निर्णय नं. ६६८४ - कुत दिलाई मोही निष्कासन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६८४ - कुत दिलाई मोही निष्कासन । भाग: ४१ साल: २०५६ महिना: असार अंक: ३ फैसला मिति :२०५५/०५/२५ २३९६ निर्णय नं. ६६८४ ने.का.प. २०५६ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५४ सालको दे.पु.इ.नं. .......१२९ फैसला मितिः २०५५।५।२५।५ मुद्दाः कुत दिलाई मोही निष्कासन । पुनरावेदक/प्रतिवादीः जि.सर्लाही सिमरा गा.वि.स वार्ड नं. ६ को हाल वार्ड नं. ४ वस्ने मनचनिया वादवनी । विरुद्ध विपक्षी/वादीः ए. ऐ. वस्ने वार्ड नं. १ वस्ने राजकुमार सिंह भूमिहार । § कानूनद्धारा जग्गाधनीलाई तोकिएको कर्तव्य जग्गाधनीको पुरा नगरी जग्गाधनी स्वयंमले नै मोही निषकासनको दावी लिई गरेको नालेशमा मोहीद्धारा भूमि सम्बन्धी ऐनको दफा ३५ बमोजिम यथार्थ व्यहोरा उल्लेख गरी मौकामा नै दिएको सूचनालाई नै आधार बनाई लिएको प्राकृतिक प्रतिकुलताको जिकिर सम्बन्धमा पुनरावेदन अदालत जस्तो न्यायिक निकायबाट समेत वुझेको देखिदैन । मोहीले रीतपुर्वकको सूचना दिएपछि जग्गाधनीले गर्नुपर्ने कानूनद्धारा निर्दिष्ट प्रकृयाको पालना जग्गाधनीबाट हुनुपर्नेमा, जग्गा धनी त्यस्तो प्रकृया पूरा गर्ने तर्फ नगई कुत नबुझाएको भनी मोही निष्कासनको दावी लिन पुगेको र त्यस्तो सूचनामा उल्लेख भएको प्राकृतिक र प्रतिकुलताको स्थिति विद्यमान भए नभएको भन्ने तर्फ सम्बन्धित भु.सु का. बाट जाँचवुझ समेत नभएको हुँदा मोहीले सूचनाका उल्लेख गरेको प्राकृतिक प्रतिकुलताको अवस्था खण्डन हुने कुनै तथ्य वा तार्किक आधार भूमि सुधार अधिकारीको निर्णय र पुनरावेदन अदालत जनकपुरको निर्णय समेतबाट देखिन आएन । यस्तो स्थितिमा मोही निष्कासन गर्ने गरेको पुनरावेदन अदालत, जनकपुरको इन्साफ मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । मोही निष्कासन नहुने गरी गरेको माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय मनासिव ठहर्ने । (प्र.नं. १४) पुनरावेदक प्रतिवादीका तर्फवाटः विद्वान अधिवक्ता व्दय श्री रामप्रसाद भट्टराई र श्री अमर थापा प्रत्यर्थी वादीको तर्फवाटः विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव अवलम्वित नजिरः X फैसला न्या. केदारनाथ उपाध्यायः संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकि सवोच्च अदालत नियमावली २०४९ को नियम ३(१) (क) अनुसार पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः २. स्व.पिता चक्रधरका नामको जिल्ला सर्लाही सिमरा वा.नं. ५ (क) कि.नं. १३९ को ०-२-० र ऐ कि.नं. ३२५ को ०–१३–८ समेत जग्गाको विपक्षीका पिता अमर राय मोही भएकोमा निजको मृत्यु पश्चात विपक्षीले मोही नामसारी गराई जग्गा जोत कोड गरी रहेकोमा २०४९ सालको कुतवाली मलाई नबुझाई कुनै निकायमा धरौटी समेत नराखेकोले हुने कुतको विगो रु २२१४।०५ दिलाई मोही निष्कासन समेत गरी पाउँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी । ३. वादी दावीको जग्गामा प्रकृतीको प्रतिकुलताले वाली लगाउन नसकेकोले समयमानै जानकारी गराई सकेको हुँदा वादी दावी खारेज गरी पाउँ भन्ने प्रतिउत्तर पत्र । ४. मोही हक यथावत राखी वादीले प्रतिवादीबाट कुतवालीको हुने रकम रु २२१४।०५ भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको भूमि सुधार कार्यालय सर्लाहीको मिति २०५०।३।१५ को फैसला । ५. कुतवाली सम्म भराई दिने र मोही हक यथावत राख्ने गरी भू.सु. का. सर्लाहीले गरेको फैसला त्रुटिपुर्ण हुँदा सो फैसला वदर गरी फैसला त्रुटिपुर्ण हुँदा सो फैसला वदर गरी मोहीबाट समेत