निर्णय नं. ८०१ - ...........

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०१ - ........... भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३०/०९/२० २२२७ निर्णय नं. ८०१ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०२९ सालको दे.फु.नं. १२३ फैसला भएको मिति : २०३०।९।२०।६ मा निवेदक : का.जि. तलाछी टोल बस्ने त्रिरत्न तुलाधर विरुद्ध विपक्षी : ऐ. ठमेल बस्ने चौथीमान माली (१) कारोवार लेनदेन भन्नाले कर्जा लेनादेना बाहेकको अन्य कुनै कारवाहीलाई संकेत गर्ने हुनाले साहू आसामी बनी कर्जा लिनुदिनु गरेको व्यवहार हो भन्न नमिल्ने र यस्तोमा साहू आसामीको ३८ नं. को २ बर्षभित्रमा नालिस गर्नुपर्ने । यसमा साविक मुलुकी ऐन साहू आसामीको २ नं.बमोजिम १० बर्षको या ऐ.३८ नं. बमोजिम २ बर्षको कुन हदम्याद लाग्ने हो भन्ने प्रारम्भिक प्रश्नउपर नै सर्वप्रथम विचार गर्नुपर्ने हुन आएको छ, यस प्रसङ्गमा हेर्दा साविक मुलुकी ऐन साहू आसामीको नं.१ मा कर्जा लेनदेन गर्दा ऐनको रीत पुर्‍याई तमसुक खाता बहीसमेतको लिखतपत्र केही नगरी नगर्नु भन्ने र ऐ.२ नं.मा १० बर्षको बीचमा भाखापत्रको कागज गराएको या ब्याज नखाएकोमा तमसुक लिखत पास भएको मितिले १० बर्षभित्र नालिस गर्नुपर्ने समेत व्यवस्था भएको पाइन्छ, उक्त साहू आसामीको १–२ नं. को तात्पर्यको लागि साहू आसामी बनी कर्जा लिनुदिनु गरेको व्यवहार हुनु पर्ने प्रष्ट छ । वादीले नालिसमा विपक्षीले मसँग कारोवार गरी आएकोमा २०१०।३।१।१ मा हिसाब गरी मेरो बाँकी ठहर्न आएको कं.रू.१९७८। को कागज लेखिदिएको भन्ने उल्लेख गरेको र वादी दावीको ०१०।२।१।१ को लिखतमा पनि त्रिरत्न तुलाधरसँगको कारवार लेनादेना तमाम हिसाब गरी आजसम्मको मैले बुझाउनु पर्ने कं.रू.१९७८। भन्ने लेखिएको कारोबार लेनादेना भन्नाले कर्जा लेनदेन बाहेकको अन्य कुनै कारवाईलाई नै संकेत गर्ने हुनाले साहू आसामी बनी कर्जा लिनुदिनु गरेको व्यवहार हो भन्न मिल्ने देखिएन तसर्थ कर्जा लिनुदिनु बाहेकको यस्तो लिखतको रूपैयाँ भराइपाउँ भन्ने कुरामा साहू आसामीको २ नं.बमोजिम १० बर्षको हदम्याद लागू हुन नसक्ने र साहू आसामीको ३८ नं.बमोजिम २ बर्षको हदम्याद भित्रै नालिस गर्नुपर्नेसमेत हुँदा उक्त साहू आसामीको ३८ नं. को म्याद २ बर्षभित्र नालिस नपरेको भनी ०२८।१२।३०।३ को डिभिजन बेञ्चले खारेज गर्ने गरेको मनासिव ठहर्छ कोर्टफी राखेकोले निवेदक वादीलाई मुद्दा दोहर्‍याएकोमा अरू सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाइदिनु । (प्रकरण नं. ११) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधर विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२९।४।६ को हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : उक्त विपक्षले मसँग कारवार गरिआएकोमा २०१०।३।१।१ मा हिसाब गरी मेरो बाँकी ठहर्न आएको भा.रु.१९७८। र त्यसको ब्याज ल्हासाको चलनअनुसार सयकडा १६ का दरले ब्याजसमेत ६ महिनामा चुक्ति गरी बुझाउँला भनी निजका हस्ताक्षरले कागज लेखिदिएकोमा आजसम्म नदिएकोले नेपाल कानून चलनअनुसार सयकडा १० ले हुने ब्याज र सावाँसमेतमा रू.३९५०। को भा.रू.१००। को ने.रू.१६०। का दरले हुने ने.रू.६३२०। भराइपाउँ भन्ने वादी । ३. वादीको र मेरो ल्हासामा व्यापारसम्बन्धी कारोवार व्यापार भएक