निर्णय नं. ८८५ - उखडा जग्गा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८५ - उखडा जग्गा भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2031/10/11 २३१९ निर्णय नं. ८८५ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंहह रावल माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र सम्वत् २०२९ सालको दे.फु.नं. १७५ फैसला भएको मिति : २०३१।१०।११।६ निवेदक : जि. कपिलवस्तु वलुहवा गा.पं.वार्ड नं.५ बस्ने रामकरण उपाध्यायसमेत विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने गया कहार मुद्दा : उखडा जग्गा (१) नक्सामा झगडा परेको जग्गा चौतर्फी साँधमा लेखिएको सँधियारको नामसँग मिल्न भिड्न नआए झगडा परेको जग्गाको सँधियार मान्न नमिल्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : अधिवक्ता रामगोपाल श्रेष्ठ प्रतिवादी तर्फबाट : वरिष्ठ अधिवक्ता कुञ्ज विहारीप्रसाद सिंह फैसला न्या. वासुदेव शर्मा १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२८।९।१३।३ मा बक्स भई आएका हुकुमप्रमांगी बमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : जग्गाधनी रामकरण उपाध्यायको पं बलुहवा मौजा सिहवाँको कि.नं.३८० को द्र४।।४ कि.नं.३८१ को द्र१ कि.नं.६७६ को ।.।।४ समेत जग्गा उखडामा कमाएको भनी मोही गया कहारले उखडा फाराम भरेकोमा विपक्षीले उखडा विवरणमा लेखेको उक्त कित्ता ३ को विगाहा १।।.।३ हामी रामकरण समेत ३ जनाका नाउँमा जिमिदारी दर्ता भएको जग्गा विपक्षीलाई उखडामा कमाउन दिएको छैन झुट्टा उखडा फाराम भरेको बदर गरिपाउँ भन्ने समेत वादी रामकरण समेत ३ को विरोधपत्र । ३. विवरणको जग्गा मैले जोती आएको १० वर्ष भयो सालको पोत भा.रु.४ का दरले भा.रु.३६ दिन्थें । ०२१ सालको पोत समेत बुझाएको छु भन्ने समेत प्रतिवादी गया कहारको बयान । ४. २२ साल देखिको पोत धरौट रसिद र बचौत बुझाएको रसिद समेत पेश गरेको जोताहा अस्थायी निस्सा पनि प्रतिवादीबाट पेश हुन आएकोबाट जग्गा प्रतिवादीको जोतमा देखिन आएको वादी दुलारे कलवार प्र.कतनु पाध्या समेतको उखडा मुद्दाको मिसिल सामेल रहेको सरजमिन मुचुल्का हेर्दा जग्गा प्रतिवादीले जोती आएको छ भन्ने र केहीले २ वर्ष देखि जवरजस्ती जोतेको छ भनेकोले समेत विवरण बमोजिमको जग्गा प्रतिवादीले उखडामा जोतेको ठहर्छ भन्ने समेत कपिलवस्तु जिल्ला अदालतको फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीहरूको पुनरावेदन । ६. सर्भे नपी हुँदा समेत जग्गा जोत्ने गया कहारलाई कायम गरी अस्थायी निस्सा समेत दिएको जोताहा अस्थायी निस्सा नक्कलबाट देखियो वादी दुलारे कहार प्रतिवादी कतनु पाध्याको उखडा जग्गा मुद्दाको मिसिल संलग्न सरजमिन मुचुल्का हेर्दा उक्त जग्गा प्रतिवादीले जोती आएका छन् भनी सरजमिनको व्यक्तिले समेत लेखी दिएबाट समेत प्रतिवादीले उखडामा जोती आएको ठहर गरी क.व.जि.अ.ले गरेको इन्साफ मनासिव छ भन्ने समेत ०२८।२।१४ को डिभिजन बेञ्चको फैसला । ७. प्रस्तुत मुद्दा दाहोरिने भएको हुकूम प्रमांगीमा उधृत न्यायिक समितिको सिफारिशमा व्यहोरामा सरजमिन प्रस्तुत मुद्दामा भएको नभई वादी दुलारे कहार प्र.कतनु पाध्याको उखडा मुद्दामा भएको देखिन्छ । यसप्रकार एकाको मुद्दामा भएको सरजमिन भनाइबाट अरू मुद्दामा आधार बनाई निर्णय हुनु उचित नहुने सरजमिन मुद्दा परेको प्रत्येक जग्गाको ४ किल्ला उल्लेख गरी भएको पनि देखिन आएन । सरजमिनका व्यक्ति कुनैले साँधमा जग्गा छ भनी बकेको देखिन्छ । कुन हद नम्बरको कुन कित्ता भित्रको जग्