निर्णय नं. ६६९५ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६९५ - लिखत बदर भाग: ४१ साल: २०५६ महिना: असार अंक: ३ फैसला मिति :२०५५/०४/१४ ३९९४ निर्णय नं. ६६९५ ने.का.प. २०५६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री दीलीपकुमार पौडेल सम्वत् २०५२ सालको दे.पु. नं. ३३४९ फैसला मितिः २०५५।४।१४।५ मुद्दाःलिखत वदर । पुनरावेदक/प्रतीवादीः जिल्ला कास्की ढिकुर पोखरी गा.वि.स. वडा नं. ९ वस्ने वर्ष २५ को तुलसी प्रसाद भण्डारी । विरुद्ध विपक्षी/वादीः ऐ.ऐ. वडा नं. ४ वस्ने वर्ष २१ को इन्द्र प्रसाद भण्डारी समेत जना ४ । § नावालक आफै र आफ्ना एकाघरमा अंशियार दाजुहरु समेत भै संयुक्त रुपमा अदातलमा उपस्थित भै फिराद पत्र दिएको देखिन्छ । यसरी नावालक टंक प्रसाद आफ्ना एकाघरका दाजुहरु समेत भै संयुक्त रुपमा स्वयं अदालतमा उपस्थित भै एउटै फिराद पत्रमा दावी दिई फिराद पत्र दर्ता गराएको अवस्थामा अ.वं. ८३ नं. आकर्षित हुन सक्ने नदेखिने । (प्र.नं. १४) § अंशवण्डाको १९ नं. मा गरेको कानूनी व्यवस्थाले घरको मुख्य वावुलाई मात्र सो अधिकार प्रदान गरेको देखिन्छ । उक्त ऐनले अंशियार दाजु भाइलाई पैतृक सम्पत्ति आफूखुश गर्न पाउने गरी अधिकार प्रदान गरेको पाइदैन । उक्त अंशवण्डाको १९ नं. घरको मूख्य वावु वाहेक अन्य अंशियार दाजुभाइएको हकमा आकर्षित हुन नसक्ने । (प्र.नं. १५) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री यज्ञमूर्ति वञ्जाडे प्रत्यर्थी तर्फबाटः X अवलम्बित नजीरः X फैसला न्या. दिलिप कुमार पौडेलः पुनरावेदन अदालत, पोखराको मिति २०५२।३।३२ को फैसला उपर न्याय प्रसाशन, २०४८ को दफा ९(१) (ग) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट एबं ठहर यस प्रकार छ । २. हाम्रा पिता पशुपति भण्डारी २०४३ सालमा परलोक हुनु भएको र उहाँकी पत्नी तथा हाम्री महातारी वेद कुमारीका जेठा विपक्ष दुर्गा दत्त, माहिला इन्द्र प्रसाद, साहिला हरिदत्त, ठूलो कान्छो प्रेम सागर, कान्छो टंक प्रसाद समेत ६ अंशियार छौं महातारी लाटी सोझि र जिर्ण रोगी समेत भएकोले घरको गैर व्यवहार विपक्ष दाजु दुर्गादत्तले गर्दै आउनु भएको थियो र छ हामी अंहियारा एकासगोलमा वसी आएको अवस्थामा विपक्षी जेठो दाजुले आफ्नी श्रीमती इन्द्रकलाका नाउँमा जग्गा जमिन लिने र वैंकमा रुपैया राख्ने घरको आयस्था लुकाउने गरेकोले छुट्टी वेगल बस्ने खलवल उठिरहेको थियो । त्यस्तैमा ढिकुर पोखरी गा.वि.स. वडा नं. ९ को कि.नं. ८०५ को दाजु दुर्गादत्तको नाउँमा दा.खा. दर्ता भएको रोपनी १२-३-३-३ को उत्तर तर्फको रोपनी ३-० -३-२ को जग्गा विपक्षी दाजु दिने र तुलसी प्रसाद लिने गरी गरी कास्की मालपोत कार्यालयबाट मिति २०४९।१।२४ का हालको वकसपत्र पारीत गरेका रहेछन् । यो कुरा ०५० सालको वाली लगाउने कुरा हुँदा विपक्षी तुलसी प्रसादले यो जग्गा मैले लिएको छु भनेकोले मालपोत कार्यालयबाट नक्कल सारी हेर्दा एकीन भयो । हाम्रो पुर्ख्यौली सगोलको सम्पत्ति हामीहरुलाई केही पत्तै नदिई मन्जुरी समेत नलिई विपक्षीहरुले हालैको वक्स गरी दिएको उक्त जग्गा मध्ये ६ भागको ४ भाग दक्षिण पट्टिको रोपनी २-०-२-० को हदसम्मको लिखत वदर गरी हामीले राखेको कोर्ट फि समेत दिलाई पाउँ भन्ने समेत इन्द्र प्रसाद भण्डारी समेत जना ४ को संयुक्त फिराद पत्र । ३. विपक्षीको फिराद दावी कपोलकल्पीत एबं झुठा हो । कि.नं. ८०५ को रोपनी १२–३–३–३ मध्ये कित्ता फोड गरी कि.नं. १८४८ को रोपनी ३–०–३–२ को म तुलसी प्रसाद लिने र वाँकी कि.नं. १८४९ को रोपनी ९–३–०–१ को जग्गा दुर्गादत्तको नाममा