निर्णय नं. ६६८९ - विक्री वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६८९ - विक्री वदर भाग: ४१ साल: २०५६ महिना: असार अंक: ३ फैसला मिति :२०५५/०६/२६ २४६३ निर्णय नं. ६६८९ ने.का.प. २०५६ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत् २०५२ सालको दे.पु. नं. ३१२७ फैसला मितिः २०५५।६।२६।२ मुद्दाः विक्री वदर । पुनरावेदक/प्रतिवादीः जिल्ला बाँके महादेवपुरी गा.वि.स. वडा नं. ६ बस्ने मान सिंह कुमारी विरुद्ध विपक्षी/वादीः ऐ.ऐ. बस्ने कौशिला देवी समेत ४ । § आफ्नो नाममा दर्ता रहेको जग्गा मन परेकी स्वास्नीलाई वक्स गरी दिएकोमा चित्त नवुझ्नेले आफ्नो हक कायम गराउन कानूनको बाटो अवलम्वन गर्नु पर्ने हुन्छ । कानूनको रीत नपुगेको भन्ने विषय वस्तु तथा अधिकार क्षेत्र अभाव जस्ता कुराहरु शुरु देखिनै कानूनको दृष्टिमा अस्तित्व शुन्य हुने हुँदा त्यस्तो काम कारवाहीहरु स्वतः वदर हुन जान्छ । तर त्यसरी पास भएको वक्सपत्र स्वतः वदर हुने भन्न मिल्ने नदेखिँने । (प्र.नं. ११) पुनरावेदक प्रतिवादी तर्फबाटः X विपक्षी वादी तर्फवाटः X अवलम्वित नजिरः X फैसला न्या. लक्ष्मणप्रसाद आर्यालः पुनरावेदन अदालत नेपालगन्जको मिति ०५२।१।१७ को फैसला उपर चित्त नवुझी प्रतिवादीको पुनरावेदन परि आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छः २. लोग्नेका नाउँमा दर्ता रहेको जग्गा मध्ये बाँके ढकेरी गा.वि.स वडा नं. ९ कि.नं ९९ को ज.वि ०–८–० जग्गा वक्सपत्र गराई लिएपनि एकाघर संगोलमा व्यक्तिको नाममा दर्ता रहेको जग्गामा सवै अंशियारहरुको वरावर अंश हक लाग्ने कानूनी व्यवस्था रहेको र निजको शेषपछि अपुताली खाने हामी वाहेक अरु केहि अंसियार हकदार नभएकोले चुप लागी बसेका थियौं । विपक्षीले हामीलाई थाहा जानकारी नदिई हाम्रो मन्जुरी नलिई हामीलाई साक्षी नराखी हाम्रो समेत हक लाग्ने विपक्षीका नाउँमा दर्ता रहेको उल्लेखित जग्गा मध्ये जालसाजी गरि ज.वि. ज.वि. ०–२–० जग्गा ०४७।३।१९ मा राजिनामा गरेको र बाँकी रहेको ऐ कि.नं. २९१ को ज.वि. ०–६–० जग्गा मिति ०४८।११।२३ मा रजिष्ट्रेशन पारित गरी दिएकोले सो विक्री हाम्रो मन्जुरी बेगर वेचिएको जग्गा विक्री वदर गरि ६ खण्डको ४ खण्ड जग्गा हामीलाई दिलाई पाउँ भन्ने समेत व्यहोराको मिति ०४९।१।३१ को फिराद पत्र । वादी दावी झठ्ठा हो । म राती खत्रीले विपक्षीहरुको लाग्ने वावु नरे खत्रीबाट हालैको वक्सपत्र प्राप्त गरेको कुरा फिरादीहरले स्वीकार गरेका छन् । लोग्ने तथा बाबुले वक्सपत्र गर्न नहुने सम्पत्तिको वक्सपत्र गरेको भए सो भए गरेको मितिले मुलुकी ऐन दानवकसको महलको ५ नं. का म्याद २ वर्ष भित्र उजुर गर्न सक्नु पर्ने सो नगरेबाट विपक्षीहरुको लोग्ने वावुले गरी दिएको वक्सपत्र सदर कायम रहेको अवस्थामा स्त्री अंश धनको ४ नं. ले पेवा ठहर्ने सो संम्पत्ति स्त्री अंश धनको ५ नं. ले आफूखुश गर्न पाउने भएकोले हामी प्रतिवादी बीच भएको खरिद विक्री वदर हुन सक्दैन भन्ने प्र. राती खत्रीको प्रतिउत्तर व्यहोरा विपक्षीहरुले फिरादपत्रमा उल्लेख गरेको बाके ढकेरी गा.वि. वडा नं. ९ कि.नं. २९१ का ज. वि. ०–६–० जग्गा म मान सिंह कुमारीको नाउँमा दा.खा. नामसारी समेत भै सो को प्रमाण पत्र समेत प्राप्त गरेको छु । विपक्षीहरुले उक्त जग्गा मालपोत कार्यालय बाँकेमा रहेको श्रेष्ताको कुरा लोप राखेतापनि विक्री वदरको दावीबाट दा.खा. नामसारी वदर तर्फ हेर्न निर्णय गर्न नमिल्ने हुँदा खारेजभागी छ । खारेज गरि पाउँ भन्ने प्र. मानसिंह कुमारी समेतको मिति ०४९।४।१८ को प्रतिउत्तर पत्र । ३. मिति ०