निर्णय नं. ८९७ - जग्गा नामसारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९७ - जग्गा नामसारी गरिपाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2031/10/28 २४६५ निर्णय नं. ८९७ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०२९ सालको दे.फु.नं. १४८ फैसला भएको मिति : २०३१।१०।२८।६ निवेदक : बैतडी जिल्ला श्रीकोट भवनकोट बस्ने नन्दराम जोशी समेत विरुद्ध विपक्षी : ऐ. श्रीकोट बस्ने मु.महानन्द जोशी समेत मुद्दा : जग्गा नामसारी गरिपाउँ (१) प्रमाण अनुसारको दावी नमिलेको तत्काल जग्गा मिच्नेको २१ नं. ले उजूर लाग्ने हदको व्यहोरा देखाउन नसकेको भनी फिराद नै खारेज गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १५) निवेदक तर्फबाट : अधिवक्ता गंगाप्रसाद उप्रेती विपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहोर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएका हुकूम प्रमांगी बमोजिम मुद्दा दोहोरिएबाट यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : डोटी जिल्लामा एक मोहीको नाम दर्ता जग्गा राखी सबै अंशियारले भोगी आउने चलन अनुसार परमानन्दका नाउँमा दर्ता राखी भोग गरिआएको ९५ सालको नापिमा मानदेवका सन्तान नाती हामीहरू समेतको अंशको जग्गा परमानन्दको नाती अंश अन्यायवाला ४ भाइका नाउँमा दर्ता भइराखेको जग्गा खोस–मोस गर्ने छैन भन्ने समेत व्यहोराको निज ४ भाइले ९६।१०।२ मा कागज गरी दिएकोले निजहरूको नामबाट भोगी आएको हाम्रा नाउँमा दर्ता नामसारी नगरी दिँदा श्री ३ को सवारीमा निवेदन दिँदा तोक लागि बैतडी गौंडामा आएको गौंडाबाट अदालतमा जाँदा जग्गातर्फको एकै मुद्दाबाट कारवाही नहुने भन्ने फैसला भई तह चढ्दै जाँदा फिराद गर्न पाउने भए छुट्टै फिराद गरेपनि हुने भन्नेसमेत स.अ.बाट फैसला भएको सो मुद्दामा हाम्रो हक नदेखाई बयान गरेको साक्षी प्रमाण बुझी निज माहानन्द समेतको नाममा दर्ता भएको कि.नं.६ पोत रु.।१।८० मध्ये रु.।४५ को मुद्दा खेतसमेत लेखिए बमोजिम खेत पाखा जग्गा न्याय मु.महानन्दसमेत ४ भाइको नाम कट्टा गरी हामी नन्दराम, इश्वरीदत्त, पुने, गौरीशंकरको बाबुहरीलाई थामी नामसारी गरिपाउँ भन्नेसमेत फिरादपत्र । ३. हकै नपुग्ने जग्गामा मानदेवपट्टिका सन्तानले हाम्रो अंशबण्डाको जग्गा नामसारी गरिपाउँ भन्ने झुट्टा उजूर गरेको हो भन्ने समेत मु.महानन्द जोशी १, जयानन्द जोशी १, पूर्णानन्द जोशी १, समेतको प्रतिवादी । ४. ९५ सालको सर्पट जाँचमा कृष्णानन्दको नाममा दर्ता भएको एकै बाबुको सन्तान भएकोले दाजु महानन्दले उजूर गरे हुने बाबु बाजेले हारीसकेको जग्गामा छोरा नातिको हक नपुग्ने एकपटक हारिसकेकोमा उजूर दायरै नहुने हक लाग्छ भनी झुट्टा फिराद गरेमा ९५ सालको सर्पट जाँचमा गोपाल विष्णुभक्त नन्दीकेशर कृष्णनन्दको साझा दर्ताको जग्गा मलाई नै थामी पाउँभन्ने समेत कृष्णनन्दको प्रतिवादी । ५. परमानन्द, महानन्दले गरी दिएको बन्धकी परमानन्दलाई गरी दिएको दोहरीसमेत जालसाजी हुन भन्नेसमेत वादी वा समेत नन्दरामको बयान र जालसाजी होइन सद्दे साँचो हो भन्ने प्र.कृष्णानन्दको र प्र.महानन्दको बयान र सुन्ने धर्नोस साक्षी बसी भएको सद्दे साँचो हो भन्ने सुने, धन सिं समेतको वा पूर्णानन्दको बयान रहेछ । ६. म समेतले गरिदिएको भनेको ९६।१।२ को कागज जालसाजी गर्ने कीर्ते हुन भन्ने कृष्णनन्द, सद्दे हो भन्नेसम