निर्णय नं. ८९४ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९४ - ज्यान भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/01/09 २३९७ निर्णय नं. ८९४ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् ०३१ सालको फौ.फु. नं. १६ फैसला भएको मिति : २०३२।१।९।३ निवेदक : श्री ५ को सरकार विरुद्ध विपक्षी : गोपीलाल कठायत समेत मुद्दा : ज्यान (१) धेरै व्यक्तिले एकसाथ कसैलाई कुटपिट गरेकोमा एक जनाले प्रहार गरेको चोटमात्र सांघातिक रुपको रहेछ र त्यसको कारणले ज्यान मरेको रहेछ भने ज्यान मार्नमा कुनै किसिमको सहायता नपुर्याउने कुटपिटका लागि अरूलाई ज्यानसम्बन्धीको १४ नं. अनुसार सजाय हुन नसक्ने । (प्रकरण नं. १४) श्री ५ को सरकार तर्फबाट : महान्यायाधीवक्ता रमानन्दप्रसाद सिंह फैसला न्या. विश्वनाथ उपाध्याय १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहोर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बक्स भई दाहोरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । तथ्य यसप्रकार छ : महेन्द्रनगर जान भनी गएको २६ साल कात्र्तिक १९ गते माडे बगरमा पुगेको ऐ.२० गते बिहान कृष्णबहादुर हामी बसेको ठाउँमा आई मैले जम्मा गरी राखेको दाउरा किन बाली नोक्सान गर्यौ भनी हाम्रो नूनको करवरेज उठाई लैजान लाग्दा हामीले तिम्रो नोक्सान गरेको छैन भन्दा बदनियत कुरा गर्ने यसलाई कुट्नु पर्छ भनी लाठा ढुङ्गा हंसिया समेत प्रहार गरी दाई मानबहादुरलाई कुटी हाम्रो रु.७०० को पाखीसमेत लिई भागी गएका दाई मानबहादुर ऐ.कात्र्तिक २१ गते सो चोटबाट मर्न गएकोले कानूनबमोजिम गरिपाउँ भन्ने रुपसिं तामाङको जाहेरी दर्खास्त । २. मेरो लोग्नेलाई कृष्णबहादुरले बञ्चराको पासाले छातीमा र पिठ्यूमा गरी दुई चोट हानेको अनि गोपीलालसमेत ३ जनाले कुटेको हुन भन्ने ठर्चोमाको बयान । ३. कृष्णबहादुरले बञ्चरोले मानबहादुरलाई कुटेको हो मैले घारीको लठ्ठीले मर्नेको पिंठ्यूमा एकचोट हानेको हुँ । पछिल्लो मेरो चोट भए पनि चोटले मरेको होइन भन्ने गोपीलाल कठायतको बयान । ४. पछिबाट चोट छोड्ने बक्ते र गोपीलालको चोटबाट मरेको भनी स्पष्ट छुट्याउन नसकी अभियुक्त कृष्णबहादुर, गोपीलाल बक्ते ३ जनाले चोट छोडी कुटपिट गरेकोबाट मानबहादुर ऐनका म्यादभित्र मर्न गएको देखिन आएबाट ती तीनैजनालाई ज्यान सम्बन्धीको ८।१३ नं. को अभियोगमा ऐ.१३ नं.३ दफा बमोजिम जन्म कैदको सजाय र गोपी भण्डारी समतेको ९ जना उपर ऐ.२२ नं.बमोजिम दबाहाको अभियोगमा कारवाही सजाय हुनुपर्ने भन्नेसमेत दावी लिएको प्रहरी प्रतिवेदन । ५. मानबहादुरको कुकुरले बहिनीलाई टोकेको त्यसै रिसले मानबहादुरलाई एकचोट हिर्काएको हुँ, मार्ने सल्लाह र इच्छा थिएन भन्ने प्रतिवादी गोपीलालको अदालतमा बयान । ६. दबाहामा उजूर दावी लिइएका प्रतिवादी दिलबहादुर बिर्खु अतित तनजुन, करविर, चक्रबहादुर काल्चो अफिलाल, गोपी भण्डारी समेतको अदालतमा इन्कार बयान । ७. कृष्णे कठायत बल्के कठायतका हकमा फरार रहेकोले अ.बं.१९० नं.बमोजिम मुलतबी राख्ने दिलबहादुर बिर्खु, तनजुन करविर, चक्रबहादुर कालचे, अफिलाल, गोपी भण्डारी ९ जनाले सफाई पाउने र पहिलो मानबहादुरलाई कृष्णेले त्यसपछि वक्तेले त्यसपछि गोपीलालले हानेको र गोपीलालको र मानबहादुरको ज्यान लिनुपर्ने सम्मको इवी, उजूर तथा सर्जमिनसमेतबाट नदेखिएकोले ज्यानसम्बन्धीको १४ नं.बमोजिम गोपीलाललाई १० वर्ष कैद गर्ने भन्ने समेत बझाङ्ग जिल्ला