निर्णय नं. ६६८७ - निर्णय वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६८७ - निर्णय वदर भाग: ४१ साल: २०५६ महिना: असार अंक: ३ फैसला मिति :२०५५/०६/२६ ३३२० निर्णय नं. ६६८७ ने.का.प. २०५६ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्वत् २०५३ सालको दे.पु. नं. ......३१७७ फैसला मितिः २०५५।६।२६।२ विषयः निर्णय वदर । पुनरावेदक/वादीः वा.अ.का.जि.का.न.पा. वडा नं. १० वानेश्वर बस्ने चित्र वहादुर थापा क्षेत्री विरुद्ध विपक्षी/प्रतिवादीः ऐ. ऐ. वडा नं. १० बानेश्वर वस्ते उदय वहादुर थापाको मु.स.गर्ने रुद्र कुमारी थापा समेत ३ § अदालती वन्दोवस्तको ३६ नं. मा ऐनमा हदम्याद नलेखिएको कुरामा मात्र जहिलेसुकै नालिस दिए पनि लाग्ने भनी व्यवस्था गरिएको भएतापनि मालपोत कार्यालयबाट भएको दर्ता वदर गरी पाउने वादीले ने जग्गा पजनीको महलको १७ नं. को आधार लिई फिराद गरेको देखिदा प्रस्तुत मुद्दामा हदम्याद लाग्ने भन्ने कुरा वादी स्वयंले स्वीकार गरेको देखिन्छ । यस्तो अवस्थामा उक्त ज.प.को १७ नं. बमोजिम थाहा पाएको मितिले ६ महिना नाघि सकेपछि मिति ०४९।३।१४ मा मात्र फिराद गरेको देखिँदा हदम्याद भित्रको फिराद भन्न नमिल्ने । (प्र.नं. १२) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता व्दय श्री लोकभक्त राणा र श्री शम्भु थापा प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अभिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री बलराम सेढाई अवलम्बित नजिरःX फैसला प्रा. न्या. मोहनप्रसाद शर्माः पुनरावेदन अदालत पाटनको मिति ०५१।८।२८ को फैसला उपर वादीको मुद्दा दोहोर्याई पाउँ भन्ने व्यहोराको निवदेन परी यस अदालतको संयुक्त इजलासको मिति ०५३।६।२४ का आदेशअनुसार दोहोर्याई हिर्न निस्का प्रदान भएको प्रस्तुत मुद्दाको व्यहोरा एबं ठहर यस प्रकार छः २. साविक का.न.पा. वडा नं. ९ कि.नं. २० को जग्गा ०४२ सालको नापीमा कि.नं. ३५ को क्षे.फ. १–११–०–२ नरवढी भै कायम भएको छ । फिरादीको वाजे पदमध्वजको नाममा लुमडी माईको छुट गुठी लगत जाच कार्यालयबाट मिति ०२८।७।११ मा फिरादी चित्र वहादुरको नाममा भएको निर्णय पर्चा अन्तिम भै बसेको छ । विपक्षी उदय बहादुरको एकलौटी फिरादी समेतको अंशियारको वण्डा हुने गरी संयुक्त जोताहा मोही कायम गरी पाउँ भनी दिएको छुट्टाछुट्टै निवेदनलाई एउटै मिसिल कामय गरी कानूनी रायसहितको भु.सु.का. मा पठाउने निर्णय गरी पठाएकोमा भु.सु.का. मा काठमाडौबाट माथि लेखिएको निर्णय ठहर गरि मिसिल फिर्ता आए पश्चात सोही मिसिललाई अनाधिकार गैर कानूनी तवरबाट पुनः कारवाही उठाई भु.स.के.का.ले वादी दावी प्रतिवादी जिकिर भन्दा वाहिर गई दर्तावाला मोही म चित्र बहादुर र जोताहा मोही उदय वहादुर कायम गर्ने गरी मिति २०४७।५।१५ मा निर्णय गरी ऐ. मितिको पत्र प्राप्त भएको मिति ४७।५।१८ मा जोताहा उदय वहादुरलाई क्षतिपूर्ति राख्न लगाई दर्तावाललाई जानकारी दिने भन्ने उक्त कार्यालयले टिप्पणी निर्णय गरेको र सो बमोजिम दर्ता गर्न गराउन पत्राचार गरी मा.प.पो.का. बाट ०४७।५।२६ मा सो बमोजिम दर्ता भएको छ, यसरी गुठी संस्थान केन्द्रीय कार्यालय तथा गुठी लगत तथा तहसिल कार्यालयले आफूलाई भएको अधिकार भन्दा बाहिर गई अनधिकृत निर्णय गरेको आधारबाट गरेको दर्ता समेत वदर गरी मेरो दर्ता यथावत राखी विपक्षीलाई सजाय गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. विवादीत जग्गा साविक देखिनै म उदय बहादुर थापाले एकलौटी रुपमा जोतभोग गरी आएको अवस्थामा गु.स.ऐन (शंशोधन सहित) २०३३ को दफा २६ बमोजिम दर्तावाला मोहीको सम्पूर्ण