निर्णय नं. ६६९४ - हक कायम दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६९४ - हक कायम दर्ता भाग: ४१ साल: २०५६ महिना: असार अंक: ३ फैसला मिति :२०५५/०३/१६ २९३९ निर्णय नं. ६६९४ ने.का.प. २०५६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री टोपवहादुर सिंह सम्वत् २०५२ सालको दे.पु. नं. ३१६ढ फैसला मितिः २०५५।३।१६।३ मुद्दाः हक कायम दर्ता पुनरावेदक/प्रतीवादीः पर्सा जिल्ला, वहुअर्वा भाटा गा.वि.स. वडा नं. २ बस्ने झरिया चाईन विरुद्ध विपक्षी/वादीः ऐ.ऐ. बस्ने शम्भु प्रसाद चौहान समेत ३ । § अंशवण्डा गर्नुपर्ने संगोलको संपति जुनसुकै अंशियारको नाममा दर्ता कायम रहेको भए पनि अंशियाराहरुमा वण्डा लाग्नेमा त्यस्तो संपत्ति तायदातीमा नदेखाई दवाए छिपाएको देखिएको हुँदा वादीको नाउँमा एकलौटी हक कायम दर्ता हुन ठहराएको पुनरावेदन अदालत हेटोडाको निर्णय मनासिव ठहर्छ । अव कि.नं. २६७ को जग्गाको हकमा विचार गर्दा उक्त विवादित जग्गा वादी वा प्रतिवादी कसैको नाऊँमा दर्ता नभएको अवस्थमा अशवण्डाको ३५ नं. बमोजिम भिन्न भिन्न जिउ सम्म मात्र नालेस लाग्ने कानूनी प्रावधान रहेको र प्रस्तुत मुद्दा तत्कालीन वादी प्रतिवादीको स्वर्गवास भइसके पछि परेका हुँदा त्यस्तो नालेस लाग्नै नसक्ने भएकोले सो सम्बन्धमा शुरु पर्सा जिल्ला अदालतले कि.नं. २६७ को जग्गाको हकमा वादी दावी खारेज गरेको निर्णय मनासिव ठहराएको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको देखिँदा मनासिव ठहर्ने । (प्र.नं. १०) पुनरावेक प्रतिवादी तर्फबाटःX विपक्षी वादी तर्फबाटः X अवलम्वित नजिरः X फैसला न्या. हरिप्रसाद शर्माः पुनरावेदन अदालत हेटौडाका मिति ०५१।६।१०२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)((ग) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः २. प्रस्तुत मुद्दामा मुल पुर्खा वावुराम महतोको दुई जना छोरामा दशरथ महतो, गोपी महतो भएकोमा दशरथको छोरा जद महतो १, सुरजुग महतो १, र गोपीको छोरा सुरज महतो १ गुरुज महतो १ भएको मुल पुर्खा लगायत दशरथ गोपी, जदु गरुज, सरजुग समेत परलोक भएको सरजुगको श्रीमती प्र. मध्येकी झरीया र सरजुग महतोको छोरा तीलक महतो प्र. शिवनन्दन महतो १ समेत भएको जुद महतोको छोरा विश्वनाथ भएको गुरुज महतोको श्रीमती म सरस्वती देवी र छोरा म प्रभु प्रसाद म संभु प्रसाद भएको बाट प्रतिवादीहरुले अंश छुट्याइ नदिएकोमा हाम्रो पति पिता गुरुज महतो समेतले अंश मुद्दा दायर गर्नु भएकोमा अंश पाउने ठहराई ०३४।९।७ मा फैसला भए बमोजिम हाम्रो पति पिताले ०३८।९।७ मा अंश छुट्याई लिनु भएको र निज स्वर्गवास हुनु भएपछि हामी हकवालाको हक हुन आएकोमा प्रतिवादीहरुले यी सम्पत्तिको तायदाती ०३४।७।२४ मा दाखिला गरि दवाए छिपाएको छैन भनी कागज गर्नु भएकोमा प्रतिवादी मध्येका शिवनन्दन महतोको स्वर्गीय पिता सरजुग महतोको नाउँमा सावित मिन्सी घडेरी कि.नं. ५६ को जग्गा ०-०-१५ मा पक्कि दुई तले घर भएको कि.नं. १६७ को जग्गा समेतमा हाम्रो पति पिता गुररुज महतो समेतको अंश भाग लाग्ने हुँदा अंश दिन नपरोस एकलैटी खानको लागि प्रतिवादीहरुले तायदातीमा नदेखाई दवाई छपाई लिनु भएको नदवाउनेले खान पाउछ भनि अंशवण्डाको २७ नं. मा किटान भएको र एकलौटी खान पाउने हाम्रो पति पिता गुरुज महतोको अन्तकारल पछि हाम्रो हक हुन आएको हुँदा मोल रु ५०००। जाने उक्त वहुअर्वाभाटा गा.वि.स. वडा नं. २ को घरवास मिन्ही घडेरी कि.नं. ५६ को गरी ०–०–१५ मा भएको दुई तले पक्कि घर वार्ड नं. ३ कि.नं. १६७ को गरी ०-४--० चार कठ्ठा समेत हाम्रो हक कायम गरी हाम्रो ना