निर्णय नं. ६६९१ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६९१ - कर्तव्य ज्यान । भाग: ४१ साल: २०५६ महिना: असार अंक: ३ फैसला मिति :२०५५/०५/२२ २४४४ निर्णय नं. ६६९१ ने.का.प. २०५६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५४ सालको फै.पु. नं. १४८७ फैसला मितिः २०५५।५।२२।२ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः जिल्ला झापा राजगढ गा.वि.स वाडनं ३ घर भइहाल जि. कारागार शाखा विरगंजमा कैदमा वस्ने तोयानाथ पाण्डे विरुद्ध प्रत्यर्थी/वादीः जिवनाथ लम्सालको जाहेरीले श्री ५ को सरकार § प्रस्तुत वारदातमा मर्ने पवित्रा कुमारी पाण्डेको काखमा रहेकी भन्ने देखिनेमा निजलाई खुकुरी प्रहार गर्द छोरीलाई समेत लाग्न सक्ने अवस्था रहेको देखिन्छ । त्यस्तोमा खुकुरी प्रहार गरेकोमा मुलुकी ऐन ज्यान सम्बन्धीको ५ नं. ले भवितव्य र ऐ. १४ नं ले आवेशप्रेरित हत्या हुन सक्ने अवस्था रहेको पनि देखिदैन । तसर्थ आरोपित कसुरमा प्रतिवादीलाई मुलुकी ऐन ज्यान सम्बन्धीको १३(१) नं. ले सर्वश्व सहित जन्मकैदको सजाय हुने ठहर्याएको शुरु झापा जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत इलामको इन्साफ मिलेकै देखिदा मनासिव ठहर्ने । (प्र. नं. १३) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वैतनिक अधिवक्ता श्री नरवहादुर साही प्रत्यर्थी वादी तर्फबाटः X अवलम्बित नजिरः X फैसला न्या.उदयराज उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एबं ठहर यस प्रकार छः २. ०४९।१०।१४ गते वेलुका १७.४५ बजेको समयमा झापा राजगढ गा.वि.स. वार्ड नं. ३ वस्ने तोयनाथ पाण्डेले आफ्ना वर्ष ३ की छोरी पवित्रा पाण्डेलाई खुकुरीले काटी मारी निज तोयानाथको श्रमिती कुमारी पाण्डे र मेरा आमा पवित्रा लम्साल समेतलाई खुकुरीले काटी सख्त घाइते समेत पारेको हुँदा पक्राउ गरी कानून बमोजिम गरी पाउँ भन्ने निज जिवनाथ लम्सालको मिति ०४९।१०।१५ को जाहेरी । ३. टाउकोको केशमा रगत लतपत भएको, वायाँ हातले नारीमा र दायाँ कान मुनि जोर्नीमा ४ इन्च लम्वाई २ इन्च चोडाको खुकुरीले काटेको चोट भएको भन्ने ०४९।१०।१५ गतेको लास प्रकृति मुचुल्का । ४. ०४९।१०।१४ गते वर्ष ३ कि छोरी पवित्रा पाण्डेलाई काखमा लिएर वेलुका अं. १७३० बजेको समयमा खाना पकाउने चुल्होको छेउमा बसेकीमा वसेकै वेलामा मेरा पती तोयानाथ पाण्डेले हातमा खुकुरी लिएर गई एकै चोटी छोरीलाई काटेको थाहा छ, त्यसपछि मैले थाहा पाइन । मलाई छोरीलाई मेरा पतीले नै काटेका हुन भन्ने घाइते कुमारी पाण्डेले ०४९।१०।१५ मा गरी दिएको कागज । ५. श्रीमती कुमारी पाण्डेको कृयाकलाप देखि रिस उठी काटी दिनु पर्यो भनी मेरो घरमा भएको खुकुरी झिकी ०४९।१०।१४ गते वेलुका अं. १७.४५ बजेको समयमा वर्ष ३ की मेरी छोरी पवित्रा पाण्डेलाई साथमा लिई बसी रहेको वेलामा खुकुरीले हान्दा छोरीलाई लाग्न गै छोरीको मृत्यु भएको हो मेरी श्रीमती कुमारी पाण्डेलाई हानेपछि पवित्रा लम्साल कराउँदै आउदा निजलाई समेत काटेको हो । यी प्रहरीले बरामद गरी ल्याएको खुकुरी मेरो हो । यही खुकुरीले छोरी, श्रीमती र पवित्रा लम्साललाई काटेको हो सनाखत समेत गर्छु भनी ०४९।१०।१५ गते प्रतिवादी तोयानाथ पाण्डेले गरेको वयान । ६. प्रतिवादी तोयानाथले ज्यान मार्ने उद्योग गरेको देखिँदा ज्यान सम्बन्धी महलको १ नं. विरुद्धको कसुर गरेको हुँदा सोही महलको १३(१) बमोजिम सजाय हुन अनुरोध गरिन्छ भन्ने समेत प्रहरी प्रतिवेदन । ७. श्रीमतीले ७ जना मानिससंग ठट्टा मस्की र अनैतिक कार्य गरेको