निर्णय नं. ८८३ - उत्प्रेषणको अदोश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८३ - उत्प्रेषणको अदोश जारी गरिपाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2031/09/19 २४१६ निर्णय नं. ८८३ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायायधीश श्री इश्रीराज मिश्र सम्वत् २०३० सालको रि.फु.नं. ३८ आदेश मिति : २०३१।९।१९।६ निवेदक : भ.पु.जि.न.पं.वडा नं.६ इनाचो टोल बस्ने रामप्रसाद (व्याँजु) श्रेष्ठ विरुद्ध विपक्षी : बाल गोपाल, निमित्त रजिष्ट्रार सहकारी विभाग सिंहदरवार विषय : उत्प्रेषणको अदोश जारी गरिपाउँ (१) कर्मचारीलाई नोकरीबाट हटाउँदा यो यो कार्यविधि अपनाउनु पर्छ भन्ने विनियममा तोकिएको नदेखिई निवेदक नियुक्ति भएको संस्था नै एकिकरण भई छुट्टै खडा भइसकेकोमा निवेदक बहालै रहेको भनी हक प्रचलन गराउन नमिल्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : सरकारी अधिवक्ता रतनलाल कनौडिया आदेश प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहोरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : सहकारी संस्था ऐन, २०१६ को दफा ४ बमोजिम सहकारी संस्था नियम नियमहरूको नियम ३(२) अनुसार मिति २०२३।७।१५ मा श्री ५ को सरकार सहकारी विभागबाट विधिवत रजिष्ट्रर भएको रजिष्टर्ड संगठीत सहकारी संस्था हो । निवेदक सहकारी संस्थानको विनियम २६ को (२९) अनुसार मिति २०२४।२।८।२ मा बसेको प्रतिरक्षी सहकारी संस्थाका अध्यक्ष कृष्णभक्त चगुठीको अध्यक्षतामा बसेको सञ्चालक समितिको निर्णय अनुसार सोही मितिदेखि मासिक रु.२५० खान पाउने मेनेजर पदमा नियुक्ति भई सोही पदको काम कर्तव्य सेवा गरिआएको छु । ऐन अन्तर्गत नियमको नियम २६(अ) अनुसार बनेको विनियमको कार्यविधि अपनाई अख्तियारवालाले सेवाबाट नहटाएसम्म यो पदमा बहाल रहन पाउने निवेदकको कानूनी हक अधिकार सुरक्षित छ । सहकारी संस्थाहरूलाई एउटैमा गाभ्ने र एउटाको धेरैमा रजिष्ट्रर्ड गर्ने सम्बन्धमा भएका ऐन नियमद्वारा निर्दिष्ट कार्य–विधान अपनाई त्यसको प्रतिकूल भए गरेको सम्पूर्ण कारवाई गैरकानूनी त्रुटि हुन गएको छ । संस्था गाभिए वा नगाभिए पनि म निवेदक मेनेजरलाई नियमानुसार कहींबाट कसैले पनि कहिल्यै अन्त सरुवा गरेको वा अवकाश दिएको नभईकन कानूनतः सोही पदमा बहाल रहेका निवेदकलाई प्रतिरक्षी निमित्त रजिष्ट्रारले भु.पु.मेनेजर भनी खाईपाई आएको तलब समेत खान नदिई बिना कुनै कारण कानून प्राप्त हकबाट बञ्चित गर्नु वा गर्नु खोज्नु ऐन नियम र विनियम प्रतिकूल गैरकानूनी छ । नियमानुसारको कार्यविधि साथ बर्खास्त खारेजी वा अवकाश नदिएको म निवेदकलाई आफ्नो पदबाट हटाउने अधिकार प्रतिपक्षी निमित्त रजिष्ट्रारलाई नभएको तथा निर्णय र सूचना गर्ने अधिकारीले काम गर्दा आफूले पाएको कानूनको अधिकार देखाउन पर्ने सो समेत केही नगरी निजामती सेवा नियमावली, २०२१ को परिच्छेद ८ को नियम ५ को विपरीत प्रतिरक्षी निमित्त रजिष्ट्रारले गरेको अनधिकृत तथा गैरकानूनी निर्णय पत्र वा सूचना संस्थाका अध्यक्ष स्वतः अमान्य र बदरयोग्य छ । प्रतिरक्षी जिल्ला सहकारी कार्यालय भक्तपुर र सहकारी संस्थाका अध्यक्ष श्री कृष्णभक्त चगुठी समेतबाट ऐन नियम विनियम र कानूनबमोजिम आफूले गर्नुपर्ने नियमानुसारको काम कर्तव्य नगरी त्यसबाट विमुख भई बसेको प्रष्ट छ । कानूनबमोजिम गर्नु गर्न लगाउनु