निर्णय नं. ६६९२ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६९२ - लेनदेन भाग: ४१ साल: २०५६ महिना: असार अंक: ३ फैसला मिति :२०५५/०६/०१ ५००१ निर्णय नं. ६६९२ ने.का.प. २०५६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत् २०५३ सालको दे.पु. नं. ३४१८ फैसला मितिः२०५५।६।१।५ मुद्दाः लेनदेन । पुनरावेदक/वादीः नेपाल बैंक लि.चन्द्रनिगाहापुरको तर्फबाट ऐ. का अधिकार प्राप्त उपशाखा प्रवन्धक पूर्ण बहादुर थापा विरुद्ध विपक्षी/प्रतिवादीः जि रौतहट चन्द्रनिगाहापुर गा.वि.स. वडा नं. ६ बस्ने विष्णु प्रसाद कोइराला § राष्ट्रिय वाणिज्य बैंक ऐन, २०३१ को दफा ४२ बमोजिम प्रस्तुत मुद्दा तत्काल अंचल अदालतमा दायर गर्ने कानूनी व्यवस्था भैरहेकोमा सो दफा न्याय प्रशासन सुधार ऐन (चौथो संशोधन ) लागू भए पश्चात २०४३।७।२४ मा खारेज भएपनि प्रस्तुत मुद्दा सो मिति भन्दा पूर्व नै अर्थात मिति २०४३।७।७।६ मा दायर भै कारवाहीयुक्त अवस्थामा रहेभएको पाइन्छ । त्यस्तो कारवाहीयुक्त अवस्थामा रहेको मुद्दालाई कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४(ङ) ले खारेज गर्न मिल्ने अवस्था नदेखिँने । (प्र.नं. २८) § राष्ट्रिय वाणिज्य बैङ्क ऐन, २०३१ को दफा ६ मा ऐन बमोजिम बैंकले गर्ने सवै काम कारवाही बैंकको नाममा संचालक समितिले गर्ने छ र संचालक समितिले आफूले प्रयोग गर्न पाउने अधिकारहरु मध्ये सवै काम कारवाही बैंकको नाममा संचालनक समतिले गर्ने छ र संचालक समितिले आफूले प्रयोग गर्न पाउने अधिकारहरु मध्ये सवै वा केही अधिकार अध्यक्ष, संचालक वा संचालकहरुको उपसमिति, महाप्रवन्धक वा बैकमा अन्य पदाधिकारीहरुलाई सुम्पन सक्ने छ भन्ने उल्लेख भएको पाइन्छ । सोही व्यवस्था बमोजिम संचालक समितिको मुद्दा दायर गर्ने अधिकार शाखा प्रवन्धकहरुलाई प्रत्यायोजित गरेको देखिएको कारण समेतबाट ०४५ साल दे.पु.इ.नं २०२ पुनरावेदक नेपाल बैंक लिमिटेड श्रीपुर शाखा वि. विहारी लाल तुल्स्यान भएको लेनदेन मुद्दामा शाखा प्रवन्धकलाई मुद्दा गर्ने हकदैया नभएको भन्न मिलेन भनी उल्लेखित मुद्दामा सिद्धान्त कायम भैसकेको समेत पाइन्छ । तसर्थ यस्तो स्थितिमा वादी दावी खारेज हुने ठहर्याएको पुनरावेदन अदालत हेटौडाको ०५३।२।१३ को फैसला मिलेको नदेखिँदा वदर हुने । (प्र. नं. २८) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विपक्षी प्रतिवादी तर्फवाटःX अवलम्वित नजिरः X फैसला न्या. भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत हेटौडाको मिति ०५३।२।१३ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) (क) बमोजिम पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः २. प्रतिवादी विष्णुप्रसाद कोइरालाले अख्तियार दिएका व्यक्ति जामुन शाहले यस बैकबाट गल्ला कर्जा नं. ४६।४७ अन्तर्गत मिति ०४०।३।२७ मा ६९ वोरा गहु धितो राखी १७% दरले व्याज तिर्ने गरी तमसुक गरेर लिएको कर्जा रु १३,७००। गल्ला कर्जा नं. ४६।६० अन्तर्गत मिति ०४०।४।५ मा ६ महिना भित्र सांवा व्याज वुझाउने गरी ३० वोरा गहुँ घितो राखी १७ प्रतिशतको दरले व्याज तिर्ने गरी लिएको कर्जा रु ५,९००। गल्ला कर्जा नं. ४६।२७५ अन्तर्गत ०४०।११।१८ मा ६ महिना भित्र १७ प्रतिशतका दरले सांवा व्याज वुझाउने गरी ३५ वोरा तोरी धितो राखि लिएको कर्जा रु १९,६००। उपरोक्त तमसुक बमोजिमको साँवा व्याज समेत भाखा भित्र नवुझाई म्याद गुजारेको हुँदा प्रतिवादीलाई वारम्वार लिखित र मौखिक अनुरोध गर्दा पनि नवुझाउनु भएको हुदा बैंकले आफ्नो सावा असुल उपर गर्न निजले धितो राख्नु भएको गहु