निर्णय नं. ४८१८ - बाली भराई मोही निस्काशन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८१८ - बाली भराई मोही निस्काशन भाग: ३५ साल: २०५० महिना: फागुन अंक: ११ फैसला मिति :२०५०/०६/२७ २४६२ निर्णय नं. ४८१८ ने.का.प. २०५० (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी २०४९ सालको दे.पु.नं. ५३५ फैसला मिति : २०५०।६।२७।४ मुद्दा : बाली भराई मोही निस्काशन । पुनरावेदन/वादी : का.जि. डाँछी गा.वि.स. वडा नं. ९ बस्ने कृष्ण बहादुर श्रेष्ठ । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ वडा नं. ७ बस्ने विष्णु कुमारी मेरी हक खाने ऐ बस्ने कृष्ण प्रसाद अधिकारी । (१) मोही निष्काशन नहुने भनी निर्णय गर्दा के कति कारणले के कुन कानूनी आधार प्रमाणबाट मोही निष्कासन नहुने हो सोको कारण समेत खुलस्त रुपमा राय लेखि निर्णय गर्नुपर्ने । (प्र.नं. .....) पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री दुर्गा मोहन श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री सुदर्शन निधि तिवारी फैसला न्या. ओमभक्त श्रेष्ठ १. प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य प्रकार छ । २. मेरो नाममा दर्ता भएको विपक्षी मोही भै जोती आएको डाँछी गा.पं. वडा नं. ९(क) कि.नं. १० को रोपनी ४–०–१–० जग्गाको ज.ध. मा कृष्ण बहादुर श्रेष्ठका नाममा कायम भएको र मोहिमा विष्णु कुमारी अधिकारीको नाममा कायम भएको निज परलोक भै निजको छोरा विष्णु प्रसाद अधिकारीले कमाई आएकोमा निजले ०४५ सालको अवल किसिम अनुसारको धानमुरी ४–१२–३ दिए जिन्सी र नदिए हालको दर भाउले हुन आउने जम्मा रु. १२३०।३६ भराई जग्गाबाट समेत निस्कासन गरी पाउँ भन्ने फिराद दावी । ३. प्रत्यवादी विष्णु प्रसाद अधिकारीले जारी भएको म्यादै गुजारी बसेका । ४. ०४५ सालको वाली वादीले किसिम अनुसारको वाली प्रत्यवादीबाट भरी पाउने ठहर्छ । निस्कासनको हकमा एक पटकलाई सुध्रने मौका दिने निस्कासन नहुने भन्ने समेतको भूमि सुधार कार्यालय काठमाडौंको ०४७।४।३१ को फैसला । ५. भू.सु.का. को उक्त मोही निस्कासन नगर्ने निर्णयमा चित्त बुझेन मेरो फिराद दावी बमोजिम गरी पाउँ भन्ने समेत पुनरावेदन पत्र । ६. भूमि सुधार अधिकारीलाई प्राप्त स्वविवेकीय अधिकार प्रयोग गर्दा सबुद प्रमाणहरुको समेत विवेचना गरी मोही निस्कासन गर्ने नगर्ने तर्फ राय लेखि निर्णय गर्नुपर्नेमा नगरेकोले भू.सु.का. को निर्णय स.अ.बाट प्रतिपादितबाट सिद्धान्त समेत विपरित भएकोले बदर गरी दिएको छ अब कानून बमोजिम निर्णय गर्नुभन्ने समेतको पुनरावेदन अदालत पाटनको ०४९।१।४ को फैसला । ७. उक्त निर्णयमा चित्त बुझेन कानून बमोजिम पुनः निर्माण गर्नु भन्ने समेतको फैसला बदर गरी पाउँ भन्ने समेतको कृष्ण बहादुर श्रेष्ठको यस अदालतमा परेको पुनरावेदन जिकिर । ८. भू.सु.का. को निर्णयमा एक पटकलाई सुध्रने मौका दिने भन्ने उल्लेख भएको सो कारण उचित भएन भन्ने पु.वेअ. पाटनको भनाई देखिंदा सो फैसला मिलेको नदेखिएको हुँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाउनु भन्ने समेतको यस अदालतको संयुक्त इजलासको आदेश । ९. नियमानुसार कजलिष्टमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री दुर्गा मोहन श्रेष्ठले भूमि सुधार कार्यालयबाट सम्पूर्ण प्रमाण बुझि फैसला भएको छ । यसरी सबुद प्रमाणको मुल्याकंन गरी गरेको फैसलामा खुलस्त राय लेख्नु भनी पुनः निर्णय गर्न पठाउन मिल्ने होइन । भू.सु.का. को निर्णय नमिलेको भए पुनरावेदन अदालत आफैले निर्णय गर्न सक्छ यसरी पुनः निर्णय गर्न पठाएको फैसला बदर हुनुपर्छ भन्ने र विपक्षी विष्णु प्