निर्णय नं. ७९८ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९८ - जालसाजी भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३०/११/१८ २६४७ निर्णय नं. ७९८ ने.का.प. २०३१ फुल बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२८ सालको फौ.फु.नं. ३२ फैसला भएको मिति : २०३०।११।१८।६ मा निवेदक : अं. नारायणी जि.बारा वरेवा बस्ने नारायणविक्रम शाह समेत विरुद्ध विपक्षी : जि. सर्लाही मलंगवा बजार बस्ने गंगादेवी राजभण्डारीसमेत मुद्दा : जालसाजी (१) अरुका नाउँमा लिखत गरी जग्गा आफैंले भोग गरेको कबुलियत लिखत रसिद प्रमाणसमेतबाट देखिए घर जग्गा भोग गर्नेकै हकको देखिन्छ । घरसारको व्यवहार भए पनि त्यसलाई मान्यता नदिई कानूनबमोजिम नै गरेको छ भनी विपक्षी पक्षका अधिवक्ताले दे.फु.नं. २० निर्णय मिति ०२०।९।१६।३ को निवेदक बबुला धुनिया जि.श्रीराम कुर्मी भएको उखडा जग्गाको पोत बुझाई दिलाइपाउँ भन्ने मुद्दामा घरायसमा इमान धर्मबाट कानून मिलाई व्यवहार गरेकै भए पनि झगडा परी अदालतको प्राङ्गणमा आए पछि त्यस इमानधर्मबाट गरेको भनी कानूनले गरेको तरिका नअपनाए पनि हुन्छ पनि भन्न नमिल्ने भनी निर्णय भएको नजीर देखाउनु भएकोलाई सो मुद्दाको उजूरी व्यहोरा र यो मुद्दाको उजूरी व्यहोरा एक मिलानको देखिन आएन । यस मुद्दामा कानूनको तरिका र व्यवहारको परीस्थिति बेगल पनि नभई आफ्ना तहविलको काम गर्ने कारिन्दाहरूका नाममा जग्गा खरीद गरी जग्गा र सो जग्गामा बनेको घरको आयस्ता आफैं भोग गरी तिरो भरो समेत आफ्नै तर्फबाट गरी भएको हुँदा अरूका नाममा लिखत गरी जग्गा आफैंले भोग गरेको कबुलियत लिखत रसिद प्रमाणसमेतबाट देखिनाले जग्गा घर वादीकै हकको देखिन आएको छ । (प्रकरण नं. २०) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : अधिवक्ता लवदेव भट्ट उल्लिखित मुद्दा : फैसला न्या. जयदेव भट्ट १. प्रस्तुत मुद्दा दोहर्याइपाउँ भन्ने वादीको निवेदन परी भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्याइनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भएका हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरी यसबेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : सुब्बा जितेन्द्रराज र रामचन्द्रसमेत हामीहरूको बाबु बाजेका पालादेखि कारिन्दा भई आएको भन्सारको काम मोटर सर्भिसको काम जितेन्द्रराज मुख्य भई गरेको राणाजी साहेबज्यूहरूले हुकूम नभई जग्गा खरीद गर्न नहुने हुनाले ग्यारेज बनाउन विराटनगर अड्डादेखि दक्षिणपट्टि जग्गा कठ्ठा ।४ नौं १९९१ साल फागुन चैतमा सु. जितेन्द्रराजको नाममा खरीद गरी ग्यारेज बनाई मोटर सर्भिसको स्याहामा खर्च लेखी १४ सालसम्मको पोत बुझाई भोगी आएको मोटर सर्भिसको ठेक्का लिने समसुल हकसमेतले ग्यारेज हामीबाट बहालमा लिई कागज गरिदिएको छ । उक्त जग्गा आजसम्म मेरै नाममा छ । आफ्नो गराई लिनुस् भनी सु.जितेन्द्रराजले श्री ५ मुमा सीता महारानीलाई लेखेको चिठ्ठी हामीसँग छ । उक्त जग्गा दर्तावालाको नाताले हामीले थाहा नपाउने गरी १६ सालको पोत जितेन्द्रराजले तिरी रसिद लिई आफ्नो स्वास्नी गंगादेवीलाई दाइजो पेवाको रूपैयाँबाट पटक–पटक गरी बुझी लिए भनी बोली पारी थैली कं.रू.१९०००। राखी १७ साल जेठ १० गते घरसारको लिखत गरी जग्गा ।४ र सो जग्गामा बनेको घरगोदामसमेत राजीनामा गरिदिएको छु भनी पास गरी लिएदिए छन् । उक्त गोदाम घर भाडामा लिने जगन्नाथउपर घर भाडा दिलाइपाउँ भनी गंगादेवीले १७।१२।५ मा नालिस गरेपछि हामीलाई थाहा भयो श्री ५