निर्णय नं. ९०२ - जग्गा खिचोला मेटाई चलन चलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०२ - जग्गा खिचोला मेटाई चलन चलाई पाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/02/20 २६३८ निर्णय नं. ९०२ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३० सालको दे.फु.नं. १४७ फैसला भएको मिति : २०३२।२।२०।३ निवेदक : चितवन खैरेनी गा.पं.सहलाली बस्ने श्यामबहादुर पन्त क्षेत्रीसमेत विरुद्ध विपक्षी : चितवन नारायणगढ बस्ने डि.कोमलप्रसाद श्रेष्ठसमेत मुद्दा : जग्गा खिचोला मेटाई चलन चलाई पाउँ (१) फैसलाबाट हुकूम कायम भएको जग्गामा बीचको मानिसले कब्जा गरी खिचोला गरेको छ भने सो व्यक्ति उपर जग्गामा खिचोला मेटाई चलन चलाई पाउँ भन्ने दावीको नालिस अ.बं.८२ नं. ले लाग्न नसक्ने नहुने । (२) ऐन लागाई ठहरकै रुपमा खारेज गरेको र हारजित गरिसकेको मुद्दा तल्लो तहमा पठाउन आवश्यक नदेखिने । निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली, अधिवक्ता कृष्णप्रसाद घिमिरे उल्लिखित मुद्दा : (नि.नं.५८३, रणीवर वि.जानकिदत्त, दे.फु.नं. ७४ उमाकुमारी वि.सिताराम फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहोर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यस प्रकार छ : हामी रत्नकुमारी अंवा कुमारीको लोग्ने हामी श्यामबहादुर भैरबहादुरको बाबु खड्गबहादुरले ०१५।१।४।४ मा रु.५००१ मा कि.नं.१९।२०।२१ को जग्गा बिगाहा १६, २।४ श्यामकृष्णलाई बिक्री गरेको निखनाई पाउँ भन्ने मुद्दा परी हामीहरूले निखनी लिन पाउने ठहरी ०२२।२।२२ को फुल बेञ्चबाट फैसला भई निखनी ०२२।१२।३० मा बहाली पाएको जग्गा चलन गर्न जाँदा बिगाहा ६।।१।।४ सम्म भोगचलन गर्न पाई बाँकी जग्गा बिगाहा ९।।१ हाम्रो हक भोग तिरोको जग्गा हो भनी निम्न व्यक्तिहरूले निम्न लेखिए बमोजम खिचोला गरी चलन गर्न दिएनन् । हाम्रो २० नं.कित्तामा अठसट्टा श्रेस्तामा नदिई सो पूर्व ठेडके सो दक्षिण २१ नं.कित्तामा तिजकित्ता सो पूर्व पर्ति सो दक्षिण किल्ला लेखिएको छ । हाम्रो जग्गाको सडक छेउछाउको जग्गा व्यापार खातिर महत्वपूर्ण हुन आई बजारलाई नरसडक लाईनका घडेरीको लोभ लालचामा परी हाम्रो जग्गा कब्जा गरेका हुन् । निम्न दावीअनुसार गरिपाउँ भन्नेसमेत वादीहरुको फिराद दावी रहेछ । १. कि.नं.२० मध्य पूर्व मोहनलाल समेतले खिचोला गरेको जग्गासमेत ४ किल्ला भित्रको त कठ्ठा जग्गामा केदारकुमारले आँपको बगैंचा लगाई पक्का घर बनाई बसेको पक्का घर बनाएमा ऐनबमोजिम गरी जग्गा चलन चलाई पाउँ । २. पूर्व मुक्ति समेतले खिचोला गरेको जग्गासमेत ४ किल्ला भित्रको ५ कठ्ठा जग्गामा श्यामकृष्ण र निजको भानिज मोहनलाल भई दक्षिणतर्फ बाटो खुलेको बन्द गरी बारघेर गरी टिनको छाना भएको पक्का गोदाम घर बनाउँदै रही भोगचलन गरेकाले घर हटाउन लगाई खिचोला मेटाई जग्गा चलन चलाई पाउँ । ३. पूर्व वसन्तलालले खिचोला गरेको जग्गासमेत ४ किल्ला भित्रको ।द्र कठ्ठा जग्गामा श्यामकृष्णले आफ्ना भानिज मुक्तिलाल चुकेलाई उचाली निजले बारघेर गरी तरकारी घारी, गोठ बनाई भोगेकोले गोठ हटाई खिचोला मेटाई जग्गा चलन चलाई पाउँ । ४. पूर्व श्रीधर शमशेरले खिचोला गरेको जग्गासमेत ४ किल्ला भित्रका ५ कठ्ठा जग्गामा श्यामकृष्ण बसन्तलाल चुकेले बारघेर गरी गोठ बनाई भोगेकोले गोठ