निर्णय नं. ६६८५ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६८५ - उत्प्रेषण समेत भाग: ४१ साल: २०५६ महिना: असार अंक: ३ फैसला मिति :२०५५/०५/०४ ३०२० निर्णय नं. ६६८५ ने.का. प. २०५६ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत् २०५४ सालको रिट.नं. ......३०९३ आदेश मितिः २०५५।५।४।५ विषयः उत्प्रेषण समेत । रिट निवेदकः दाङ जिल्ला धर्ना गा.वि.स. वडा नं. ७ नैनवार बस्ने भूप वहादुर खत्री क्षेत्री समेत २ विरुद्ध विपक्षीः श्री ५ को सरकार, मन्त्रिपरिषद सचिवालय समेत § २०३५ सालको निर्णयले निवेदकको हक हितमा असर परेकोले सो समेत वदर गरी पाउँ भन्ने सम्बन्धमा विचार गर्दा रिट निवेदक सो निर्णय पछि कहिले मन्त्रिपरिषदमा कहिले अरु ठाउँमा निवेदन दिदै आएको भन्ने देखिन्छ । रिट निवेदकबाट २०३५ सालको निर्णय पश्चात कुनै कानूनी उपचारको अवलम्वन गरेको भन्ने देखिदैन । संविधान वा कानूनद्धारा प्रदत्त उपचारको अवलम्वन नगरी वा अदालतबाट पाउने सक्ने संवैधानीक उपचारको वेवास्ता गरी यताउती कारवाहीमा लाग्ने आफ्नो कानूनी उपचार समयमै नखोली अन्त्यमा १९ वर्षपछि मात्र यस अदालत गुहार्न आउने निवेदक जस्तो व्यक्तिले न्यायिक उपचारको माग गर्न पाउने औचित्य नै हराउने हुँदा सो सम्बन्धी रिट निवेदकको जिकिर अनुचित विलम्वको आधारमा खारेज हुने । निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने विपक्षी तर्फवाटः विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्रकुमार पाठक, विद्वान अधिवक्ता श्री लोकभक्त राणा अवलम्वित नजिरः X आदेश न्या. केदारनाथ उपाध्ययः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ तथा धारा ८८(१)(२) अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त व्यहोरा एबं ठहर यस प्रकार छः २. हामी निवेदकको हाम्रा पिता पुर्खाले आर्जेको चलअचल सम्पत्तिबाट कानून बमोजिम स्वर्गद्वारी निजी गुठि स्थापना गरी सम्वत् १९५० सालदेखि निरन्तर रुपमा विधिपुर्वक गुठी संचालन गर्दै आएकोमा एकाएक मिति २०३५ सालमा तत्कालीन अंचलाधीशको अध्यक्षतामा कार्य समिति तथा उप समितिहरु निर्माण गरी भ्रष्टाचारी एबं आफन्तहरुलाई उल्लेखित पदमा नियुक्ति दिलाई हाम्रा पिता पूर्खाले गरी आएको धार्मिक पूजापाठ भजन यज्ञ समेतलाई अपहरण गरी हाम्रा पिता पूर्खाको शेषपछि हामीमा अधिकार प्राप्त हुने हाम्रो वंशज परम्परा एबं अख्तियारनामालाई कुल्ची हामीले गुठी चलाई आए वापतको भोग गर्न पाइने हाम्रो गासवासको जग्गालाई गैरकानूनी तरीकाबाट मिति २०३५ सालमा अपहरण गरी धर्मलोप समेत गरेको हुँदा सो सरकारी अन्यापूर्ण निर्णय वदर गराउन श्री ५ महाराजधिराज सरकारका हजुरमा तथा श्री ५ को सरकार मन्त्रिपरिषद सचिवालय र श्री ५ को सरकारका सम्बन्धित मन्त्रालय समेतमा उजूरी निवेदन गरी हालसम्म कारवाही भई उपरोक्त निकायबाट हाम्रो हक प्रचलन गराउन नसकेको र तत्काल अन्य प्रभावकारी कानून उपचार विद्यमान कानूनमा नभएको हुँदा हाम्रो हक प्रचलनको लागि यो रिट निवेदन गरेका छौं । ३. साविक सल्यान जिल्ला मध्येका रुण्टी गाउँमा बस्ने पिता सन्तुराम तथा माता श्रीमती सन्त कुमारी गोतामे खत्री क्षेत्रीको कोखावाट तीन सन्तानको जायजन्म भएको जसमा जेष्ठ सुपुत्र श्री वाला तपसी १, माहिला उदयराम १ र कान्छा पुत्र मोतीलाल गोतामे खत्री क्षेत्री हुन र जेष्ठ सुपुत्र श्री वाला तपसी प्रभुको वचपन्नाको वाल्य अवस्थादेखि नै माटोको शिवलिङ्ग वनाई केशलाई जट्टाधारी तथा वाल व्रम्हचारीको शंकर स्वरुपी गुण ज्ञानब