निर्णय नं. ८९८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/01/19 २४०१ निर्णय नं. ८९८ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०२९ सालको रि.फु.नं. ३३ आदेश भएको मिति : २०३२।१।१९।६ निवेदक : ल.पु. नगरपञ्चायत वार्ड नं.४ जावलाखेल बस्ने भैरवबहादुर भण्डारी विरुद्ध विपक्षी : श्री भूमि प्रशासक, भूमि प्रशासन कार्यालय ललितपुर समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अन्तिमरुपमा रहेको अदालतको फैसलाबाट मोहियानी हक कायम भई निवेदकको हक नदेखिए निवेदन जिकिर अनुसार हक प्रचलन गराई दिनेतर्फ विचार गर्नुपर्ने । (प्रकरण नं. १०) आदेश प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार मुद्दा दोहर्याई दिनु भनि श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकूम प्रमांगी बमोजिम मुद्दा दोहरी यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : रामबहादुर खत्रीसँग लिई कमाई आएको नापी हुँदा मेरो मोही कायम भएको मैले जोताहा निस्सासमेत पाएको जग्गाको अस्थायी निस्सा दशरथ खड्काले पाएकोले निजको जोताहा निस्सा बदर गरी मेरो मोही हक सुरक्षित गरिपाउँ भन्ने निवेदक भैरवबहादुर, लुटपिट मुद्दामा लुटपिट ठहराई मोहियानी मेरै ठहर्याई ल.पु.जि.अ.बाट फैसला भएको हुँदा मेरो मोही कायम गरी जो.अ.निस्सा पाएको हुँ भन्नेसमेत दशरथ खड्का भएको मोहीमा झगडा जनिएको जग्गा ल.पु.जि.अ.को फैसला बमोजिम विपक्षी दशरथको मोही हक पाएको देखिएबाट दशरथको अस्थायी निस्सा कायम गरी निवेदक भैरवबहादुरले पाएको जो.अ.नि.बदर हुने ठहर्छ भन्नेसमेत विपक्षी भूमि प्रशासन कार्यालय ललितपुरबाट ०२६।९।२९ मा निर्णय भएको रहेछ। ३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक भैरवबहादुरले दिएको आफ्नो रिट निवेदनपत्रमा पद्म कुमारीको जग्गा मैले अघि देखि कमाई आएको निजबाट रामबहादुरले आफ्नो श्रीमतीको नाममा भोगबन्धकी लिएको नापी हुँदा जग्गावाला रामबहादुर जोताहामा मेरो नाउँ लेखी मैले जोताहा अस्थायी निस्सा पाएको लगत प्रकाशन हुँदासमेत कसैको उजूर नपरी मेरा जोताहा अकाट्य भएको दशरथले रामबहादुरसँग बाली लुटपिट मुद्दा गरी बाली लुटेको ठहराई ल.पु.जि.अ.बाट फैसला भएछ, त्यस उपर पुनरावेदन सर्वोच्चमा दर्ता भएको छ, यता लुटपिट मुद्दाबाट मेरो हक भएको भनी दशरथले जोताहा निस्सा लिएको थाहा पाई मैले निवेदन दिई कारवाई भएकोमा मसँग झगडा नै नपरेकोमा पनि मैले जोताहा निस्सा पाई अकाट्य भएको प्रमाण छँदाछँदै दशरथको जोताहा निस्सा कायम गरी मेरो बदर ठहर्छ भनी गरिएको निर्णयबाट भूमिसम्बन्धी नियमहरू, ०२१ को नियम ६,७ र ऐनको दफा २५(४) को कानूनी त्रुटि गर्दै गरिएको फैसलाबाट मेरो संवैधानिक तथा कानूनी हकको हनन हुन गयो बदर हुनुपर्छ जुन मुद्दाको आधार लिएको छ त्यो मुद्दा पनि अन्तिम भएको छैन, मेरो जोताहा निस्सालाई म्यादभित्र उजूर गरी दशरथ रामबहादुरले बदर गराउन सक्नु भएको छैन, यस्तो देख्दा देख्दै पनि दशरथ खड्काको जोताहा कायम गर्ने गरेको विपक्षी भूमिप्रशासकको फैसला उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्नेसमेत मुख्य निवेदन जिकिर लिएको रहेछ । ४. गज सिंसँग मैया हर्षराज लक्ष्मीले राजीनामा लिएको निजसँग मेरो श्रीमतीले भोगबन्धकी लिई आएको भैरवबहादुरलाई कमाउन दिई भैरवबहादुरको नाउँमा जोताहा दर्ता भएको छ जग्गामा धनीमा मेरो नाउँ लेखि