निर्णय नं. ४८२० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८२० - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: फागुन अंक: ११ फैसला मिति :२०५०/०५/०७ २९१३ निर्णय नं. ४८२० ने.का.प. २०५० (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत २०४८ सालको रिट नं. २२७९ आदेश मिति : २०५०।५।७।२ निवेदक : जि. सुनसरी, इनरुवा न.पा. वडा नं. २ बस्ने ओम प्रकाश अटल । विरुद्ध विपक्षी : पुनरावेदन अदालत, विराटनगर समेत । विषय : उत्प्रेषण । (१) लिलामको सिलसिलामा लिलाममा चढेको जग्गाको पञ्चकृति मोलभन्दा घटी मोल भएमा पुनः अर्को पटक लिलाम बढाबढ गर्नु पर्नेमा लिलाम बढाबढ नगरी प्रथम पटकमा निवेदकले देखाएको जेथा मध्ये पश्चिम कुशाहा गा.वि.स. वडा नं. २ को १–८–११ जग्गा लिलाम गर्दा पञ्चकृति मोलमा कसैले नसकारी निवेदक समेतले सो मोलमा लिन मंजुर गरेको देखिदैंन । त्यसपछि इनरुवा न.पं. अन्तर्गतको ०–४–०–५ जग्गा लिलाम गर्दा पनि पञ्चकृति मोलमा निवेदक समेत कसैले पनि डाँक सकार नगरेको र निवेदकले प्रष्ट रुपमा निर्धारित मोलमा सकार गर्न असमर्थता देखाएको छँदै कानूनको व्यवस्था प्रतिकूल निवेदक वादीकै नाउँमा डाँक सकार गरिदिने गरी भएको आदेश कानून संगत तथा न्यायोचित भएको भन्न नमिल्ने । (प्र.नं. ११) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री सतिसकृष्ण खरेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता सुश्री शारदा बज्राचार्य आदेश न्या. मोहन प्रसाद शर्मा १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. विपक्षी विसुनदेव मण्डलसँगको लेनदेन मुद्दामा भएको फैसला बमोजिम भरी भराउ हुनुपर्ने विगो कोर्टफि लगायतको रु. ६५,१४८।५९ पैसा भरी पाउँ भनी विपक्षी जिल्ला अदालतमा विपक्षी नाम दर्ताको जग्गाहरु देखाई दरखास्त दिएको थिए । जि. सुनसरी जिल्ला पश्चिमको कुशाहाको जग्गा र इनरुवा न.पं. अन्तर्गतको जग्गाको पटक पटक मुल्याकंन भएको हो । प्रथम पटक धेरै मुल्यांकन भै पश्चिम कुशाहा गा.वि.स. वार्ड नं. २ को प्रति विगाहा रु. ६०,००० र इनरुवा न.पा. को जग्गा प्रति कठ्ठा रु. २०,००० मुल्यांकन कायम भएकोमा प्रचलन भन्दा धेरै बेसी भएकोले उजुर गर्दा बदर भै पुनः मुल्यांकन समिति गठन गरी सो समितिले कुशाहाको जग्गा प्रति विगाहा रु. १५,००० इनरुवा न.पा. को प्रति कठ्ठा रु. ५,००० कायम गरियो । सो उपर विपक्षीको उजुर गर्दा बदर भै पुनः कुशाहाको जग्गा प्रति विगाहा रु. ४५,००० इनरुवाको प्रति कठ्ठा रु. १५,००० कायम गर्यो । मिति २०४७।६।२३ मा कुशाहाको जग्गाको डाँक गराउँदा कसैले पनि डाँक सकार गर्न आएन । अदालतबाट निवेदकलाई सोधनी हुँदा प्रति विगाहा रु. १५,००० का दरले मात्र सकार गर्ने व्यहोरा लेखाएका थिए । सो लिलाम रद्द गरी पुनः २०४७।९।२५ का दिन इनरुवा न.पं. अन्तर्गतको जग्गा लिलामीमा चढाउँदा कसैले सकार नगरेपछि अदालतबाट निवेदकलाई सोधिंदा प्रति कठ्ठा रु. ८००० का दरले सकार गर्नेछु १५,००० ले सकार गर्ने मन्जुर छैन भनी कागज लेखाएको थियो । विपक्षी ना.सु. केशव प्रसाद पराजुलीले निम्न निर्णय गरी म निवेदकलाई जग्गा सकार गर्न बाध्य हुन पर्ने गर्नुभयो । जग्गाको मोल प्रतिकठ्ठा रु. १५,००० भन्दा घटी मोलमा मात्र सकार गर्न मन्जुर छ भनी वादीले भनेको कुरालाई समर्थन गरी तहसिलदारले नियम भन्दा बाहिर गै निर्णय गर्न मिलेन । एउटै मुद्दालाई बारम्बार लिलामै गरी रहन पनि न्यायोचित भएन । वादीले पटक पटक भएका मुख्य निर्धारणलाई समयमा उजुर गरी बदर गराउन न