निर्णय नं. ६६८६ - वाली दिलाई मिही निष्कासन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६८६ - वाली दिलाई मिही निष्कासन भाग: ४१ साल: २०५६ महिना: असार अंक: ३ फैसला मिति :२०५५/०७/१२ २८९२ निर्णय नं. ६६८६ ने.का. प. २०५६ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५४ सालको दे.पु. ई.नं. ......११२ फैसला मितिः २०५५।७।१२।५ मुद्दाः वाली दिलाई मिही निष्कासन । पुनरावेदक/प्रतिवादीः जिल्ला सप्तरी रायपुर गाउँ विकास समिति वडा नं.३ बस्ने झौलाई खंग खत्वे विरुद्ध विपक्षी/वादीः जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ७ बस्ने जयकान्त लाल चौधरी § भूमि सम्बन्धी ऐन, २०२१ को परिच्छिेद ७ को मोहियानी हक सम्बन्धी व्यवस्था अन्तर्गत दफा २९ मा मोहियानी हक समाप्त सम्बन्धी व्यवस्था रहेको छ । दफा २९ को उपदफा (१) मा मोहीले कुत वुझाएन भन्ने कुराको जग्गावालाले उजूरी दिएमा तोकिएको अधिकारीले मोहीलाई निष्कासन गर्न आदेश दिन सक्ने भनी गरिएको व्यवस्था अन्तर्गतको दावीमा मोहीको मोहियानी हकको समात्त हुने नहुने कुराको निरुपण हुने हो । कानून बमोजिम कुत बुझाए नबुझाएको आधार प्रमाण विवादको निरोपणका लागि आवश्यक हुने भएकाले कुतको कुरा पनि उल्लेख हुने र दफा २९ को उपदफा (१) बमोजिम निस्काशन हुने आदेश हुँदाका अवस्थामा कुत समेत भराई दिन सक्ने तोकिएको अधिकारीलाई तजविजी अधिकारको रुपमा दफा २९ को उपदफा (३) मा रहेको देखिन्छ । कुत वाली भराई पाउँ भनी स्वतन्त्र रुपमा दावी लिई उजुरी दिने व्यवस्था दफा २९(३) ले गरेको देखिदैन । शुद्ध कुतवाली भराई पाउँ भन्ने दावी भएको भु.सं. ऐन, २०२१ को दफा ३६(क) अन्तर्गतको मुद्दा दफा ६३ ले पनि संम्वन्धित जिल्ला अदालतले हेरी कारवाही किनारा गर्ने अवस्था हुन्छ । भूमि सुधार अधिकारीले हेर्ने गरी कानूनले तोकेको छैन । र त्यस्ता मुद्दा मोहियानी हक सम्वन्धी व्यवस्था अन्तर्गत नपरी कुत सम्बन्धित व्यवस्था अन्तर्गत रहेको छ । (प्र.नं.११) § भूमि सम्बन्धी ऐन, २०२१ तथा यस अन्तर्गत बनेका नियमहरु अन्तर्गत कुनै अदालत वा अधिकारी छेउ पर्न आउने, मोहियानी हक ऋण निश्चित गर्ने सम्बन्धी मुद्दा वा उजूरीमा कोर्ट फि नलिई कारवाही किनारा,गरिने भनी ऐ. ऐनको दफा ५७(क) मा रहेको देखिन्छ । यसबाट मोहियानी हक समाप्ती सम्बन्धी ऐनको दफा २९(१) को उजुरीमा कोर्ट फि लाग्ने अवस्था नरहेको र दफा २९(१) को अवस्थामा उपदफा (३) ले कुत बाली समेत भराउन सक्ने तजबीजि अधिकार तोकिएको अधिकारीलाई भएको व्यवस्थालाई छुट्टै शुरु उजुरी दावीको रुपमा ग्रहण गरी कोर्ट फि लाग्ने भन्ने सकिने अवस्था नदेखिने । (प्र.नं. १२) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री खगेन्द्रप्रसाद अधिकारी विपक्षी वादी तर्फबाटः अवलम्वित नजिरःX फैसला न्या. कृष्णजंग रायमाझीः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (घ) बमोजिम पूर्ण इजलासमा पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एबं ठहर यस प्रकार छः २. मेरो नाम दर्ताको जिल्ला सप्तरी गा.वि.स रायपुर वडा नं. ३(ख) कि.नं १२३ को ०–१७–१३ दोयम ऐजन कि.नं २१४ को ०–६–९ पिठ ऐजन कि.नं. २३० को ०–३–३ मिठ अवल समेत १–७–५ जग्गाको विपक्षी हक प्राप्त मोही हुन । उक्त जग्गाको विपक्षी हक प्राप्त मोही हुन् । उक्त जग्गाको २०४८ सालको कुत मलाई पनि नवुझाएको धरौट समेत नराखेकोले कर्तव्य पालन नगर्न मोहीलाई मोही हकबाट निष्कासन गरी २०४८ सालको हुने कुत धान मन १२–३८–११ को प्रतिमन रु १९२ ले हुने विगो रु २४८९।७० पैसा दिला