निर्णय नं. ६६९७ - उत्प्रेषणयुक्त परमादेशको आदेश लगायत जो चाहिने उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६९७ - उत्प्रेषणयुक्त परमादेशको आदेश लगायत जो चाहिने उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ भाग: ४१ साल: २०५६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५५/०८/१० २८५० निर्णय नं. ६६९७ ने.का.प २०५६ अङ्क ४ विषेश इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा संवत् २०५४ सालको रिट नं... २६६८ आदेश मितिः २०५५।८।१०।५ विषयः उत्प्रेषणयुक्त परमादेशको आदेश लगायत जो चाहिने उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ । निवेदकः दोलखा जिल्ला चरीकोट बोचं गा.वि.स. वाड नं. ४ बस्ने चन्द्र वहादुर कार्की विरुद्ध विपक्षीः श्री ५ को सरकार, मन्त्रीपरिषद सचिवालय समेत ७ § नेपाल अधिराज्यको संविधान, २०४७ जारी हुनु पूर्व नै कायम रही रहेको भन्सार गस्ती सम्बन्धी नयाँ व्यवस्थालाई निवेदकले आफू उक्त सेवामा नियुक्त हुँदाको अवस्थामा स्वीकार समेत गरीसकेको र निजले आफूलाई सेवाबाट अवकाश दिनुभन्दा अघि सम्म स्वीकार गरिरहेकोमा अवकाश दिए पछि मात्र २०३४ साल देखि निरन्तर लागू भैरहेको उक्त व्यवस्थालाई असंवैधानिक भयो भनी दावी लिन नमिल्ने । (प्र.नं. १२) § उमरेको कारणले दिइने अनिवार्य अवकाशको हकमा सुनुवाईको मौका दिनु पर्ने जस्ता कार्यविधि अवलम्वन गर्नुपर्ने हुँदैन त्यस सम्बन्धमा कानूनले नै स्पष्ट व्यवस्था गरि दिने हुँदा सो हद पूरा भएपछि स्वतः अवकाशको स्थिति हुन्छ । निजामती सेवा ऐन नियमले पनि अनिवार्य अवकाश दिँदा त्यसरी अवकाश हुने कर्मचारीलाई सफाईको मौका दिनु पर्ने गरी व्यवस्था भएके देखिदैन । निजामती सेवा ऐन, २०४९ को दफा १० को स्पष्टीकरण खण्ड (१) मा भुतपुर्व सैनिक वा प्रहरी नियुक्ति हुने भनी तोकिएको निजामती सेवाको पदमा नियुक्ति गर्दा चालिस वर्ष ननाघेका व्यक्तिलाई नियुक्ति गर्न सकिनेछ भन्ने व्यवस्था गरिएको छ भने ऐनको उद्देश्य कार्यन्वयन गर्नको लागि श्री ५ को सरकारले सवै निजामती सेवाहरुका सामान्यरुपले लागु हुने वा वेग्लावेग्लै सेवा समूहको लागि पृथक रुपले लागु हुने नियमहरु वनाउन सक्नेछ भनी ऐनको दफा ७५ ले श्री ५ को सरकारलाई अधिकार प्रत्यायोजन गरेको पाइन्छ । यसरी निजामती सेवा समूह भित्रै पनि ती सेवा समूहको कार्य प्रकृतिलाई दृष्टिगत गरी श्री ५ को सरकारले पृथकरुपले लागु हुने नियमहरु बनाउन सक्ने हुँदा यसरी बनाईएको नियमलाई अन्यथा भन्न मिल्दैन । भन्सारगस्तीमा कृयाशिल हुने कर्मचारीहरुको कार्य प्रकृति नै विशेष प्रकारको भएको र उनीहरुमा शारीरिक तन्दुरुस्ती हुनु जरुरी देखिन्छ । हातहतियार चलाउन जान्ने किसिमको विशेष दक्षताका अतिरिक्त शारीरिकरुपमा समेत तन्दुरुस्त हुन पर्ने उनीहरुको कार्य प्रकृतिले गर्दा उनीहरुको हकमा उमेरको विशेष हद तोकिएको व्यवस्थालाई असमान व्यवहार भयो भनी भन्न नमिल्ने । (प्र.नं १४) निवेदक तर्फबाटः विद्धान अधिवक्ता श्री नविन किशोर राई विपक्षी तर्फबाटः विद्धान सरकारी अधिवक्ता श्री कुमार चुडाल अवलम्वित नजीरः X फैसला न्या. केशवप्रसाद उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा धारा ८८(१) (२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा एबं ठहर यसप्रकार छः २. म निवेदक २०२६।५।१८ मा सैनिक सेवामा प्रवेश गरी मिति २०४४।९।१० मा राजिनामा स्वीकृत गरी अर्थ मन्त्रालय, राजश्व अनुसन्धान विभाग, (महाशाखा) अन्तर्गतको गस्ती परिचर पदमा मिति २०४४।१०।१५ मा अस्थायी र २०४५।१।३१ देखि १ वर्षको परीक्षण कालमा रहने गरी