निर्णय नं. ६७०४ - आयकर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७०४ - आयकर भाग: ४१ साल: २०५६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५५/०६/०१ २८६५ निर्णय नं. ६७०४ ने.का.प २०५६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री उदयराज उपाध्याय संवत् २०५१ सालको दे.पु.नं.... २२६० फैसला मितिः २०५५।६।१।५ मुद्दाः आयकर । पुनरावेदकः सोल्टी इन्टरप्राइजेज प्रा.लि.का तर्फबाट ऐ.का अख्तियार प्राप्त संचालक प्रभाकर शम्सेर ज.व.रा. विरुद्ध विपक्षीः श्री ५ को सरकार कर कार्यालय, काठमाडौ । § विपक्षी कम्पनीले कर्मचारी संचय कोषबाट ऋण लिई होटल सोल्टीको शेयर किनेको र सो शेयरबाट लाभांस प्राप्त भए पनि आयकर ऐन, २०३१ को दफा ४२(घ) ले शेयर होल्डरले पाउने लाभासंमा कर नलाग्ने हुँदा सो शेयर लगानी कर लाग्ने आय आर्जनको लागि गरिएको भन्न मिलेन । साथै उक्त ऋण आय आर्जन हुने कार्यमा प्रयोग गरेको समेत नदेखिँदा संचय कोषलाई तिरेको व्याज खर्चकोरुपमा कट्टा गर्नुपर्ने भन्ने नमिल्ने हुँदा शुरुको ठहर सदर गरेको राजश्व न्यायाधीकरण काठमाडौको निर्णय मिलेकै देखिदा मनासिव ठहर्ने । (प्र. नं. १०) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे विपक्षी तर्फबाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता अवलम्बित नजिरः फैसला न्या. लक्ष्मणप्रसाद अर्याल : राजश्व न्यायधीकरण काठमाडौले गरेको फैसला उपर अनुमतिको निवेदन परि पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छः २. आ.व. २०४०।४१ को लागि उद्योग व्यापार, पेशा, व्यवसायको लेखा परीक्षण भइरहेको हुँदा विवरण पेश गरको छु । एक महिनाको म्याद पाउँ भन्ने समेत मिति २०४१।६।३० मा कर कार्यालय काठमाडौमा पेश गरेको आयको विवरण फर्म । ३. आय विवरण छानविन गरि मिति २०४६।६।५ को निर्णय बमोजिम खुद आय रु ७५०,०३३।३९ कायम भएकोले करको रकम समेत जम्मा र ४,१७,४७०।२० आदेश प्राप्त गर्नु भएको ३५ दिन भित्र दाखिल गर्नु भन्ने समेत २०४६।६।९ मा भएको आयकर निर्णय आदेश । ४. प्रवन्धपत्र अनुसार लगानी गर्न सक्ने कम्पनीलाई अधिकार छ । लगानी गरेकोलाई विपक्षीले अन्यथा भन्न सकेको छैन । आयकर ऐनको दफा १२(१) (ग) मात्र नभई आय आर्जन गर्ने कामको सम्बधित लगानी गर्दा लिएको ऋणको व्याज खर्च छुट्याउने ऐनको दफा १४(घ) मा उल्लेख छ । दिएको जवाफ प्रमाणलाई समेत वेवास्ता गरि हचुवा तरिकाले आय निर्धारण भएको हुँदा ऐन मुताविक कम्पनीले देखाएको विवरणलाई नै कायम गरिनु पर्नेमा सो को विपरित जवरजस्ती भएको कर निर्धारण आदेश वदर गरि पाउँ भन्ने समेत पुनरावेदकको राजश्व न्यायधीकरण काठमाडौमा परेको पुनरावेदन पत्र । ५. यसमा छलफलको लागि अ.व. २०२ नं बमोजिम सरकारी वकिल झिकाई यिनै कारदाताको आ.व. २०३६।३७ को पुनरावेदन सहति नियमानुसार पेश गर्नु भन्ने राजश्व न्यायाधीकरण काठमाडौबाट भएको आदेश । ६. ऋणमा व्याज शिर्षकमा अंकित रु १९२६,४२६।९७ खर्च मिनाहा नदिई खुदआय तर्फ समावेश गरि खुदआय कायम गर्ने गरेको शुरु कर कार्यालयको आदेश निर्णय मनासिब हुँदा सदर हुने ठहर्छ भनी राजश्व न्याधिकरण काठमाडौबाट भएको फैसला । ७. राजश्व न्याधीकरण र कर कार्यालयले गरेको फैसला त्रुटिपूर्ण छ । यस कम्पनीले संचय कोषसँग लिएको ऋणलाई खर्च माग गरको होइन र आयकर ऐन, २०३१ को दफा १२(१), (ग) बमोजिम लिएको ऋणको व्याज तिर्नु पर्ने र सो व्याज खर्च छुट पाइने व्यवस्था हुँदा कर कार्यालय समेतले नगरेको तर्क गरि राजश्व न्याधीकरणले गरेको फैसला मिलेको छैन । विपक्षी कर कार्यालयले खर्च अम