निर्णय नं. ९०० - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०० - अंश भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/02/02 २७४० निर्णय नं. ९०० ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३१ सालको दे.फु.नं. १२ फैसला भएको मिति : २०३२।२।२।६ निवेदक : का.पं. सुब्बा गाउँ पञ्चायत वार्ड नं.७ बस्ने रामहरि भन्ने तारानाथ ढुङ्गेल उपाध्याय समेत विरुद्ध विपक्षी : का.पं. सुब्बागाउँ पञ्चायत वार्ड नं. ७ बस्ने बद्रीनाथ पाध्या समेत मुद्दा : अंश (१) मानु नछुट्टिई सँग बसेका अंशियारले बकसपत्रसमेत जुनसुकै श्रोतबाट आर्जन गरिएको भए पनि त्यो सम्पत्ति सगोलकै आर्जन मानिने । (प्र.नं. १३) निवेदक तर्फबाट : अधिवक्ता श्री लबदेव भट्ट विपक्षी तर्फबाट : अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लिखित मुद्दा : (दे.फु.नं. ११९ होमदेव पाण्डे वि.उर्मिलादेवी, अंश) फैसला न्या. वासुदेव शर्मा १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहोर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बक्स भई दोहरीएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : वासुदेवका ४ छोरामा जेठो सुकदेव, माहिलो दामोदर, साहिँलो बेदनिधि, कान्छो निलकण्ठ भएको दामोदर, वेदनिधि निःसन्तान र सुकदेवको छोरा दशरथ भन्ने खड्गनाथ, निलकण्ठको छोरा बद्रीनाथ, कृष्णप्रसाद र मेरो बाबु टोमप्रसाद समेत हुन् बाजे सुकदेव निलकण्ठहरूको अंशबण्डा नभई सगोलमै रहेको भेरो मामा बाजे भवनाथको सन्तान नभएकोले जेठा बाबु विपक्ष बद्रीनाथ र मेरो बाबु टोमप्रसादलाई लगी राखेको बाबु टोमप्रसाद २००३ सालमा परलोक भएको मामा बाजेको श्रीसम्पत्ति गैर विपक्षी बद्रीनाथलाई बकसपत्र गरी दिनु भएको हुँदा चौंकोट र कटुन्जे समेतको श्रीसम्पत्तिको आम्दानी खर्च दुबैतर्फबाट मिलाई कहिल चौंकोट कहिले कटुन्जेमा बसी आएको बाजेहरू परलोक भइसकेकोले ०२३।१२।५ देखि मानु छुट्टि बसी मैले पाउने अंश देउ भन्दा दिएनन् तायदाती लिई १ अंश दिलाई पाउँभन्ने वादी । ३. वादी मधेशबाट फर्की सागोलमा बसेको ०२३ चैत्र लाग्नासाथ आजदेखि माना चामल बेगल भयो अंश देउ भनी भन्दा जो श्रीसम्पत्तिको आधा खान पाउने दशरथले अंशको कुरा गर्दैन मैले आधाको ३ खण्डको १ खण्ड अंश पाउनेले कुरा गर्दिन भनी वास्ता गरेन । मैले अंश दिनुपर्ने होइन भन्नेसमेत खड्गनाथ भन्ने दशरथको प्रतिवादी । ४. बाजेको छोरा माहिला, साहिँलाको सन्तान नभएकोले उहाँहरूको समेत हाम्रै हुन आएको हाम्रा बाबा निलकण्ठका तीन छोरा जेठा म बद्रीनाथ, माहिला वादीका बाबु टोमप्रसाद, कान्छा म कृष्णप्रसाद भएको म बद्रीनाथलाई मामा भवनाथ र माईजु मानकुमारीले निजहरूको सन्तान नहुँदा ७२ साल आश्विन महिनादेखि लगी पालन पोषण ब्रतबन्ध विवाहसमेत गरी दिई घरमानै राख्नुभएको, सो रिझ वापत २००३।१०।३ गते शेषपछिको बकसपत्र पास गरिदिनु भएको मामा भवनाथ ०८ सालमा र माईजु मानकुमारी २० सालमा परलोक भई सद्गत गरी ०२० सालदेखि मात्र मेरो हक भोग भएका भाइ कृष्णप्रसाद भतिजा यो वादीसमेत कटुञ्जेतर्फको घरमा बसी आएको थिए, जेठा बाबुको छोरा खड्गनाथ ९० साल देखिनै मानु छुट्टि काठमाडौंमा बसेको वादी र म कृष्णप्रसादले बराबर आवत जावत हेरविचार गरिआएको थियौं, ०१९ साल बैशाख ८ गते खड्गनाथको भाग छुट्याई दिइसकेपछि बण्डापत्र नगरी निज तारानाथको भाग पनि बण्डा गरी दिईसकेपछि आफ्ना अंश भागको जग्गाहरू भू.सु.नापीमा जनाए पुग्छ भनेकोले चुप लागी बसेका थि