निर्णय नं. ८९३ - निषेधाज्ञा जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९३ - निषेधाज्ञा जारी गरिपाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2031/10/29 २९२७ निर्णय नं. ८९३ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३० सालको दे.फु.नं. १०० फैसला भएको मिति : २०३१।१०।२९।६ निवेदक : गुठी संस्थान कार्यालय विरुद्ध विपक्षी : का.जि.कालीमाटी भीम मुक्तेश्वर बस्ने नरेन्द्रविक्रम सिंह थापा क्षेत्री मुद्दा : निषेधाज्ञा जारी गरिपाउँ (१) भोगाधिकारमा आघात पुर्याउने आशंका भएको अवस्थामा आवश्यकता अनुसार स्थायी अस्थायी कुनै प्रकारको निषेधाज्ञा जारी गर्न मिल्ने । (प्रकरण नं. १६) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली आदेश का.मु.प्र.न्या. नयनबहादुर खत्री १. प्रस्तुत मुद्दा २०२९।११।२६।६ को फुल बेञ्चबाट छिनिए उपर दोहार्याई पाउँ भन्ने प्रतिवादी गुठी संस्थानको बिन्तिपत्र परेकोमा यो बिन्तिपत्र जाहेर हुँदा व्यहोरा साँचो भए सर्वोच्च अदालतका कम्तिमा ५ जना न्यायाधीश रहेको फुल बेञ्चबाट यो मुद्दा दोहर्याई हेरी कानूनबमोजिम गरी छिनिदिनु भन्ने ०३०।२।२१।१ मा विशेष जाहेरी विभाग मार्फत हुकूम प्रमांगी बक्स भई आएको र अघि छिन्ने झगडिया झिकाउने नाता पर्ने बाहेक अरू न्यायाधीशको संख्या नपुगेकोले ५ जना न्यायाधीशको बेञ्च गठन गर्न नमिलेको व्यहोरा जाहेर भइगएकोमा मुद्दाका पक्षसँग नातासम्बन्ध पर्ने न्यायाधीश बाहेक अरू अघि फैसला गर्ने र नगर्नेसमेत उपस्थित भएसम्मका सबै न्यायधीशहरू रहेको फुल बेञ्चबाट यो मुद्दा दोहर्याई हेरी कानूनबमोजिम गरि छिनी दिनु भन्ने ०३१।८।५।४ को हुकूम प्रमांगी बक्स भई आएकोबाट यो बेञ्च समक्ष पेश हुन आएको रहेछ । तथ्य यसप्रकार छ : नेपालको संविधानको भाग ३ को धारा १० को उपधारा २ ले कुनै कुराको आधारमा पनि भेदभाव हुने छैन भन्ने प्रष्ट उल्लेख भएको र ऐ.धारा ११ संशोधित दफा २ (ङ) ले सम्पत्ति आर्जन गर्ने भोग गर्ने बेचबिखन गरी वा अरू किसिमले उठाउन पाउने स्वतन्त्रता संविधानको मौलिक हकले दिएको पाइन्छ । मेरो पुर्खा प्राइमिनिष्टर माथवर सिंहले जमीन खरिद गरी भीममुक्तेश्वर, रणदिव्यश्वरी भगवती समेतको मूर्ति स्थापना गरी जमीन गुठी राखी जमीनको आयस्ताले पर्व नित्य पूजा चलाई सत्तल भत्के–बिग्रेमा बनाई शेषबाँकी खान पाउने गरी गुठी राखेकोमा पछि राजकाज मुद्दा परी सर्वस्व हरण गरी गुठीमा दर्ता हुन गई बिन्ति पार्दा ज्यूताभरलाईसम्म थामी पाएकोमा पुनः बिन्ति गर्दा पूर्णविक्रमका पुर्खाले राखेको देखिँदा अघि ज्यूताभरलाई भनी सनद भएता पनि गुठी चलाई शेष बाँकीबाट भत्के बिग्रेको बनाई रु.१ सलामी बुझाई खानु भनी सन्तान दरसन्तानलाई २००१ सालमा सनद २००१।४।८।१ मा तोक सदर भई फिर्ता पाइ बसाडलवा समेतको गुठी बिर्ता जमीनदारी भोगचलन गरिआएको गुठी संस्थानको कुनै किसिमको दायित्व नभएकोमा गुठी संस्थानको निर्णयानुसार भनी रैतीलाइ बढी रकम लगाउने ०२५।५।१५, २५।५।७।५ को पत्र लेखी पठाएको प्राप्त भएको छ । कानून विरुद्ध कसैको सम्पत्ति अपहरण गर्नेसमेत गुठी संस्थानलाई अधिकार छैन । आफूले अधिकार नपाएको गुठी संस्थानले उक्त उल्लेख गरिएको देव–देवताको पूजा चलाई सत्तल भत्केको बिग्रेको समेत मरमत गर