निर्णय नं. ७९६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३०/१०/०१ २७१६ निर्णय नं. ७९६ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको रि.फु.नं. २७ आदेश भएको मिति : २०३०।१०।१।६ निवेदक : जि. कपिलवस्तु तप्पे गौरा तितिर्खि बस्ने रामसेवक कुर्मी, सालिकराम कुर्मी विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने चिकोर भन्ने छोटकु कोहार, भूमिसुधार अधिकारी कपिलबस्तुसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अ.वं.८५ नं.— (क) मुद्दा भन्ने शब्दले दुई पक्षका बीच मुख नमिलेको इन्साफ गरी ठहराउन पर्ने खास विवादको बिषयलाई संकेत गरेको मान्नुपर्ने । (ख) नगदी पोतमा जोतेको नठहरी फैसला भई हारिसकेको जग्गालाई मोहियानीमा जोतेको भनी जो.अ.नि. लिएको कायम राखेमा अ.बं. ८५ नं. को विपरीत हुन जाने । जहाँसम्म अ.बं.८५ नं. को प्रश्न छ त्यसमा अड्डामा मुद्दा परी फैसला भएपछि सो फैसलाउपर कानूनबमोजिमको अपील नभई उसै झगडियाको नामको फिरादपत्र लिई सुन्न नहुने व्यवस्था भएको पाइन्छ, त्यसमा उल्लेख भएको मुद्दा भन्ने शब्दले झगडाको बिषयको नाममात्रलाई संकेत गरेको हो कि भन्ने सम्झन प्रस्तुत विवादमा जस्तै पहिले एउटा ऐनअन्तर्गत मुद्दा परी हारिसकेकोमा पछि फेरि अर्कै ऐनअन्तर्गत उसै जग्गामा अर्कै किसिमले दावी लिई मुद्दा चलेकोबाट झगडाको बिषयको नाम फरक हुनु स्वाभाविक हुन्छ । त्यसरी झगडाको बिषयको नाममात्रलाई संकेत गरेको मानेमा वास्तविक तथ्य एउटै भएको कुरामा पनि झगडाको बिषयको नाम फरक पारी हार्ने पक्षले मुद्दा चलाई राख्न पाउने भई झगडाको अन्त कहिले पनि हुँदैन । त्यस्तो स्थिति पर्न जाने गरी विधायिकाले ऐनमा उक्त शब्दको उल्लेख गरेको भन्ने अर्थ गर्न मिल्दैन । उक्त मुद्दा भन्ने शब्दले दुई पक्षको बीच मुख नमिलेको इन्साफ गरी ठहराउनुपर्ने खास विवादको बिषयलाई नै संकेत गरेको मान्नुपर्छ । पहिले परेको उखडा र पछि परेको जो.अ.नि.बदर दुवै मुद्दामा दुई पक्षका बीच मुख नमिलेको इन्साफ गरी ठहराउनुपर्ने विवादको मूल बिषय विपक्षी छोटकुले अघिदेखि नगदी पोतमा जोती आएको हो होइन भन्ने एउटै भएको माथि पनि व्यक्त गरिसकिएको छ । (प्रकरण नं. १२) उखडा सम्बन्धी ऐन, २०२१ लागू हुनुभन्दा अगाडिदेखि जग्गाधनीलाई नगदी पोत तिर्ने गरी किसानले जोतिआएको जग्गा उखडा कायम भई उक्त ऐनको दफा ३ अनुसार जग्गाधनीको हक समाप्त हुने र किसानको नाममा नम्बरी दर्ता हुने हो त्यस्तो जग्गा भूमिसम्बन्धी ऐनअन्तर्गत किसानको मोहियानी हक मात्र कायम हुने होइन, त्यसकारण पहिले परेको उखडा मुद्दामा विपक्षी छोटकुको जिकिरअनुसार निजले नगदी पोतमा जोतेको नै नठहरी फैसला भई हारिसकेको त्यसै जग्गालाई अघिदेखि नगदी पोतमा जोतिआएको भन्ने उही कुराकै आधारमा भूमिसम्बन्धी ऐनअन्तर्गत मोहियानीको जो.अ.नि.लिएको कायम हुनसक्ने देखिँदैन । त्यसरी एकपटक मुद्दा परी हारी सकेको जग्गालाई मोहियानीमा जोतेको भनी जो.अ.नी.लिएको कायम राखेमा अ.बं.८५ नं. समेतको विपरीत हुन जाने प्रष्ट छ । (प्रकरण नं. १३) निवेदक तर्फबाट : अधिवक्ता नारायणप्रसाद श्रेष्ठ विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता कुञ्जविहारीप्रसाद सिंह, अतिरिक्त सरकारी अधिवक्ता भैरवप्रसाद लम्साल उल्लिखित मुद्दा :  आदेश प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्