परेको निवेदनमा दोहराई हेर्ने निस्सा प्रदान भै संयुक्त इजलासमा निर्णयार्थ पेश भएकोमा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने निर्णय बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको तत्य एबं ठहर यस प्रकार छः २. खुसि मियाको ६ भाई छोरा जेठा अमानतुल्लाह, माहिला टुन्नी मिया, साहिला चांद मिया, काहिला मुन्सरीफ मिया, राइिला रोशन अलि मिया र कान्छा अलिहुसेन मिया, भएको खुशी मियाको मुत्यु भएको । जेठा आमनतुल्यको मुत्यु भई निजको एक मात्र छोरा मेरो वावु समसुद्दिनि मियाको मृत्यु भई निजको हकमा म वादी वारेस अलि हुँ । हामी सवै अंशियार २०३२।६।१५ मा अंशवण्डा भई छुट्टा छुट्टै वसेका छौं । विपक्षी टुन्नी मियांले जिल्ला नवलपरासी मन्झरिया गा.पं. वाड नं. १ र २ का कि.नं. ९, ४०, ८९, १७१, १७६, ९४, १०८, ११०, २२, ५९, ३४, ९५, ९८, १०९, ११६, १२४ र १२९ समेतका जम्मा ज.वि. ५-७-१ वण्डापत्रमा नलेखाई लुकाए छिपाएको कुरा मा.पा. का. वाट टुन्नी मियाको नाउँमा ज.ध.द. प्रमाण पुर्जाको नक्कल लिंदा थाहा भएकोले फिराद गरेका छौ । उक्त जग्गामा अंशियारा मध्ये रोशन अलि र चांद मियाको अंश दपोट मुद्दा परी सकेको हुँदा निजहरुको समेत भाग लगाई जग्गा जि.वि ५–७–१ लाई पांच खण्ड गरी हामीहरुको भागमा पर्ने १—१-८-१ जग्गा ज.वि ५-७-१ लाई पाँच खण्ड गरी हामीहरुको भागमा १–१–८१/५ जग्गा हामीलाई दिलाई दर्ता नामसारी समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. उहि जग्गाको विषयमा वादीहरुले ५ भाग गरी वरावर पाउँ भन्ने र रोशन अलि र चांद मियाले आधा आधा पाउँ भनी छुट्टा छुट्टै अंश दपोट मुद्दाको नालेश गरी भाग हिस्सामा फरक फरक दावी देखिन्छ भने अंश मुद्दामा धर्म भाकी दिएको तायदातीमा लुकाए छिपाएको वाहेक वण्डापत्रको लिखतमा दवाए छिपाएको छैन । अंश लाग्ने डरले लुकाए छिपाएको पत्ता लगाउनेले खानु भन्ने लेख्दैमा हाल प्रचलित मुलुकी ऐन अंशवण्डाको २७ नं. को दावी लाग्ने होइन । अर्को कुरा अंशवण्डा गर्दा अंशवण्डाको ३२ नं. बमोजिम ३ महिना भित्र