निर्णय नं. ८९० - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९० - जालसाजी भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/01/23 २२७१ निर्णय नं. ८९० ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३१ सालको फौ.फु. २६ फैसला भएको मिति : २०३२।१।२३।३ निवेदक : एक कुमारी खड्केनी क्षेत्रीनी विरुद्ध विपक्षी : चुनबहादुर खड्का क्षेत्री समेत मुद्दा : जालसाजी (१) कानूनबमोजिम बदर नभएको प्रमाणमा आएको मिलापत्रलाई प्रमाणमा लिने वा नलिने भन्ने बाहेक मिलापत्रलाई कानूनी मान्यता दिन नमिल्ने भनी ठहर गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : अधिवक्ता मुकुन्द रेग्मी फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिनु भनी श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यसबेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : ०२० सालमा भिन्न भई सासु जगमाया र देवर चुनबहादुर एकै सगोलमा बसेको बिजन माना ।.।.।२ को पाखा र माटो मुरी ।९।४ को खेत मध्ये ३ भागको २ भाग माटो मुरी ।६।९।५।२ को तिरो रु.३।१२ लागेको भई सो खेत सासु जगमायाको ज्यूनीमा राखी सासुको शेषपछि देवर र मैले बण्डा गरी खाने व्यवस्था भएको ०२६ सालको तिरो बुझाउन जाँदा पञ्चायतले बुझी नदिंदा मालमा धरौट राखी मुद्दा चल्दा ज्यूनीमा रहेको उक्त खेतबारी विपक्षी सासु जगमायाले बिक्री वितरण र दानबकस समेत दिन नपाउने गरी सि.पा.मालबाट मिलापत्र भएको सो जग्गा मिलापत्रको विरुद्ध सासु जगमायाले जालसाजीबाट चुनबहादुरलाई रु.३५००।– मा राजीनामा पास गरेकाले जालसाजबाट पारित गराएको राजीनामा बदर गरी मिलापत्रबमोजिम कायम गरिपाउँ भन्ने वादी । ३. वादी दावीभन्दा बढी कुरामा मिलापत्र गराउन नहुने न्यायिक सिद्धान्त भईरहेको बिक्री वितरण दान बकस दिन नपाउने भन्ने शब्द मिलापत्रमा राखेको सदर नहुने मलाई सप्ताहा लगाउन तिर्थयात्रा गर्न आवश्यक परी वादी र चुनबहादुरलाई आधी आधी खर्च देउ भन्दा नदिएकोले मेरो ज्युनीको अंशको जग्गा मध्ये माटोमुरी १ को खेत बिजन ।.।.।५ को जग्गा बाँकी राखी अरू जग्गा चुनबहादुरलाई रु.३५००।– मा राजीनामा गरेको हो । चुनबहादुर र म छुट्टाटुट्टै बसेको छु । जालसाज गरेको होइन भन्ने जगमाया, चन्द्रबहादुर सापकोटा, भक्तबहादुर खत्रीको वारेस भई आफ्ना हकमा समेत चुनबहादुरको प्रतिवादी । ४. सिन्धुपाल्चोक मालबाट भएको मिलापत्रको विरुद्ध राजीनामा गरेको देखिंदा जालसाजी गरेको ठहर्छ भन्ने सि.पा.जि.अ.को फैसला । ५. सो उपर चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन । ६. माल कार्यालयबाट तिरो बुझाउने सम्बन्धमा मुद्दा पर्दा जग्गा नै हक बेहक गरी गराएको मिलापत्र कानूनी प्रभाव विहिन हुन गई स्वतः निस्कृय हुने हुँदा त्यस्तो मिलापत्रको आधार लिई जगमायाले बिक्री गर्न नपाउने भन्ने वादीको दावी उपयुक्त देखिएन । वादीले झुट्टा उजूर गरेको ठहर्छ भन्ने बागमती अञ्चल अदालतको फैसला । ७. सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन । ८. वादी दावी भन्दा बढी कुराको शब्द राखी जग्गामा हक बेहक हुने गरी मिलापत्र गराउन पाउने अधिकार माललाई दिएको कुनै कानूनमा व्यवस्था भएको देखिँदैन । त्यस्तो कानूनले नदिएको अधिकार प्रयोग गरी सि.पा.माल कार्यालयबाट गराएको मिलापत्रालाई कानूनी मान्यता दिन नमिल्ने र दावी बमोजिम ज