निर्णय नं. ६६८३ - अंश चलन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६८३ - अंश चलन । भाग: ४१ साल: २०५६ महिना: असार अंक: ३ फैसला मिति :२०५५/०५/०४ ३१७६ निर्णय नं. ६६८३ ने.का.प. २०५६ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५५ सालको दे.पु.इ.नं. .......१०८ २०५५ सालको दे.पु.इ.न. .......१०९ फैसला मितिः २०५५।५।४।५ मुद्दाः अंश चलन । पुनरावेदक/प्रतिवादीः का.जि.का.न.पा वडा नं. १४ कलंकीस्थान वस्ने कान्छी खत्री क्षेत्री समेत ३ । विरुद्ध प्रत्यर्थी/वादीः ऐ.ऐ वस्ने बलवहादुर भट्टराई क्षेत्री पुनरावेदक/वादीः का.जि.न.पा. वडा नं. १४ कलंकीस्थान वस्ने ५४ वल वहादुर भट्टराई विरुद्ध प्रतिवादीः बद्री बहादुरकी पत्नी ऐ.ऐ. बस्ने अं. वर्ष ३५ की कान्छी खत्री क्षेत्री समेत २ । § वादी प्रतिवादी बीच, पुस्तावारी मानो छुट्टीएको मिति कायम गरे सम्वन्धमा विवाद छैन । सो कि.नं १७५ को जग्गा प्रतिवादी वद्री बहादुर भट्टराईले जग्गाधनी तीर्थ वहादुर शाक्य समेतवाट छोडपत्र गराई लिई सो मध्येको जग्गा मिति ०४५।५।३१ मा अंजु पौडेल, लीला देवी देवकोटा, रामकृष्ण खनाललाई हक छाडी दिँदा कित्ताकाट भई निज बद्री वहादुरको हकमा कि.नं. ६८२ को ०.७.० रोपनी जग्गा मात्र बाकी रहेको मिसिल प्रमाणबाट देखिन आउँछ । निजले ०४५।५।३० मा छाडपत्र गराई लिँदा रु ६७५०० वुझाई कि.नं. १७५ को जग्गामा हक प्राप्त गरेको पाइनछ । सो लिखतबाट मोहीको हैसियतले मात्र सो जग्गा प्राप्त गरेको नभई मूल्य तिरी प्राप्त गरेको देखिन्छ । भूमि सम्बन्धी ऐन २०२१ को दफा २ को खण्ड (ख) ले मोहीको परिभाषा गर्दा मोही भन्नाले अरु जग्गावालको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान संझनु पर्छ भनी उल्लेख भएको देखिँदा अरुको जग्गा कमाउने मोही भइ आफ्नो जग्गा कमाउनेको मोही हक जग्गाको स्वामित्व भै समाहित हुने हुँदा सो अवस्थामा छुट्टै मोही हकको अस्तित्व कायम रहने अवस्था देखिन आउदैन । यसबाट कि.नं. १७५ किताकाट भई कायम रहेको कि.नं. ६८२ को जग्गाको स्वामित्व र मोही हक समेत छुट्टा छुट्टै कायम नरही प्रतिवादी बद्री वहादुरको नाउँमा जग्गाधनीको हैसियत मात्र कायम रहने स्थिति देखिन आयो । सो जग्गा निज प्रतिवादीले २०४५।९।२० मा मानो छुट्टिएको मिति कायम हुनु भन्दा अघि नै संगोलमै रहेको अवस्थामा मूल्य तिरी प्राप्त गरेको देखिँदा वण्डा गर्न नपर्ने भन्ने माननीय न्यायाधीश श्री केदारनाथ अचार्यको रायसंग सहमत हुन नसकिने । (प्र.नं. १८) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता द्वय श्री वालकृष्ण न्यौपाने, श्री माधव वास्कोटा पुनरावेदक प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता द्वय श्रीहरी अर्याल, श्री वसन्तराम भण्डारी अवलम्वित नजिरः X फैसला न्या. उदयराज उपाध्यायः पुनरावेदन अदातल, पाटनको मिति २०५१।९।२९।६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बामोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दामा संयुक्त इजलासका माननीय न्यायाधीशहरुका बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) बमोजिम पेश हुन आएको पुनरावेदन सहित प्रस्तुत मुद्दाको व्यहोरा यसप्रकार छः २. विपक्षी बद्री वहादुरको र म फिरादीको बाजे एमानको २ छोरामा जेठा हामीहरुका पिता टेक वहादुर, कान्छो टेकध्वज भएकोमा टेकध्वज अघिनै छुटिनु भएको, जेठा टेक वहादुरको छोरा, जेठा म कान्छा विपक्षी बद्री वहादुर भएकोमा ३५ सालमा पिता टेक वहादुर परलोक हुनुभयो । आ