निर्णय नं. ७९९ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९९ - अंश भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/१०/२४ २२५४ निर्णय नं. ७९९ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२७ सालको देवानी फुल बेञ्च नम्वर १४५ फैसला भएको मिति : २०२८।१०।२४।६ मा पुनरावेदक : वाग्लुङ भीम पोखरा कुथुर्के बस्ने खडानन्द कँडेल विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने रामचन्द्र कँडेल मुद्दा : अंश (१) आफू आफूले भोग तिरो गरी जग्गा सट्टापट्टा भोगबन्धकी लिनुदिनुसमेत गरेको र भोगबन्धकी लिखतहरू रजिष्ट्रेशन समेत पास भइराखेको स्थितिमा ऐनबमोजिम पास भएको बण्डापत्र लिखित नभएको भन्ने मात्र कुराले फेरि बण्डा गर्ने भन्ने तर्क उठाउन मिल्ने अवस्था नदेखिने । ऐनबमोजिम रजिष्ट्रेशन पास भएको बण्डापत्र लिखित बेगर बण्डा भइसकेको कायम मान्न नमिल्ने भन्ने डिभिजन बेञ्चमा मा.न्या.श्री ब्रम्हदत्तले तर्क उठाउनु भएको हकमा दुवै भाइको मञ्जुरीले बण्डा गरी आफ्नो भाग बण्डा आफूआफूले भोग तिरो गरी जग्गा सट्टापट्टा भोगबन्धकी लिनुदिनुसमेत गरेको र भोगबन्धकी लिखतहरू रजिष्ट्रेशन पाससमेत भई राखेको यस स्थितिमा ऐनबमोजिम पास भएको बण्डापत्र लिखत नभएको भन्ने मात्र कुराले फेरि अंशबण्डा गर्दा अघि बण्डा लिएदिएको सम्पत्तिमा घटीबढी हुन गई अन्याय पर्न पनि जाने हुनाले फेरि बण्डा गर्ने भन्ने तर्क उठाउन मिल्ने अवस्था देखिँदैन । (प्रकरण नं. १०) पुनरावेदक तर्फबाट : विपक्षी तर्फबाट : उल्लिखित मुद्दा : (१) इन्द्रगोपाल श्रेष्ठ वि.कैलास श्रेष्ठ, अंश, (२) दे.फु.न. ९२ अकलबहादुर खड्का विरुद्ध गणेशबहादुर खड्का, अंश (३) दे.फु.नं. ८९ नारायणप्रसाद पाण्डेविरुद्ध महालक्ष्मी पाँडेनी, अंश (४) दे.फु.नं. ८०, देवेन्द्रशमशेर वि.लिलाशम्शेर, अंश फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. २००० सालमा बाबु र २००७ सालमा आमा परलोक भएपछि श्रीसम्पत्ति स्याहारी भाइ रामचन्द्र बसेको र म भारततर्फ नोकरीमा रहेकोमा २००९ सालमा आई अंशबण्डा गरौं भन्दा बाबुको पालामा केही जग्गा बन्धकी गएको र मैले पनि केही बन्धकी लिएको राजीनामा भएपछि ऋणधन बाँडौंला अहिले भाउजुलाई जीवन वृत्तिसम्मको लागि तिरो ।५० को दरले तिरो रु.।६६।२ को कुथुर्के भन्ने पाखो १ तिरो रू.।१३ को ठाउँको पाटो १ तिरो रू.१।३७ को कुथुर्के खेत ।३ तिरो रू.२। को मरुवा खेत मुरी ।५ सम्म जीवनवृत्ति दिएको लिई २००९।११।१ देखि मानो छुट्टी बसेको त्यसपछि फेरि भारत गई बसे पनि १,२ बर्ष बिराई छुट्टीमा आउने गरेकोमा आखिर २०२० साल फागुणदेखि घर आई बसेको त्यसपछि रीतपूर्वकको अंश देउ भन्दा नदिई २००९।११।१ मा नै बण्डा भइसकेको भनी रू. ७००००। को जेथामा रू.१५,०००। को मात्र दिने नियत गरेको अंशबण्डाको लिखत पास नभएसम्म बण्डा भएको मान्न नसकिने हुँदा उक्त २००९।११।१ सम्मको तायदाती लिई आधि भाग दिलाइपाउँ भन्ने समेत व्यहोराको ०२१।५।१० को खडानन्दको वादी । २. बाबु आमाका शेषपछि २००८ सालमा चल अचल जेथाको वादीसँग मेरा अंशबण्डा भएको सो कागज वादीसँगै छ । वादीसँग आँठा साँधमा झगडा परी सो रिसले आगो लगाई दिन्छु मार्छु पिट्छु भन्ने आदि कुरा गरे भनी बा.गो.मा निवेदन दिएको र पछि आशय करणी मुद्दा दिई मिलापत्र भएपछि फेरि मेरो अंशको जग्गामा वादीसमेतले बाली लुटेमा उजूर दिएको र सो लुटेको बाली खाउँला भन्ने नियतले फेरि मलाई कुटपिट मुद्दा र यो अंशमुद्दा दिएको हो छुट्टी भिन्न भएदेखि वादीको अंश भागको जग्गा उनैले र