निर्णय नं. ६७०६ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७०६ - लेनदेन भाग: ४१ साल: २०५६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५३/०५/१० २५९९ निर्णय नं. ६७०६ ने.का.प २०५६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे संवत् २०४९ सालको दे.पु.नं.... ५६५ फैसला मितिः२०५३।५।१०।२ मुद्दाः लेनदेन । पुनरावेदक प्रतिवादीः का.जि.का.न.पा. वार्ड नं. ११ थापाथली स्थित श्री ५ को सरकार स्थानीय विकास मन्त्रालय अन्तर्गत आदर्श छापाखानाको तर्फबाट ऐ.का. छापाखाना प्रमुख वर्ष ४९ को हेमराज पाण्डे विरुद्ध विपक्षी वादीः नेपाल बैंक लिमिटेड काठमाण्डौको तर्फबाट अख्तियार प्राप्त ऐ.का. मुख्य प्रवन्धक योगेन्द्र राज रिजाल । § पुनरावेदकले कर्जा लिएको लिखत कपाली तमसुक होइन, करार हो करारमा फिराद गर्ने हदम्याद नघाई फिराद परेकोले खारेज हुनु पर्दछ र अ.वं. ७२ नं. विपरित छुट्टाछुट्टै लिखतको विषयमा एउटा मात्र फिराद परेको मिलेको छैन भनी वहस समेतमा जिकिर लिएको देखिन आउँदछ । एकै दिन, उही पक्षहरुका बीच एकै विषयमा भएका लिखत बमोजिमको रकम दिलाई पाउँ भन्ने दावा देखिँदा अ.वं. ७२ नं. विपरित भन्न मिलेन । वादीले कपाली सरहको लिखत भएकोले साँवा व्याज भराई पाउँ भनी दिएको फिरादको प्रतिवाद गर्दा उक्त लिखत लेनदेन प्रकृतिको कारोवारको लिखत नभई करार प्रकृतिको हो भन्ने जिकिर प्रतिवादीले लिएको देखिएन । कुनै व्यापारिक कारोवारको सम्बन्धमा लिखत भएको समेत देखिदैन । तसर्थ वादी दावी बमोजिम साँवा व्याज रकम भराई दिने गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मनासिव ठहर्ने । (प्र.नं. १२) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री राजिवकान्त मैनाली विपक्षी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या. लक्ष्मणप्रसाद अर्यालः पुनरावेदन अदालत पाटनको मिति २०४९।१ ।२२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९.(१) (क) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छः २. विपक्षी श्री ५ को सरकारको स्वामित्वमा रहेको आदर्श छापाखानाको मिति २०४१।१।२५ मा निजको नाममा काटिएको राष्ट्रिय वाणिज्य वैंकको रु १८,००,०००। र सोही मितिमा काटिएको राष्ट्रिय वाणिज्य वैंकको रु २०,००,०००। थान दुई बैकबाट जम्मा रु ३८,००,०००। (अठतीस लाख) बैंक नियम बमोजिम वि.पि. गरि विपक्षीबाट दुईवटा छुट्टा छुट्टै लिखत लेखाई भुक्तानी दिइयो । उक्त दुवै वाणिज्य वैंकबाट मिति २०४१।१।२६ मा फिर्ता आयो । त्यस सम्बन्धमा विपक्षीसंग सांवा रु २१ प्रतिशत व्याज सहति भुक्तानी गर्न पत्राचार गरियो । पटक पटक गरी १,१४,९७०। वुझाइएको र अन्य रकम नवुझाइएकोले वाध्य भएर यो फिराद दायर गरिएको छ । विपक्षीहरुबाट सावा रु ४२,८२,३०४।६० समेत जम्मा रु. ७९,७७,३३३।७० र फिराद मिति देखा परि भरिभराउ हुने दिनसम्मको सांवाको सयकडा २५ प्रतिशतले व्याज समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको नेपाल बैंक लि. को मिति २०४४।११।२३ मा तत्कालीन अवस्थाको वागमती अंचल अदालतमा परेको फिराद पत्र । ३. फिराद दावी बमोजिमको रु. ३८,००,०००। वुझाउनु पर्ने तथ्य सत्य हो त्यस मध्ये पटक पटक गरी रु १,१४,०७० वुझाई सकेको र वाँकी रकम पनि तिर्दै जाने तर्फ प्रयत्नशील रहेको भन्ने समेत व्यहोराको आदर्श छापाखानाको तर्फबाट र आफ्नो तर्फबाट समेत छापाखानाका प्रमुख वोध बहादुर राउतको मिति २०४५।४।२५ गतेको संयुक्त प्रतिउक्त पत्र । ४. फिराद दावी अनुसारको कारोवारमा संलग्न हुनुपर्ने कुने कारण छैन र भएको पनि होइन । सो कारवोवार फिरादी