निर्णय नं. ८९२ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९२ - अंश भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2030/10/25 २१०५ निर्णय नं. ८९२ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२८ सालको दे.फु.नं. १८१९ फैसला भएको मिति : २०३०।१०।२५।२ निवेदक : का.जि. टुसाल बस्ने आशामाया डंगोल्नी विरुद्ध विपक्षी : ऐऐ. बस्ने हर्षबहादुर डंगोल मरी मुद्दा सकार गर्ने सिद्धिलाल डंगोल मुद्दा : अंश (१) मोहियानी जग्गामा अंशवण्डा छुट्याई दिने भन्न नमिल्ने । जग्गाधनीले अंशियारहरूमा पत्याएको व्यक्तिले मोहियानी हक पाउने कानूनी व्यवस्था देखिने । (प्रकरण नं. ११) पुनरावेदीका तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे फैसला न्या. झपटसिंह रावल १. बुढा ससुरा हाकुसिंका छोरा २ मध्ये जेठा जेठाजु हर्षबहादुर १, कान्छा मेरो लोग्ने जोतीमान १ समेत २ छोरामा कान्छा मेरो लोग्ने जोतीमान भिन्न नहुँदै २००१ सालमा परलोक हुनुभएको र सगोलमै बसी राखेकोमा दुःख दिएबाट म २००६ सालमा मानो छुट्टिई भिन्न बसेकी थिएं । यतिकैमा मलाई पाल्न सक्दिन भनी छोरो देवदास पनि भिन्न बस्न गएको र म वृद्ध भई प्राण राख्न नसकी ससुरालाई माना चामल दिनु होस् वा २००६।१२।२८ गते मानु छुट्टिएको मानी अघिल्ला मिति तकको ऋण धनसमेत हिसाब गरी ३ भागको १ भाग मलाई अंश छुट्याई पाउँ भन्दा अंश दिन्न भन्नु भएकोले नालेश गर्न आएकी छु । उक्त बमोजिम अंश दिलाई पाउँ भन्ने वादी । २. वादीले दावी लिएको व्यहोरा झुट्टा हो । वादीका लोग्ने मेरा छोरा जोतीमान, जेठा छोरा हर्षबहादुर, स्वास्नी नानीमायासमेत ४ जनाको १९९९ साल चैत्र मसान्तका दिन अंश भाग लगाई भिन्न बसी आएको सिद्धिलालले मलाई हेरचाह गरेकोले निजलाई मेरो अंश भाग ०१९।४।१५।३ मा शेषपछिको बकसपत्र पास गरिदियो भन्ने रिसले वादीले यो नालेश गरेकी हुन् वादीका लोग्नेको भागमा परेको मध्ये जग्गा २।। जति मेरा नाउँबाट नामसारी भईसकेको पनि छ वादीलाई अंश दिनुपर्ने केही छैन भन्नेसमेत हाकुसिंको प्रतिवादी । ३. बाबु हाकुसिं, म र मेरा भाइ जोतीमान १९९९ सालमा अंशबण्डा गरी बेगल बसी आएको सिद्धिलाललाई बाबुले शेषपछिको बकसपत्र दिंदा म र वादीको छोरो निज देवदास साक्षी बसेका छौं । वादीलाई अंश दिनु बाँकी छैन भन्नेसमेत हर्षबहादुरको बयान । ४. हाकुसिंबाट मेरा बाबु जोतीमान र जेठा बाबु हर्कबहादुरकोसमेत अंश भएको छैन । अंशबण्डा भएको भए बण्डापत्र हुनु पर्दथ्यो । जेठो बाबु हर्कबहादुरलाई हातमा लिई मेरो आमालाई निरअंशी गराउन खोजी अंश नदिएको हो भन्नेसमेत देवदासको बयान । ५. वादी २ र प्रतिवादीको अंशबण्डा भएको नदेखिएको र अंशबण्डा नहुँदै हाकुसिं मरीसकेकोले हाकुसिंको अंश छुट्याई दिन नपरी प्राप्त हुन आएको तायदाती अनुसार २ भागको १ भाग प्र.हाकुसिं मरी मुद्दा सकार गर्ने हर्कबहादुरलाई वादीलाई अंश छुट्याई दिने ठहर्छ भन्ने काठमाडौं जि.अ.को फैसला । ६. भिन्न भई बसेकी र अंश दिनु नपर्ने वादीलाई मेरा बाबुले आफ्ना नातिलाई बकस दिएको भाग समेत मिसाई २ भागको १ भाग अंश दिने ठहराई गरेको उक्त इन्साफमा चित्त बुझेन भन्ने हर्कबहादुरको पुनरावेदन । ७. वादीले आफ्नो लोग्ने, जेठाजु र ससुरा गरी ३ भागको १ भाग अंशमा दावी लिएको र हाकुसिंको बकसपत्रबाट सिद्धिलालको हक हुने ठहरिएको र बाँकी २ भागमा मोहियानीको जग्गा बाहेक अरू जग्गा ३ भागको १ भाग वादीले पाउने ठहर्छ भन्नेसमेत बागमती अञ्चल अदातलको फैसला । ८. अंशमा दावी लिएका बखत ३ अंशियारको ३ अंश भाग लाग्ने अवस्था भएको र पछि फैसला हुनु