निर्णय नं. ८८४ - लेनदेन ठेक्का बाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८४ - लेनदेन ठेक्का बाली भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2031/10/01 २१२४ निर्णय नं. ८८४ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायधीश श्री वासुदेव शर्मा माननीय न्यायधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र सम्वत् २०३० सालको दे.फु.नं. ९६ फैसला भएको मिति : २०३१।१०।१।३ निवेदक : विराटनगर रंगेली वार्ड नं.६ बस्ने तिर्थप्रसाद उपाध्याय विरुद्ध विपक्षी : ऐ. बस्ने चन्द्रप्रसाद नेपाल मुद्दा : लेनदेन ठेक्का बाली (१) मुद्दा दोहर्‍याई हेरी इन्साफ जाँची दिने हुकूम प्रमांगी बक्स भएको भए मात्र सबैका हकमा मुद्दा दोहर्‍याई हेरी मुद्दाको सम्पूर्ण तथ्यभित्र प्रवेश गरी निर्णय दिनुपर्ने स्थिति उत्पन्न हुने सक्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : अधिवक्ता गणेशराज शर्मा, अधिवक्ता ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : अधिवक्ता बलराम काफ्ले फैसला न्या. वासुदेव शर्मा १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहोर्‍याई दिनु भन्ने ०२९।८।२३ मा श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई आई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : तिर्थप्रसाद, राजेन्द्रप्रसाद, खड्गनारायण, दिलबहादुर, होमबहादुर समेतले कर्जा लिएको साँवा र ब्याज खड्गनारायणले भा.रु.३४०। ठेक बुझाउने गरी कमाएको ठेकबाली समेत दिएनन् ठाडै दिलाई पाउँ भन्ने चन्द्रप्रसादको निवेदन परेकोमा व्यहोरा साँचो भए ठाडै बुझी ऐन सवाल बमोजिम गर्नु भन्ने तत्कालिन धरान जिल्ला अदालतका नाउँमा ०१८।१०।५।५ मा हुकूम प्रमांगी बक्स भएको । ३. छुट्टिएको छोरा तिर्थप्रसादले ०१६।८।१३ मा कपाली तमसुक लेखी कर्जा लिएको जिन्सीको नगदी भा.रु.५१४ को साँवा ब्याज राजेन्द्रप्रसादले ०१६।८।१ मा अंशबण्डा हुँदा म समेतको फाँटमा परेको भा.रु.४०००। को तमसुक लेखिदिएको सो रुपैयाँको हुने ने.रु.६४००। होमबहादुर, दिलबहादुरले कर्जा लिएको भा.रु.२४,९२१ को दृष्टि तमसुक कपाली भएको त्यसको ने.रु.३९,८७३।६० को साँवा ब्याज खड्गनारायणले भोगबन्धकी लेखिदिएको जग्गा आफैले ठेक्कामा लिएको ०१२ सालदेखि ०१८ साल तकको हुने रु.३८०८०।– नदिएकाले सो समेत ल र खड्ग नारायणले कपाली तमसुक गरी कर्जा लिएको भा.रु.२१०० को साँवा ब्याज समेत भराई पाउँ भन्ने चन्द्रप्रसादको बयान । ४. दावी बमोजिम तिर्न, बुझाउन पर्ने होइन भन्ने समेत दिलबहादुर, होमबहादुर, खड्गनारायण तिर्थप्रसाद, राजेन्द्रप्रसाद समेतको प्रतिवादी । ५. दिलबहादुर, होमबहादुरको हकमा मिलापत्र भएको र राजेन्द्रप्रसादसँग रु.८००। तिर्थप्रसादसँग रु.१०७३४।५६ खड्ग नारायणसँग बालीको झगडाको २० नं.बमोजिम ३ वर्षसम्मको ठेक बाली रु.१६३२० र निजै खड्ग नारायणसँग भा.रु.२१०० को साँवा ब्याज रु.६७२० भरी पाउने ठहर्छ भन्ने समेत कोशी अञ्चल अदालतको फैसला । ६. भा.रु.२१०० को कलममा निवेदनमा नपरेकोले ठाडै बुझी कारवाई गर्न नमिल्ने हुनाले सो कलमको हकमा अञ्चल अदालतबाट भराई दिने जति बदर हुन्छ । खड्गनारायणको रु.२०४०० को भोग बन्धक लिखत कपाली सरह पाउने भनी ठहर गरेकोमा १ सालको आयस्ता बाली खाएको भन्ने वादीमा पनि लेखेकोले तत्काल साहु आसामीको २(क) नं.बमोजिम बन्धकी नै कायम हुन्छ कपाली ठहराएको कोशी अञ्चल अदालतको इन्साफ मिलेको देखिएन अरू अञ्चल अदालतको इन्साफ मनासिव छ भन्नेसमेत ०२६।१।२६।५ को डिभिजन बेञ्चको फैसला । ७. डिभिजन बेञ्चले भराउन नमिल्ने ठहर गरेको भा.रु.२१०० को कलममा म्याद थामी नालिस लिई