निर्णय नं. ८९६ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९६ - ज्यान भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/02/23 ४३२५ निर्णय नं. ८९६ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२१ सालको फौ.फु. नं. १९ फैसला भएको मिति : २०३२।२।२३।६ पुनरावेदक : खोटाङ कारागारमा थुनामा बस्ने अबिकराम राई विरुद्ध विपक्षी : अविकराम राईको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) अ.बं.को १८६ नं.र न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १४ को उपदफा (१) बमोजिम सर्वोच्च अदालतले साधक जाँची निकासा दिन उक्त ऐनको अवस्था भित्र पर्ने वादीको माग दावी नभएको सर्वोच्च अदालतले साधक जाँची निकासा दिन आवश्यक नपरेको । (प्रकरण नं. २८) फैसला न्या.वासुदेव शर्मा १. प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट ०३१।६।१०।५ मा निर्णय हुँदा यो बेञ्चको माननीय न्यायाधीशहरूको मतैक्य हुन नसकी राय बाझीएकोबाट निर्णयार्थ स.अ.नियमावली ०२१ को नियम ३३ बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : बेगल बसेको मेरो माइलो दाजु धनबहादुर ०२९।४।२ गते राबा खारतुम्छा गाउँ डुल्न गई राती १० बजे आई मेरो घरमाथि तलामा सुतेको अं.१२ बजेको समयमा मेरो घरको लिस्नुबाट लडी बेहोस भएपछि निजले मेरै घरको ओछ््यानमा लगिदेउ भनेकाले लगि सुताएको ०२९।४।४ गते बेलुका ५ बजे मरेकोले कहिले मरेको हो ? पञ्च बसी कचहरी गरी देउ भनी मर्नेकि श्रीमतीले भनेकिले मर्नेको कान्छो भाइ म जाहेर गर्न आएको छु भन्ने समेत अबिकरामको जाहेरी । ३. ०२९।४।२ गते बेलुका दाजुले रु.८०। चोरीस भनेकोले कुटाकुट भई मेरो बक्सीङ कुठाउँमा पर्न गएर वा के किसिम भई मरेका हुन जानि जानि मार्ने विचार लिई कुटेको होइन भन्नेसमेत अबिकरामको प्रहरीमा कागज । ४. जाहेरवाला र मर्नेको रुपियाँको निहुबाट कुटाकुट भएको हो, मसमेतको सल्लाहबाट लिस्नाबाट लडी परेको पिरबाट मरेको भन्ने झुट्टा जाहेर गर्न पठाएको हो भन्नेसमेत दानबहादुरको कागज । ५. लिस्नाबाट लडी परेको पिरले मरेको हो भनी जाहेर गर्न पठाएको होइन भन्नेसमेत नरबहादुरको कागज । ६. मैले लिस्नाबाट लडेको पिरले मरेको भनी जाहेर गर्नु भनेको छैन भन्नेसमेत राजबहादुरको कागज । ७. अबिकरामले नै कुटेको चोटपीरबाट धनबहादुर मरेको शंका लाग्छ भन्ने विषबहादुरको कागज । ८. श्रावण २ गते बेलुका मूलघरमा मेरा श्रीमान र देवर कुटाकुट गरी लात्ति, मुड्की, बक्सिङ हानाहान गर्दै रहेछन् म आफै समेत गई छुट्याई घरमा ल्यायौं । पर्सिपल्ट मरे लिस्नाबाट लडी पिरले मरेको होइन अबिकराम कै कुटाई चोटबाट मरेको भन्नेसमेत मन्सिरी राईनीको कागज । ९. दाजुले कुटेको हुँदा सहन नसकी अबिकरामले पनि दाजुलाई कुटेकोले कुठाउँमा परि वा के भयो ? त्यसै पिरले मरेको हुनुपर्छ भन्नेसमेत मर्ने कि आमा चतुरमायाँको कागज । १०. अबिकरामको आफ्नो ज्यानमा ज्यादै धक्का पुगेकोले भाग्न नपाएबाट हात छाड्न परी कुटेका हुन् आखिर त्यसै पिरबाट मरेछन् भन्नेसमेत सुरथमान राईको कागज । ११. अबिकराम उपर ज्यान सम्बन्धीको १४ नं.बमोजिम नरबहादुर, दानबहादुर, विपबहादुर, राजबहादुरसमेत उपर ऐ.२५ नं. को सजाय हुन कारवाई गरिपाउँ भन्नेसमेत प्रहरी प्रतिवेदन । १२. दाजुलाई मैले र मेरो सहमतीसमेत भई कुटी मारेको होइन लिस्नाबाट लडे सो लडेका पिरले मरेका हुन भन्नेसमेत अबिकरामको बयान । १३. झगडा भई कुटामार भएको हुँँदा अबिकरामकै कुटाईबाट मरेको हो जस्तो शंका लाग्छ भन्नेसमेत नरबहादुरको बयान । १४. अबिकर