निर्णय नं. ९०५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/05/12 २२१७ निर्णय नं. ९०५ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३१ सालको रिट नम्बर १४०७ आदेश भएको मिति : २०३२।५।१२।५ निवेदक : का.जि. मनमैजु गा.पञ्चायत वडा नं.८ बस्ने बसन्तराज शर्मासमेत विरुद्ध विपक्षी : माननीय उद्योग तथा वाणिज्य राज्यमन्त्री श्री ५ को सरकार उद्योग तथा वाणिज्य मन्त्रालय समेत मुद्दा : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) ऐनमा भेदभाव गर्नु भनेको छैन तै पनि औचित्यको दृष्टिकोणले घर नहुने मजदूरहरूलाई मात्र घर भाडा दिने भनी लेखेकोले कानून विपरीत भेदभाव भएको । (प्रकरण नं. ४) निवेदक तर्फबाट : अधिवक्ता गणेशराज शर्मा विपक्षी तर्फबाट : सरकरी अ.रतनलाल कनौडिया फैसला न्या. हेरम्बराज १. नेपालको संविधानको धारा ७१ अन्तर्गतको उपयुक्त आज्ञा आदेश पुर्जि वा उत्प्रेषणको आदेशद्वारा बदर घोषित गरी नेपाल राजपत्र खण्ड २३ संख्या ३० मिति २०३०।७।७ मा प्रकाशित सूचनाको दृष्टव्य ३समेत बमोजिमको घर भाडा सम्वत् ०३१ साल जेष्ठ देखिको हिसाब गरी दिनु भनी विपक्षी कपडा उद्योगका नाउँमा परमादेश जारी गरी निवेदकहरूको हकहरू प्रचलन गरिपाउँ भनी रिट निवेदन ०३१।११।२५।१ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य र जिकिर यसप्रकार छ : हामी निवेदकहरू बालाजु कपडा उद्योगमा लूम अपरेटर समेतको काममा वैतनिक मजदूर भई काम गर्दछौं र नेपाल कारखाना र कारखानामा काम गर्ने मजूदरसम्बन्धी ऐन, २०१६ अन्तर्गतका संरक्षणहरूको हक राख्दछौं । हामी कारखानामा काम गर्ने मजदूरहरूको हक हित स्वार्थको संरक्षण भएका विभिन्न प्रयासको परिणाम स्वरुप श्री ५ को सरकार उद्योग वाणिज्य मन्त्रालयले नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूरसम्बन्धी ऐन, २०१६ को दफा ३७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल अधिराज्यको १३ जिल्लाहरूमा मजदूरहरूको वर्गीकरण अनुसारको निम्नतम बेतन दर तोकेको थियो र त्यस निम्नतम बेतनहरूलाई बालाजु कपडा उद्योगले पनि स्वीकार गरी लागू गरेको थियो । त्यो नियम लागू भएदेखि ०३१ साल बैशाख मसान्तसम्म आफ्नो घर हुने वा नहुने हामी सबै मजदुरहरूलाई बिना कुनै भेदभाव उक्त नियमबमोजिम घर भाडा प्रदान गरिएको थियो । कानून समान संरक्षणमा रही आएको हामी मजदुरहरूलाई श्री माननीय उद्योग वाणिज्य राज्यमन्त्रीको मिति २०३१।१।८ को निर्णयको उल्लेख गर्दै मिति २०३१।२।२१ को पत्रद्वारा घर नहुने मजदुरलाई मात्र घर भाडा पाउनुपर्ने भनी श्री बालाजु कपडा उद्योगलाई लेख्नु भयो र सोही बमोजिम उक्त घर भाडा वापतको रकमबाट बञ्चित गरेको छ । विपक्षीहरूको त्यस अनुचित र भोदभावयुक्त व्यवहारको विरुद्धमा घर नहुने मजदुरहरूले पनि हाम्रो लागि सहानुभूति व्यक्त गरी हामीले नियमबमोजिम पाउनुपर्ने घर भाडाको रकम नपाउन्जेल आफूहरूले पनि सो रकम नलिई विपक्षीहरूमाथि दवाव दिएका छन् र हामी सबै मजदुरहरूले अद्यापी दिई रहेको उक्त आग्रनबाट कारखानाले श्री माननीय उद्योग तथा वाणिज्य राज्यमन्त्रीको निर्णयको आधारबाट हामीलाई हाम्रो स्थापित हकबाट बञ्चित गरिरहेको छ । कारखाना र कारखानमा काम गर्ने मजदुरसम्बन्धी ऐन, २०१६ को दफा ३७(१) ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले राजपत्र खण्ड २३ संख्या ३० मा प्रकाशित गरेको सूचना बमोजिमको घरभाडा दिनुपर्ने बाध्यता कारखानामा निहित छ । कारखानामा काम गर्ने समय र पटकहरूको व्यवस्थाले गर्दा घर हुने व्यक्तिल