निर्णय नं. ६७०१ - उप्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७०१ - उप्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ । भाग: ४१ साल: २०५६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५५/०९/३० २९१३ निर्णय नं. ६७०१ ने.का.प २०५६ अङ्क ४ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल संवत् २०५२ सालको रि.पु.इ.नं.... ५५ आदेश मितिः २०५५।९।३०।५ विषयः उप्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ । निवेदकः सुनसरी जिल्ला सोनापुर स्थित पशुपति खाद्य तेल उद्योग (प्रा) लि. को तर्फबाट शिव रतन शारदा विरुद्ध विपक्षीः श्री ५ को सरकार, अर्थमन्त्रालय समेत ३ § वोलकवोलका आधारमा व्यापारिक प्रयोजनका लागि आयातित समानमा औद्योगिक व्यवसाय ऐन अनुरुप अतिरिक्त भन्सार महशुल छुट हुन सक्ने अवस्था देखिदैन । जहाँसम्म मिति २०४४।९।१३ गते प्रकाशित नेपाल राजपत्रको सूचना नं. २ को प्रसंग छ, सो सूचनामा उद्योगका लागि चाहिने कच्चा पदार्थमा सम्बनिधत विभागको सिफारिशमा मात्र भन्सार महसुल तथा विक्रीकरमा छुट दिने गरि व्यवस्था गरिएको देखिन्छ । तर पशुपति खाद्य तेल उद्योग प्रा.लि ले आयात गरेको सोयाविन तेल, उद्योगको उत्पादन कार्यमा प्रयोग गर्ने प्रयोजनका लागि नभै व्यापारिक प्रयोजनका लागि आयात गरेको देखिँदा भन्सार ऐन, बमोजिम पनि अतिरिक्त भंसार महशुल छुटको माग गर्न नमिल्ने प्र.क. १३ निवेदकको सामान छुटाउदा राखेको धरौटीको सम्बन्धमा भंसार कार्यालयले गरेको निर्णयमा चित्त नबुझे भंसार ऐन, २०१६ बमोजिम राजश्व न्यायधिकरणमा पुनरावेदन लाग्ने वैकल्पिक उपचारको कानुनी प्रावधान विद्यमान रहेको देखिनुका साथै निवेदकले आयात गरेको माल औद्योगिक कच्चा पदार्थ भन्ने सिफारिश उद्योग विभागबाट भएको देखिदैन । निवेदकको दरखास्त फारमको व्यहोरा र निवेदकले गरेको कवुलियतको लिखतको व्यहोराबाट नै आयातित समान व्यापारिक प्रयोजनको लागि देखिएको अवस्थामा निवेदन जिकिर मनासिब देखिदैन । यसरी निवेदक स्वयंले लिखतबाट व्यापारिक प्रयोजनको लागि आयात इजाजत पत्र माग गरि कवूलियत गरको व्यवस्था लुकाइ यस अदालतमा प्रवेश गर्दा सफा हात लिई प्रवेश नगर्ने निवेदकलाई यस अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरि उपचार प्रदान गर्नु उपयुक्त नदेखिनुका साथै निवेदकको कुनै मौलिकहक वा कानूनी हकमा आघात परेको नदेखिंने । निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी तर्फबाटः वरिष्ठ सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्वित नजिरः आदेश न्या. हरिप्रसाद शर्माः यस अदालत संयुक्त इजलासका मिति २०४६।१२।१५ को निर्णय आदेश दोहोर्‍याई हेरी इन्साफ जाँच गरी पाउन हुकुमप्रमाङ्गी बकस पाउँ भनी निवेदकको विन्तीपत्र परी उक्त विन्तिपत्र यस अदालतमा प्राप्त भै नियमानुसार संयुक्त इजलासमा पेश हुँदा मिति २०५०।८।२ मा संयुक्त इजलासले दोहोर्‍याई हेर्न निस्सा प्रदान भई यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा एबं ठहर यसप्रकार छः २. पशुपति खाद्य तेलको लागि चाहिने आवश्यक औद्योगिक कच्चा पदार्थ मध्ये कुड डिगन्स सोयाविन आयल पैठारी गर्न आयात इजाजत पत्रको लागि बोलकबोल प्रथा अन्तर्गत मिति २०४४।१२।१५ को गो.प. मा प्रकाशित वाणिज्य विभागको सूचनाको देहाय खण्ड ५ मा उल्लेखित शर्तानुसार यस उद्योगले आवेदन गरी उक्त औद्योगिक कच्चा पदार्थ विराटनगर हुँदै मिति २०४५।८।१२, १३,१४,२०४५।९।२३ र २०४५।११।१४ मा पैठारी गर्‍यो । प्रचलित नेपाल कानून बमोजिम लाग्ने १० प्रतिशत भन्सार महशुल सदर स्याहा