निर्णय नं. ८८७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2031/10/18 २१२५ निर्णय नं. ८८७ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र सम्वत् २०३० सालको रि.फु.नं. ३९ आदेश भएको मिति : २०३१।१०।१८।६ निवेदक : जि. कैलाली त्रिनगर बजार वार्ड नं.२ बस्ने प्रेमलाल तुलाधर विरुद्ध विपक्षी : श्री भूमिप्रशासक भूमि प्रशासन कार्यालय कैलाली विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमिसम्बन्धी नियमहरू, २०२१ को संशोधित नियम ०२३ को उपनियम (१) को खण्ड (घ) अनुसार जग्गा पाउन नसक्ने तात्पर्यको लागि जग्गा बिक्री वितरणमा प्राप्त गर्नु अगावै जग्गा प्राप्त गर्ने व्यक्ति वा निजको परिवारको साथमा कुनै जग्गा भएको सबूत प्रमाणको आधार समेतबाट देखिन ठहर्न आउन पर्छ अनि मात्र बिक्री वितरणमा प्राप्त गरेको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २४(१) अनुसार जफत हुन सक्ने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : का.मु.सरकारी अधिवक्ता शोभाकर उपाध्याय आदेश न्या. ईश्वरीराज मिश्र १. प्रस्तु मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धार ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई आई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : निवेदकले ०२४।५।१२ मा रतनपुर गा.प.वार्ड नं.६ कि.नं.११६।१०२।९७। ९० समेतको कित्ताबाट जग्गा बिगाहा २।१३।० बिक्री वितरणमा प्राप्त गरिआएको सो बाहेक जग्गा बिगाहा १८।१०।८ खरिद गरेको छु भन्ने बयान गरेकोमा निवेदक सुकुम्बासी, कुनै पेशा नभएको आफै खेती गरी खाने किसिमको व्यक्ति बुझिन नआएकोले स्थायी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन ऐन सङ्गत नभएकोबाट भू.सं.ऐन, ०२१ संशोधित ०२५ को दफा २४(१) बमोजिम तोकिएको अधिकार प्रयोग गरी सम्बन्धित जग्गा जफत गरी दिने ठहराई भूमिप्रशासन कार्यालय कैलालीबाट ०२९।२।२।३ मा निर्णय पर्चा गरेको रहेछ । ३. विपक्षीको कार्यालयबाट जि.कैलाली रतनपुर गा.प.वार्ड नं.६ को कि.नं. ११५, १०२, ९७, ९० समेत गरी जम्मा जग्गा बिगाहा २।१३।० निवेदकलाई ०२३।१२।१० मा अनुसूची नं.९ को प्रमाणपत्र समेत दिएको कि.नं.११५ मा रु.४०००। खर्च गरी घर बनाई नल समेत गाडी घरबास समेत गरी जम्मा रु.८०००। खर्च लगाई आवाद गुलजार गरी बुझाउनु पर्ने मालपोत बुझाई आएको छु । उक्त जग्गा प्राप्त गरेको ५ वर्ष व्यतीत भएको र मूल्य समेत चुक्ति भइसकेकोले जग्गाधनी प्रमाणपूर्जा पाउने सम्बन्धमा विपक्षी कहाँ निवेदन दिएकोमा बयान गराई भूमिसम्बन्धी ऐन, २०२१ को संशोधित २०२५ को दफा २३ को उपदफा १ को खण्ड (क) (ख) (ग) र (घ) अन्तर्गत पर्ने निवेदक नभएको र सुकुम्बासी कुनै केही पेशा नभएको र जग्गा समेत नभएको भूमीहिन खरीद गर्न नसक्ने क्षमता समेत नभएको र उसमा आफै खेती गरी खाने किसिमको व्यक्ति बुझिन नआएकोले ५ वर्ष नपुगेसम्म पूर्णरुपले जग्गामा हक नपुग्ने स्थायी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन ऐनसङ्गत नभएबाट सम्बन्धित जग्गा जफत गरी पुनः बिक्री वितरण गर्ने भनी ०२९।२।२ मा निर्णय पर्चा गरी दिनु भयो, निवेदकको घरबास सहितको किस्ताको मूल्य समेत चुक्ति भई ५ वर्षको अवधिसमेत भुक्तान भईसकेको जग्गालाई जफत गर्ने भनी निर्णय पर्चा गर्नु भएको अ.बं.३५ नं. ले बदर हुने देखिएको छ, निवेदकले कानूनबमोजिम जग्गा प्राप्त गरेको हुँ भनी निवेदक आफै खेती गरी