निर्णय नं. ७९७ - नामसारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९७ - नामसारी गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३०/११/१८ २१११ निर्णय नं. ७९७ ने.का.प. २०३१ फुल बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी सम्वत् २०२९ सालको दे.फु.नं. १२७ फैसला भएको मिति : २०३०।११।१८।६ निवेदक : जि. पर्सा वीरगञ्ज नगरपञ्चायत वडा नं. ८ बस्ने हरिप्रसाद श्रेष्ठ विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने रत्नकेसरी श्रेष्ठ मुद्दा : नामसारी गरिपाउँ (१) नामसारी गरिपाउँ भनी दावी लिएको झगडा परेको जग्गाको मोल विगोबाट नै हद माथिको वा मुनिको हुने । यसमा निर्णयतर्फ विचार गर्दा नामसारी गरिपाउँ भन्ने दावी भई रू.१०। कोर्टफी रहेको विगो नखुलेको मुद्दा हुँदा हदमुनि भई अञ्चल अदालत उपर पुनरावेदन नलाग्ने भनी पुनरावेदन खारेज गर्ने ठहराई डिभिजन बेञ्चबाट निर्णय भएको देखिएको प्रस्तुत मुद्दा हदमुनिको वा हदमाथिको के हो त्यस कुरामा नै निर्णय दिनुपर्ने देखियो । त्यस सम्बन्धमा विचार गर्दा वादीले फिराद गर्दा जग्गा बिगाहा ९–३द्र४ जग्गा नामसारी गरिपाउँ भनी दावी लिई रू.१०। कोर्टफी राखी मुद्दा दायर गरेको देखिन्छ । नामसारी गरिपाउँ भन्ने दावी लिई फिराद गरेकोमा नेपाल कोर्टफी ऐनले मोल विगोबाट कोर्टफी लाग्ने नभई रू.१०। कोर्टफी लाग्ने नभई रु.१०। कोर्टफी लाग्ने किटानी व्यवस्था भएकोले वादीले मोल विगो उल्लेख गर्नुपर्ने व्यवस्था नभएको न्यायप्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा ८ को उपदफा २ को खण्ड (क) मा झगडा परेको वा दावा गरेको बिषयको मोल विगो पाँच हजारभन्दा बढी भएको मुद्दामा अञ्चल न्यायाधीशको निर्णयउपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने भन्ने र खण्ड (ग) को १ मा खण्ड (क) बमोजिम हदमुनि हुने मुद्दा मामिलामध्ये मोल बिगो ३००० रुपैयाँ भएको मुद्दामामिलामा जिल्ला न्यायाधीशको निर्णयमा अञ्चल न्यायाधीशको राय नमिले पनि मिले पनि अपील लाग्ने छैन र सो बाहेक अरूमा राय मिलेमात्र अपील लाग्ने छैन भन्ने उल्लेख भएकोबाट वादीले नामसारी गरिपाउँ भनी दावी लिएको झगडा परेको जग्गा विगाहा ९।३ऽ४ को मोल विगोबाट नै हदमाथिको वा मुनिको हुने उक्त ऐनमा व्यवस्था भएको देखिएको देखिन्छ । (प्रकरण नं. ११) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे उल्लिखित मुद्दा : फैसला न्या. ब्रम्हदत्त तिवारी १. प्रस्तुत मुद्दा दोहराइपाउँ भन्ने वादी हरिप्रसादको निवेदन परी भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भएको हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरी यसबेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : मौजे बलरुजवाको फाँट जिमिदारी जि.गणेशबहादुर श्रेष्ठको र ग.फाँटवाला गोविन्दको भई बालगोविन्दको भाइको नम्बरी बालगोविन्दले मीत बहिनी गणेशकुमारी भानिज दुर्गाप्रसाद देवीप्रसादलाई र जि.गणेशबहादुरले बहिनी गणेशकुमारी भानिज दुर्गालाई ७४ सालमा जिमिदारी बकस लेखिदिनु भएबाट भागशान्ति २ र १ भाग गरी भोग गरिआएका थियौं । गणेशबहादुर बालगोविन्द हिरामानहरू परलोक हुनुभएपछि १६ आना जिमिदारी देवबहादुरको नाउँमा दर्ता गराएको नम्बरी जग्गाजति देवीप्रसादका नाममा नामसारी गरी भागशान्ति भोग गरिआएकोमा काका देवीप्रसाद परलोक भएपछि काकी रत्नकेसरीका नाममा नामसारी भएको थियो ३ सालमा अंशबण्डा हुँदा दर्तासम्म उहाँहरूको नाममा रहेको भनेजती पास