निर्णय नं. ९०४ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०४ - जालसाजी भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/05/17 २२९८ निर्णय नं. ९०४ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् ०२९ सालको फौ फु.नं. ४४ फैसला भएको मिति : ०३२।५।१७।३ निवेदक : पाल्पा जोगे पानी वालटारी बस्ने रामबहादुर रावल क्षेत्री समेत विरुद्ध विपक्षी : ऐ. बस्ने गोविन्दबहादुर रावल समेत मुद्दा : जालसाजी (१) हक नभएको जग्गा राजीनामा गरी दिएलिएको कायम नहुने । (प्रकरण नं. १६) निवेदक तर्फबाट : अधिवक्ता लबदेव भट्ट फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट ०२७।५।९।३ मा भएको निर्णय दोहोर्‍याई पाउँ भन्ने निवेदक वादीहरूले चढाएको निवेदनमा व्यहोरा साँचो भए डिभिजन बेञ्चबाट फैसला भएको मिसिल झिकी सर्वोच्च अदालत फुल बेञ्चबाट दोहर्‍याई हेरी कानूनबमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भन्ने विशेष जाहेरी विभागबाट ०२८।९।२० मा लेखी आएको हुकूम प्रमांगी बमोजिम मुद्दा दोहरिई पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : हाम्रा बाबु ससुराका अंश भागमा परी भोगचलन गरी ०१६ सालमा भिन्न हुँदा म नारानबहादुरका अंश भागमा परेको लामी चिडियार भन्ने खेत मुरी ५। नं.२३४ लामी चिडियार अल्केटारी खलुबोटे भन्ने खेत १।३।३ मा हामीले खिचोला गरे भन्ने गाविन्दबहादुरले र म नारानबहादुरले टिकारामलाई बिक्री गरेको चालिसे भन्ने खेत मुरी २४।१२।२ मध्ये १२।४।२ को कित्ता १ र म रामबहादुरको परिवार १९ सालमा छुट्टि भिन्न हुँदा क्षेत्रकुमारीका अंशमा परेको विमिर्‍या खर्क भन्ने पाखो घरबारी कित्ता १ समेतको खेत पाखो घर समेतको जग्गा रु.१००००। मा गोविन्दबहादुरसँग राजीनामा गरी लिएकोमा खिचोला गरे भनी रामहरिले र हामीले जालसाजीबाट बण्डापत्र बहाली पुर्जि गरे भन्ने गोविन्दबहादुरले हामी उपर नालिस गरेकोमा जालसाज गरेको होइन भन्ने प्रतिवादी दिएको मुद्दामा इन्साफ पाउने छौं, हाम्रो हक भोगको जग्गामा हकै नपुग्ने गोविन्दबहादुरले दोहरा पारी रसिद गरिदिएकोमा जि.खड्गबहादुर मु.जितबहादुरलाई र हकै नपुग्ने जग्गा जालसाजीबाट बेदामे रु.१००००। को राजीनामामा लेनदेन गरेमा गोविन्दबहादुर रामहरिलाई त्यस्तो जालसाजी भनी जानी जानी राजीनामामा साक्षी बसेको खेमराज, विष्णुप्रसाद, शारदाप्रसाद, टिकाराम दिनामणीहरूलाई सजाय गरी रसिद राजीनामाहरू बदर गरी गोविन्दबहादुर वा रामहरिका नाउँमा दाखिल खारेज दर्ता गरेको भए सो समेत बदर गरिपाउँ भन्ने रामबहादुर नारानबहादुर क्षेत्रकुमारीको फिराद । ३. नं. २६३ को लामी चिडियार भन्ने खेत मुरी ।५ नं.२३४ को लामी चिडियार अलगेटारी खल्टुबोट भन्ने खेत १।३।३ चालिसे भन्ने १२।४।२ समेत चक्रबहादुरको अंश भई निजपछि रामहादुरले भोगचलन गरिआएको भई रामबहादुरसँग तिरो बुझी रसिद दिने गरिआएको १६ सालमा छुट्टि भिन्न हुँदा नारानबहादुरको भागमा परेको भई निजसँग तिरो बुझी रसिद दिने गरिआएको छु । ०२० सालमा नारानबहादुरकै नाउँमा दाखिल खारेज भएको छ । वादी लेख बमोजिम गोविन्दबहादुरसँग तिरो बुझी लिएको रसिद दिएको समेत नहुँदा जालसाजी गरी रहनुको कुनै अवस्था कारण नपरेको हुँदा झुट्टा दावीबाट फुर्सत गरिपाउँ भन्ने समेत खड्गबहादुर रावलको प्रतिउत्तर । ४. वादीले दावा गरेको चालिसे भन्ने खेत र मूल घरबारी भन्ने विमिर्‍या खर्क जग्गा ७० सालको बण्डापत्रबाट बाबु जोगबहादुरको बण्डामा परी बाबु र आमाका शेष