निर्णय नं. ६६९३ - लुटपिट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६९३ - लुटपिट भाग: ४१ साल: २०५६ महिना: असार अंक: ३ फैसला मिति :२०५५/०७/०९ २५५३ निर्णय नं. ६६९३ ने.का.प. २०५६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्वत् २०५१ सालको फौ.पु. नं. १११८ फैसला मितिः २०५५।७।९।२ मुद्दाः लुटपिट । पुनरावेदक/वादीः जि. सप्तरी राजविराज न.पा. वडा नं. ३ वस्ने कृष्णप्रसाद अग्रवाल विरुद्ध विपक्षी/प्रतिवादीः जि. सप्तरी व्रम्हपुर गा.वि.स.वार्ड नं. २ बस्ने देवीलाल मण्डल § वादीले जुन जग्गामा लुटपिट भाये भनी दावी लिएको छ सो जग्गाको स्रोत लिलामी सकार भएको र उक्त लिलाम सम्बन्धी सम्पुर्ण कारवाही र सो जग्गाको दा.खा. समेत वदर भैसकेको स्थितिमा जुन आधारबाट वादीले आफ्नो हक भोगको भनी दावी रहेको सो आधार नै वदर भै कि.नं. ४३१ को जग्गामा वादीको हकदैया भएको नदेखिएकोले फिराद दावी गर्न पाउने हक वादीलाई भएको नहुँदा शुरुको फैसला उल्टी गरी फिराद खारेज हुने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसला मनासिव देखिँदा सदर हुने । (प्र.नं. ९) पुनरावेदक वादी तर्फबाटःX विपक्षी प्रतिवादी तर्फबाटःX अवलम्बित नजिरः ह्य फैसला न्या. अरविन्दनाथ आचार्यः पुनरावेदन अदालत राजविराजको मिति २०५०।११।४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः २. मेरा नाउँ दर्ताको गा.पं. व्रम्हपुर वार्ड नं. २(क) कि.नं. ४३१ को ०-३-१० जग्गामा ०४६ सालको धानवाली लगाई पाकि सकेपछि विपक्षीहरु आई मिति ०४६।९।२५ का दिन विहान ८,८।३० बजेको वखत वल जवरजस्ती काट्न कुटन लगाई आफ्नो घर लगेको हुँदा विगो रु १२१० दिलाई लुटपिटका ४ नं. बमोजिम प्रतिवादीहरुलाई सजाय समेत गरी पाउँ भन्ने वादी दावी । ३. प्र.देवी लाल मण्डल र राम कुमार मण्डलले मिति ०४७।१।२१ मा तामेल भएका इतलायनामाको म्याद गुजारी बसेको । ४. यसमा प्रतिउत्तर नै नफिराई स्वीकार गरी बसेको हुँदा वादी दावी अनुसार प्रतिवादीहरुले लुटपिट गरेको ठहर्छ भन्ने समेत शुरु सप्तरी जिल्ला अदालतको मिति ०४७।३।२१ को फैसला ५. शुरुले मेरो प्रतिउत्तर पर्नु अघि नै एकतर्फी म पुनरावेदककै हकको जग्गाको वाली पुनरावेदकले नै लुटेको भनी गरेको फैसलामा चित्त वुझेन अन्याय पूर्ण फैसला उल्टी गरी इन्साफ पाउ भन्ने समेत पु.वे. प्रतिवादकिो प्रतिउत्तर सरहको पुनरावेदन जिकिर । ६. वादीले आफ्नो जग्गाको वाली प्रतिवादीले लुटपिट गरे भनी दावी लिएकोमा सो वादी दावीको कि.नं. ४३१ को जग्गामा वादीको दर्ता नदेखिनुका साथै हकदैया समेत भएको नदेखिएकोले लुटपिट तर्फ फिराद दावी गर्न पाउने हक वादीलाई भएको नहुँदा वादीको फिराद दावी खारेज हुने ठहर्छ । शुरु सप्तरी जिल्ला अदालतको मिति २०४७।३।२१ को फैसला उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पू.वे.अ. राजविराजको फैसला । ७. वादीको जग्गा म वादीले लिलाम सकार गरी लिइ सोही बमोजिम जग्गा दर्ता भै जग्गाधनी दर्ता प्रमण पूर्जा समेत प्राप्त गरको मेरो हकभोगको दर्ता हो । विपक्षीले लिलामी वदर गराएको भएतापनि दर्ता वदर गराउन सक्नु भएको छैन । मेरो नाउँमा भएको दर्ता कायम रही जग्गा धनी दर्ता प्रमाण पूर्जा समेत मेरो नाममा रही रहेको अवस्थामा उक्त जग्गामा मेरो हकदैया नै छैन भनी फिराद खारेज गर्ने ठहराएको पुनरावेदन अदालत राजविराजको इन्साफ त्रुटिपूर्ण हुँदा वदर गरी शुरु इन्साफ कायम गरी पाउँ भन्न वादीको यस अदालतमा पर्न आएको पुनरावेदन । ८. नियम बमोजिम मुद्दा पेशी सूच