निर्णय नं. ८६७८ - घरायसी अंशबण्डा सम्पत्तिको दाखिल खारेज ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६७८ - घरायसी अंशबण्डा सम्पत्तिको दाखिल खारेज । भाग: ५३ साल: २०६८ महिना: पौस अंक: ९ फैसला मिति :२०६८/०३/०९ ४०८६ ने.का.प. २०६८, अङ्क ९ निर्णय नं. ८६७८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री भरतराज उप्रेती दे.पु.इ.नं. : ०६६–DF–००१८ फैसला मितिः २०६८।३।९।५ मुद्दाः घरायसी अंशबण्डा सम्पत्तिको दाखिल खारेज । पुनरावेदक वादीः भक्तपुर जिल्ला, कटुञ्जे गा.वि.स. वडा नं. ३ बस्ने धनकुमारी ढुंगेल समेत विरुद्ध प्रत्यर्थी प्रतिवादीः भक्तपुर जिल्ला, कटुञ्जे गा.वि.स. वडा नं. २ बस्ने उमादेवी ढुंगेल शुरु निर्णय गर्नेः सुधीरकुमार शाह, मालपोत कार्यालय भक्तपुर पुनरावेदन निर्णय गर्नेः मा.न्या.श्री गिरीश चन्द्र लाल मा.न्या.श्री हरिबाबु भट्टराई सर्वोच्च अदालत, संयुक्त इजलासः स.प्र.न्या.श्री अनूपराज शर्मा मा.न्या.श्री रणबहादुर बम § पुनरावेदकीय अधिकार भनेको कानूनी अधिकार हो, जुन कानूनद्वारा व्यवस्थित गरिएको हुन्छ । यो अन्तर्निहीत अधिकारका रुपमा प्रयोग गर्न मिल्ने हुँदैन । कानूनले पुनरावेदन लाग्ने भनी व्यवस्था नगरेको अवस्थामा पुनरावेदन गर्ने अधिकार रहन्छ भनी अरु कुरामा पुनरावेदकीय अधिकार भएको अदालत वा निकायले अनुमान गर्न नमिल्ने । (प्रकरण नं.४) § कानूनमा पुनरावेदन लाग्छ भनी उल्लेख भएको विषयमा पुनरावेदन सुन्ने निकाय कुन हुने भन्ने पनि सोही कानूनमा तोकिएको हुन्छ । सोही आधारमा साधिकार निकायमा पुनरावेदन गर्ने अधिकार सम्बन्धित पक्षमा रहन्छ । विधिकर्ताले नै पुनरावेदनको आवश्यकता नदेखेको विषयमा न्यायिक व्याख्याद्वारा पुनरावेदन लाग्ने भनी अधिकारक्षेत्र विस्तारित गर्न नमिल्ने । § कानूनले प्रदान गरेको अधिकारअन्तर्गत पक्षको पुनरावेदन परेको अवस्थामा पुनरावेदकीय अधिकारक्षेत्रको प्रयोग गरेमा मात्र त्यस्तो निर्णयले आफ्नो क्षेत्राधिकारको वैधता प्राप्त गर्न सक्दछ । अन्यथा अधिकारक्षेत्रात्मक त्रुटि भई भएको निर्णय कायम रहन नसक्ने भई बदर हुने । (प्रकरण नं.५) § विशेष ऐनले गरेको पुनरावेदनसम्बन्धी अधिकार विशेष पुनरावेदकीय अधिकार हो । सामान्य पुनरावेदकीय अधिकार असीमित हुन्छ भने विशेष पुनरावेदकीय अधिकार सीमित हुन्छ । विशेष ऐनले जति कुरामा पुनरावेदन सुन्ने अधिकार प्रदान गर्दछ, त्यति कुरामा मात्र पुनरावेदकीय अधिकारक्षेत्र ग्रहण गर्न सकिने । (प्रकरण नं.७) पुनरावेदक वादीतर्फबाटः विद्वान अधिवक्ता बालकृष्ण नेउपाने प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, बसन्तराम भण्डारी र हरिहर दाहाल, विद्वान अधिवक्ता ईन्द्र खरेल अवलम्बित नजीरः नेकाप २०६१, अङ्क ६, नि.नं. ७३९१, पृष्ठ ६९९ सम्बद्ध कानूनः § अंशबण्डाको महलको ३० नं. § मालपोत ऐन, २०३४ को दफा ७, ८, ८(ख), २८, २९, ३०, ३१ फैसला न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत, पाटनको मिति २०६०।७।१७ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन परी संयुक्त इजलासबाट सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(घ) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भनी भएको आदेशअनुसार यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– भक्तपुर जिल्ला, गा.वि.स. कटुञ्जे, वडा नं. ३ बस्ने कृष्णकुमारी ढुंगेल र धनकुमारी ढुंगेलको वारेस विनोद ढुंगेलले गा.वि.स. कटुञ्जे, वडा नं. २ स्थित कि.नं. २७८, वडा नं. ३ स्थित कि.नं. ६६६