निर्णय नं. ४८१९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८१९ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: फागुन अंक: ११ फैसला मिति :२०५०/०६/०५ २३४७ निर्णय नं. ४८१९ ने.का.प. २०५० (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आयार्च २०४८ सालको रिट नं. १५०२ आदेश मिति: २०५०।६।५।३ विषय: उत्प्रेषण । निवेदक : सिराहा जि. गाढी गा.वि.स. वडा नं. ८ बस्ने रामकृष्ण यादव । विरुद्ध विपक्षी : मालपोत कार्यालय, सिराहा समेत । (१) कानूनी उपचारका बाटाहरु हुँदाहुँदै असाधारण अधिकार क्षेत्र गुहार्न आउने निवेदकको माग बमोजिम आदेश जारी गरी प्रचलित कानूनी व्यवस्था प्रभावहीन बनाई रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्र.नं. ८) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री मिथिलेश कुमार सिंह विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अलि अकवर मिकरानी । : विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे । आदेश न्या. ओमभक्त श्रेष्ठ १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ । २. बाबु दशै रोहिता यादवको दुई छोरा मध्ये जेठा दाजु ठाकुर प्रसाद यादव र कान्छा म रामकृष्ण यादव भई हामी तीनैजना सगोलमा बसी आएकोमा बाबु र मैले ठाकुर प्रसाद यादव उपर अंश मुद्दा अदालतमा दिएको र अदालतबाट अंश पाउने ठहरी फैसला भै सके पश्चात बाबुले म उपर अंश मुद्दा दिई अंश पाउने ठहरी अदालतबाट फैसला समेत भयो । यस पछि अंश छुट्याई पाउँ भनी बाबुले अदालतमा निवेदन दिएकोमा अंश छुट्याई दिएको मुचुल्का समेत भयो । जि. सिराहा गा.पं. गाढा वाडर्न नं. ८ क. कि.नं. ६६० को ज.वि. ०–७–५ मध्ये दक्षिण तर्फबाट ०–३–१२.५ र ऐ. ऐ. कि.नं. ६९३ को ज.वि. ०–१७–२ मध्ये पूर्व तर्फबाट ०–८–११ को जग्गा वादी दशै रोहिता यादवको नाउँमा जग्गा दर्ता गरी दिनु भनी मालपोत कार्यालय सिराहाको नाउँमा पत्र लेखी पठाई दिनु भनी अदालतबाट ०४२।५।१० मा पर्चा खडा भयो र सो पर्चा बमोजिम अदालतबाट २०४२।६।११ मा पत्र गएकोमा जग्गा दर्ता दाखिल गरी पाउँ भनी बाबुले कार्यालयमा दर्ता नं. ११८५ को निवेदन ०४२।६।३० मा दिनुभयो । कि.नं. ६६० को जग्गा रोक्का रहेकोले फुकुवा गराई ल्याएको वखत हुने गरी ०४४।३।३२ मा कार्यालयबाट आदेश भयो । बाबुले म बाट रु. ४०००० लिनु भई सो रुपैयामा उक्त कि.नं. ६९३ र कि.नं. ६६० दुईको जम्मा ज.वि. ०–१२–३.५ मलाई २०४२।११।२१ मा घरसारमा राजिनामा गरि दिनुभयो । बाबुको नाउँमा जग्गा दर्ता दाखिल नभएकोले मेरो नाउँमा रितपूर्वकको राजिनामा रजिष्ट्रेशन पारित हुन सकेन कि.नं. ६९३ को जग्गा रोक्का नभएकोले बाबुको इच्छा बमोजिम मैले रिता देवी यादवलाई उक्त कि.नं. को सो जग्गा राजिनामा पारित गरी दिए । सो जग्गा कि.का. हुँदा हाल कि.नं. ६९३ को ७८० र कि.नं. ६६० को कि.नं. ७८१ भई छुट्टाछुट्टै ज.ध.प्र.पु. समेत पाएकोमा मालपोत कार्यालयको आदेश अनुसार मिति ०४४।३।३२ मा तामेल रहेको मिसिल झिकाई दाखिल खारेजको कारवाही गरी पाउँ भनी बाबुले २०४७।९।३ मा निवेदन दिनु भएकोमा अदालतको २०४२।६।११ को पत्र अनुसार उक्त कि.नं. ६९३ को कित्ताफोर भई कायम भएको हाल कि.नं. ७८१ को ज.वि. ०–८–११ दशै रोहिता यादवको नाउँको दा.खा. गरी फैसला पुर्जी कार्यान्वयन गरी दिन मनासिव देखिंदा सदरको लागि पेश गरेको छु भनी टिप्पणी पेश हुँदा प्रमुख मालपोत अधिकृत ज्यूबाट ०४७।९।६ मा सदर भएकोमा बाबुले दाजुलाई उक्त कि.नं. ७८१ को ज.वि. ०–८–११, २०४७।९।६ मा नै दाजुलाई हालै देखिएको वक्सपत्र लेखिदिनु भयो र सो व