निर्णय नं. ६७०० - उत्प्रेषण लगायतको उपयुक्त आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७०० - उत्प्रेषण लगायतको उपयुक्त आदेश जारी गरी पाउँ भाग: ४१ साल: २०५६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५५/०७/२० २५८४ निर्णय नं. ६७०० ने.का.प. २०५६ अङ्क ४ पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री केदारनाथ आचार्य संवत् २०५१ सालको रि.पु.इ. नं... ५९ फैसला मितिः २०५५।७।२०।६ विषयः उत्प्रेषण लगायतको उपयुक्त आदेश जारी गरी पाउँ । रिट निवेदकः जि.झापा गा.वि.स. राजगढ वडा नं. ६ बस्ने वर्ष ३५ को नरेन्द्र कुमार घिमिरे विरुद्ध विपक्षीः पुनरावेदन अदादल, इलाम समेत § विवादित जग्गाको लिलाम सकार गरी लिने बबुएलाल भगतले उक्त निर्णयहरु उपर उजूर बाजूर केही नगरी बसेबाट समेत झापा जिल्ला अदतलको निर्णय अन्तिम भई बसको र उक्त निर्णयबाट विवादित जग्गामा बबुएलाल भगतले उक्त निर्णहरु उपर उजूर बाजुर केहि नगरी बसेबाट समेत झापा जिल्ला अदालतको निर्णय अन्तिम भई बसेको र उक्त निर्णयबाट विवादित जग्गामा बबुएलाल भगत कै हक स्थापित हुन पुगेको स्थिति देखिएन । न्याय निरोपण हुँदा कुनै सम्पत्तिमा कुनै व्यक्तिको हक स्थापित हुन नसकेको स्थितिमा निजबाट हक हस्तान्तरण गराई लिने व्यक्तिको हक स्थापित हुने प्रश्नै उठ्दैन । अतः विवादित जग्गामा हकै नपुग्ने व्यक्ति बबुएलालबाट राजीनामा गराई लिने यी निवेदक नरेन्द्र कुमार घिमिरेको हक स्थापित हुन पुगेको छ भन्न मिलेन । हकै नपुग्ने व्यक्तिले दिएको प्रस्तुत रिट निवेदन कानूनसम्मत रहेको नदेखिँदा अन्य प्रश्नतर्फ विचार गरिरहनु पर्ने । (प्र.न. ११) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री मिथिलेश कुमार सिंह विपक्षी तर्फबाटःX अवलम्वित नजिरः X आदेश न्या. केदारनाथ आचार्यः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ उपनियम (१) को खण्ड (घ) बमोजिम यस पूर्ण इजसालमा पेश हुन आएको प्रस्तुत रिट निवेदकको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छः २. जि. झापा गा.वि.स. राजगढ वडा नं. ९ को कित्ता नं. १२४७ को ज.वि. १–१५–० ससिम जग्गा रु ३१,५००। मा मैले विपक्षी नं. ३ संग मिति २०४९।२।२१ गते राजिनामा पास गरी जग्गा जोत भोग आवाद गरी आएको छु । जि. झापा राजगढ गा.वि.स वडा नं. ८ वस्ने सम्पत्ती लाल राजबंशीसंगको लेनदेन मुद्दामा निज सम्पत लाल राजबंशीको नामको जि.झापा राजगढ गा.वि.स. वाडा नं. ९ को कि.नं. १२४७ को ज.वि.१–१५–० र कि.नं. २०२९ को ज.वि. ०-२-० समेत जम्मा ज.वि. १-१७-० समेत धनमाल देखाई सोबाट पाउने विगो भराई पाउ भनी मिति २०४७।१०।६ मा विपक्षी नं. ३ ले झापा जिल्ला अदालतमा निवेदन दिनुभएको रहेछ । सम्पतलाल राजवंशीले विपक्षी नं. ३ को रकमको लागि म्याद जादा नवुझाएकोले कानूनको प्रकृया पुरा गरी मिति २०४८।१।१८ मा डोर गै जायजात तायदातको मुचुल्का दर्त कि.नं. १२४७, २०२९ को ज.वि १–१७–० सम्मत लाल समेतको रोहवरमा प्रति विगाहा रु. २१,०००। न्यूनतम मूल्य निर्धारण भई उक्त दुवै कित्ता जग्गा तीन पटक सम्म लिलाम डाक हूँदा जग्गाको बीचमा नदी वगी रहेकोले कसैले जग्गा सकार नगरेकोले विपक्षी नं. ३ ले सम्पतलाल राजबंशीसंग लिनु पर्ने रु ८,००७।३८ पैसामा लिलाम सकार गर्नु भएको रहेछ । द.स. को ६१ नं. को म्याद भित्र कसैको उजुर वाजुर नपरेकोले उक्त जग्गा विपक्षी नं. ३ को नाउँमा दर्ता भै निजले ज.ध. प्रमाण पूर्जा पनि पाउनु भएको रहेछ । विपक्षी दूखनी राजवंशी आफूलाई सम्पतलालको आमा देखाई उक्त कि.नं. १२४७ को उक्त तर्फबाट ज.वि. ०–१९–० घरसारमा अंश पाएकोले सम्पतको जेठी पत्नी वजारी २०४२ सालमा स्व