निर्णय नं. ६६८८ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६८८ - जग्गा खिचोला भाग: ४१ साल: २०५६ महिना: असार अंक: ३ फैसला मिति :२०५५/१२/०४ ३१९६ निर्णय नं. ६६८८ ने.का.प. २०५६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय, माननीय न्यायाधीश श्री टोप बहादुर सिंह सम्वत् २०५२ सालको दे.पु. नं. ......३२८७ फैसला मितिः २०५५।१२।४।५ मुद्दाः जग्गा खिचोला पुनरावेदक/वादीः जि.जुम्ला चन्दनाथ गा.वि.स. वडा नं. ३ भण्डारी गाउँ वस्ने लोकवहादुर भण्डारी । विरुद्ध विपक्षी/प्रतिवादीः ऐ. ऐ. वडा नं. ४ वुढाथापा गाउँ वस्ने कृष्णवहादुर वुढाथापा समेत ३ । § पुनरावेदन अदालतले पुनरादेदक प्रतिवादीले आफ्नो प्रतिउत्तरपत्रसाथ पेश गरेको नभई पुनरावेदन अदालतमा आई तिलक बहादुर बढाथापाले मिति २०२३।७।२१ मा गराई लिएको घरायसी राजिनामाको लिखतलाई अ.वं ७७ नं. ले प्रमाणमा ग्रहण गर्न नमिल्नेमा त्यस्तो लिखतलाई प्रमाणमा ग्रहण गरि सोहि लिखतको आधारमा निर्णय गरेको देखियो । साथै सो लिखत परीक्षण गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएकोमा उक्त लिखतमा लागेको ल्याप्चेका केही भागहरु ड्याप भई अन्य रेखाहरु पनि प्रस्ट नभएको हुनाले नमुना ल्याप्चेसंग तुलना गरी एक आपसमा मिल्छ वा मिल्दैन भनि एकीन गर्न नसकिएको भनि परिक्षण समेत हुन नसकेको स्थितिमा यस्तो लिखतलाई प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिएन । वादी दावाको मो.नं. ३ ख. नं. ६४ को चोरखेत मुरी २ जग्गा कुन्छा भण्डारी मर्दा गाने भण्डारीका नाउँमा दा.खा. नामसारी दर्ता भएको र सिंग बहादुर लोकवहादुर भण्डारीका नाउँमा मिति २०३५।८।३० मा नामसारी दर्ता भएको भन्ने माल कार्यालय जुम्लाको मिति २०४८।८।४ च.नं. ३९२ को पत्रबाट देखिन आउँछ भने प्रतिवादी कृष्ण बहादुर वुढाथापाले सो जग्गा आफ्नो नाममा कसरी प्राप्त हुन आएको हो । सो हकको श्रोत खुलाउन नसकेको र अन्य प्रमाणबाट समर्थित नभएको स्थितिमा सुरथ बहादुरले भु.सु. ७ नं. फारम भरेकै भरमा मात्रै सो जग्गामा निजको हकाधिकार कायम रहेको भन्न नमिल्ने। (प्र.नं. १९) पुनरावेदक वादी तर्फवाटःX विपक्षी प्रतिवादी तर्फवाटःX अवलम्वित नजिरःX फैसला न्या. केशवप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षीप्त तथ्य यस प्रकार रहेको छः २. मेरो भागको मो.नं. ३ ख. नं. ६४ को दूस्का देखि पूर्व नैनासिंहको पाखो जग्गा देखि पश्चिम मेरै चोर खेत मुरी । १ देखि उत्तर रत्नवहादुर क्षेत्रीले खाने खेत देखि दक्षिण यति ४ किल्ला भित्रको गडा १, चौर खेत मुरी । १ मो.नं. २० ख.नं. २७० को दुरुका देखि पूर्ण नैनासिंहको पाखो जग्गा देखि पश्चिम कुला देखि उत्तर मेरै चौर खेत मुरी । २ जग्गा देखि दक्षिण यति ४ किल्ला भित्रको चौर खेत मुरी १ समेत जम्मा मुरी ३ जग्गामा लगाएको जो वाली २०४८ साल जेष्ठ १० गतेका निवेदनमा अन्दाजी २ जना आई खेताला लिन्छौ भन्दा यो जग्गा तिम्रो रहेनछ वुढाथापा गाउँ बस्ने कृष्ण वहादुर वुढा थापाको रहेछ यो भाई लाल बहादुरले निजलाई रुपैया दिई मैले बन्धकी तमसुक लिएको र वाली समेत लिनु भनी लिनु भनी तमसुकमा लेखेको छ सो कारणले हामिले वाली लुटि लिएका हौ भन्ने लाल वहादुर समेत २ भाई भै वाली लुटि लिएको र घ ११ गते कृष्णबहादरसँग मेरो जग्गा मैले जौ बाली लगाएको तिमीले लाल बहादुरबाट कति पैसा खाय मेरो चौर खेत मुरी । ३ को जग्गा किन दिएको भन्दा तिम्रो भए पनि मैले दिदिया भनको र कमलबहादुर लालबहादुरले अब जग्गा पनि चलन गर्न पाउँदैनौ भनी चलन हटक गरेको हुँदा उजुर गर्न आएको छु भन्