निर्णय नं. ६७०५ - विक्रिकर फिर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७०५ - विक्रिकर फिर्ता भाग: ४१ साल: २०५६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५५/०५/२९ २५६२ निर्णय नं. ६७०५ ने.का.प २०५६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा संवत् २०५१ सालको रिट..नं.... २९३३ फैसला मितिः २०५५।५।२९।२ मुद्दाः विक्रिकर फिर्ता । पुनरावेदकः भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ऋषिराम लामिछाने । विरुद्ध विपक्षीः जि. रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नं १ वस्ने शिव प्रसाद शर्मा । § विक्रि कर लाग्ने नलाग्ने कुरा कानून व्दारा निर्धारित हुने विषय हुँदा विक्री कर दाखिल गरेकै कारण सम्मले विक्रि कर लाग्ने भन्न नमिल्ने । (प्र. नं. ९) पुनरावेदक तर्फबाटः विपक्षी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या. लक्ष्मणप्रसाद अर्याल : पुनरावेदन अदालत वुटवलबाट भएको फैसला उपर यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एबं निर्णय यसप्रकार छः २. रा.अ.झ. २५ नं को पिक अप मेटाडोर महेन्द्रा कम्पनीको पुरानो गाडी २०४६।८।२८।४ का दिन भैरहवा भन्सार कार्यालयमा लिलाम बढावढ हुने भएको जानकारी पाई मैले सवैभन्दा बढी रु १,१५०००। मा लिन कबुल गरेको २०४६।८।३० मा बुझाउन जाँदा रु १,३८,०००। कोआयल प्रज्ञापन पत्र समेत भराई असुल गरी लिएको यसरी सरकारी कार्यालयले प्रयोग गरेका पुरानो गाडीको गैरकानूनी तवरले म वाट लिएको विक्रि कर रकम फिर्ता गरि पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. वादीको फिराद दावी सवै कुरा झुट्टा हो । भन्सार ऐन, २०१९ समेतको आधारमा कानूनले लिनुपर्ने विक्रि कर लिलाम हुँदाको वखत निजलाई पूर्व जानकारी दिई लिएको हुँदा हक अधिकार हनन भएको छैन । झुट्टा दावी खारेज गरी पाउ भन्ने भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत समेतका प्रतिवादीहरुको एकै मिलानको अलग अलग प्रतिउक्त पत्र । ४. टेण्डर निकालेको समयमा विक्रि भन्ने लेखिएको थिएन । जुन दिन लिलाम गरियो, हामीले लिने समयमा लिई सक्दा पनि विक्रि कर लेखिएको थिएन र गाडी लिने समयमा पनि विक्रीकर लाग्छ भन्ने देखाएका विक्रि कर वादी शिव प्रसादले फिर्ता पाउनु पर्छ भन्ने वादीको साक्षी प्रकाश शर्माले तत्कालीन लुम्बीनी अन्चल अदालतमा गरेको वकपत्र । ५. रा.अ.झ. १५ नं. को उक्त गाडी कहाँ के कस्तो व्यहोराबाट जफत भएको हो । र सामयिक कर असूली ऐन २०१२ बमोजिम विक्रि कर छुट सम्बन्धमा के कस्तो कारवाही भई सो गाडी दर्ता हुन गएको हो ? सम्बन्धित कार्यालय संग पत्राचार गरी जवाफ प्राप्त भएपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत वुटवलको मिति २०५०।६।२७ को आदेश । ६. पुन पूर्व आदेश बमोजिम उल्लेखित विवरण पत्राचार गरी मगाई पठाई दिनु भनी पुनरावेदन सरकारी वकिल कार्यालय वुटवललाई लेखि जवाफ प्राप्त भएपछि नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत वुटवलको मिति २०५०।१२।१८ को आदेश । ७. सामयिक कर असुल ऐन, २०१२ को दफा ३ को अधिकार प्रयोग गरी श्री ५ को सरकारको मिति २०४६।२।२६ खण्ड ३७ अतिरिक्त १८(ख) को सूचना आदेशको दफा ३(१४) मा विदेशी कुटनैतिक नियोग र त्यहाँ काम गर्ने कुटनैतिक कर्मचारी तथा महसुल सुविधा पाएका व्यक्ति वा संस्थाको नाममा दर्ता भई नेपाल अधिराज्य भित्र प्रवेश भएको ५ वर्ष पूरा भएका सवारी साधन विक्री गरेमा विक्रिकर लाग्ने छैन भन्ने स्पष्ट व्यवस्था भएको र फिरादीले लिलाम सकार गरेका गाडी ५ वर्ष भन्दा अगावै नेपाल अधिराज्यमा प्रवेश गरेको र सरकारी नम्वर प्लेट अन्तर्गत सम्बन्धित भन्