निर्णय नं. ९०१ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०१ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/02/02 २३७४ निर्णय नं. ९०१ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३१ सालको रिट फु.नं. ३८ आदेश भएको मिति : २०३२।२।२।६ निवेदक : जि.रौतहट प्र.परोहा पञ्चायत वार्ड नं.७ बस्ने रसिंदनि फकिरन विरुद्ध विपक्षी : ऐ.ऐ.वार्ड नं. ८ बस्ने बाबुलाल महतो नुनिया समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (१)–दर्तावाला मोही मरेपछि निजको हक जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने हकदार बाहेक अन्य व्यक्तिलाई मोही पत्याउने वा कसैलाई नपत्याई मोही हक समाप्त गर्ने कानूनी व्यवस्था नदेखिने । (प्र.नं.१०) आदेश प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकूम प्रमांगी बमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : प्र. परोहा मौजे औरीयाको कि.नं.३५५,३५६ को जग्गा विगाहा ०१६।१५ लोग्ने मोही भइजोत कोड गरी आएको नापीमा लोग्ने मोही कायम भएको रामचन्द्रले बाबुलाललाई बिक्री गरी दिएको ०२६ सालमा लोग्ने परलोक भएपछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को आधारमा दशकर्म गरी बाली लगाई जग्गाधनीलाई बाली बुझाउँदै आएको ०२८ सालको गहुँ बाली लगाउन जाँदा मोहीबाट निष्काशित गरी धपाएकाले मोही हक सुरक्षीत राखी पाउँ भन्ने रसिद निफकिरनको फिराद । वादीको लाग्ेने मरेपछि म जग्गाधनीले वादीको आमा छोरा समेतलाई नपत्याएको सो जग्गा जोत्ने वादीको लोग्नेले ०२२ सालमा जोत्न सक्तिन भनी पञ्चायतमा राजीनामा गरी दिई लम्बरी वालाले नै जग्गा भोगी आएको छु भन्ने समेत बाबुलालसमेतको प्रतिवादी भएको मोही बेदखली मुद्दामा स्वास्नी स्वतः मोही हुने भएकोले मोहियानी बेदखली गर्न नहुने निजको मोहियानी कायम हुने गरी निर्णय गरी दिए भन्ने विपक्षी भूमिप्रशासन कार्यालयबाट ०२९।९।२१।५ मा निर्णय भएको रहेछ । ३. उक्त निर्णय बदर गरी पाउँ भनी निवेदक बाबुलाल महतो नुनिया समेतले दिएको रिट निवदनपत्रमा जग्गा कमाउन नसकी ०२३ सालमा नै लोग्नेले छोडेको जग्गामा लोग्ने ०२६ सालमा परलोक भएपछि लोग्नेको हकमा मोही कायम गरी पाउँ भन्ने रसिदनीलाई कुनै हकदैया प्राप्त हुन नसक्ने व्यक्तिको उजूरी अ.बं.८२ नं. अनुसार लाग्न नसक्ने उजूरी सुनी मोही कायम गरी दिनु गैरकानूनी छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (१) अनुसार मोही हक जग्गावालाले पत्याएको हकवालालाई प्राप्त हुनेमा मलाई पत्याई मोही हक दिएको भनी कुनै प्रमाण दिन सकेको छैन पत्याएको व्यक्तिलाई मोही हक प्राप्त हुने छ भन्ने कानूनी आधारमा सवयं प्राप्त हुन सक्ने होइन मोही भई कमाई आएको भूमिसम्बन्धी ऐनको दफा ३४ अनुसार रसिद सबूद प्रमाण दाखिल गर्न नसकेपछि हक दिलाई दिन नहुने अ.बं. १८४, १८५। अनुसार उजूर परेपछि मुख नमिलेमा मोही भई जग्गा कमाई आएको छ वा छैन सो कुराको सबूद प्रमाणबाट यकिन गर्नु पर्ने सो केही नगरी स्वतः मोही हुने भनी न्याय गर्नु गलत गर्नु हो दफा २६ (१) अन्गरगतको हकमा व्याख्या गरी निरोपण गरी फैसला गर्नु प्रशासकको अधिकार बाहिरको हुँदा मोही ठहर गरेको फैसला बदर भागी छ । उत्प्रेषणको आदेश जारी गरी भूमिप्रशासन कार्यालयबाट भएको ०२९।९।२१।५ को फैसला बदर