निर्णय नं. ८८६ - जग्गा दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८६ - जग्गा दर्ता भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2031/10/11 २३५४ निर्णय नं. ८८६ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र सम्वत् २०२७ सालको दे.फु.नं. ११४ फैसला भएको मिति : २०३१।१०।११।६ निवेदक : जि.सुनसरी प्र.वेली मौजे बनिगामा बस्ने मोनालाल थारु समेत विरुद्ध विपक्षी : मोरङ विराटनगर गोश्वार पूर्वटोल बस्ने गगीया दासीन थारुनी मुद्दा : जग्गा दर्ता (१) ०१७ साल अगावैदेखि जग्गामा खिचोला परेको कुरालाई लिएर ०१९।६।४ मा उजूर निवेदन परेको तत्काल प्रचलित जग्गा मिच्नेको २१ नं.हालको १८ नं. को जग्गाको कुरामा उजूर गर्ने हदम्याद २ वर्ष नाघिसकेपछिको उजूर भई खारेज हुने । (प्रकरण नं. २२) फैसला न्या. धनेन्द्रबहादुर सिंह १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार मुद्दा दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकूम प्रमांगी बमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. तथ्य यसप्रकार छ : मेरो ससुरा चुनीकारी भन्ने २ भाइका नाउँमा ७० सालमा दर्ता भएको बेलि मौजे वनीगामा १ शिवनगर १ बनीगामा १ गरी ३ मौजाको जग्गा ३१।१ भएको ससुराहरू लोग्ने परलोक भई भतिजा पलट र मेरो बराबर हक भएकोमा ४ सालमा पलट परलोक भएबाट जग्गामा मेरो मात्र हक भएकोमा अघोरी सोमनसँग अपुताली मुद्दा परी सर्वोच्च अदालतबाट मैले जिती ३१।१ मध्ये १७।४।।३ जग्गा १६ सालमा मोहनलाललाई राजीनामा दिई अरू बाँकी मेरो हक भइरहेकोमा खेत रोप्न जाँदा नदिई बन्द गरिदिएकोबाट ०१७ सालको सर्भेमा उजूर दिंदा जग्गै छैन भनी बयान गरेको र अन्यायका नाउँमा र अरू क–कसका नाउँमा जालसाजबाट दर्ता गरी मोहनलालले मैले दिएको भन्दा बढी जग्गा खाएको हुँदा मेरो जग्गा अन्यायवालाहरूका नाउँबाट कट्टा गरी ७० सालको श्रेस्ता बुझी दावी बमोजिमको जग्गा मेरो नाउँमा दर्ता गरिपाउँ भन्नेसमेत वादी गङ्गिया दासिन थरुनीको निवेदनमा यसमा अघि कुनै आदेश भएको छैन र व्यहोरा साँचो भए त्यस अदालतले ठाडै बुझी ऐन सवाल बमोजिम गर्नुहोला भन्ने तत्कालीन धरान जिल्ला अदालतको नाउँमा सर्वोच्च अदालत सिङ्गल बेञ्चको आदेश र निवेदनमा लेखिए बमोजिम गरिपाउँ भन्ने समेत वादी गङ्गीया दासिनको बयान भएको रहेछ । ३. वादीको जग्गा मैले लिए खाएको छैन । अपुतालीको र आफ्नो समेत गरी वादीको करीब १७ विगाह जग्गा थियो सो सबै जग्गा मोहनलाललाई वादीले बिक्री गरिसकेको हुँदा वादीको जग्गै छैन झुट्टा उजूर गरेको हो भन्ने समेत प्र.दानालालको बयान । ४. वादीको जग्गा मैले लिए भोगेको छैन निजको तल्सीं जग्गा मोहनलालले लिई भोगेको ३,४ वर्ष भयो भन्ने समेत प्र.नेत्रप्रसादको बयान । ५. वादीको जग्गा लिए खाएको छैन वादीको अपुतालीको समेत गरी करीब १७ बिगाहा जग्गा थियो । सो सबै जग्गा मोहनलाललाई बिक्री गरीसकेको हुँदा वादीको १ धुर पनि बाँकी छैन । झुट्टा उजूर गरेको हो भन्नेसमेत प्र.मोहन, बनहु, कारिलालको वा.भई आफ्नो हकमासमेत प्र.सतनलालको बयान । ६. वादीको जग्गा हामीले लिए खाएको छैन । वादीको जे जति थियो मोहनलालले लिएको छ । सो बाहेक बाँकी जग्गा छैन अपुतालीमा मुद्दा परेको इवीले झुट्टा उजूर गरेको भन्ने समेत प्र.पोसं, मागं बुधनीको वा.भई आफ्ना हकमा समेत प्र.अघोरी थारुको बयान । ७. वादीको नाउँको १७।३।।३ जग्गा राजीनामा लिएको छु । अरू जग्गा छ छैन मलाई थाहा छैन भन्ने समेत न्या.मोहनलालको बय