निर्णय नं. ८०२ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०२ - लेनदेन भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३०/१२/०२ २४९९ निर्णय नं. ८०२ ने.का.प. २०३१ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको दे.फु.नं. १२८ फैसला भएको मिति : २०३०।१२।२।६ मा निवेदक : ल.पु.जि. नख्खु बस्ने कृष्णलाल तण्डुकार मरी मु.स.गर्ने हरिबहादुर तण्डुकार विरुद्ध विपक्षी : काठमाडौं न्होखा टोल बस्ने अष्टरत्न शाक्यसमेत मुद्दा : लेनदेन (१) साझेदारी कायम नहुने भएपछि साझेदारी काममा लगाएको पुँजीको रूपैयाँ फिर्ता दिनु नपर्ने भन्न नमिल्ने । वादी र प्रतिवादी अष्टरत्नको बीचमा भएको ०२२।५।२२ को साझेदारीको शर्तनामामा ढुङ्गाखानीको कामको साझेदारी भई वादीले लगाएको पूँजी वादीले पछि फिर्ता लिन नपाउने भन्ने शर्तनामामा कुनै उल्लेख भएको र व्यवस्था गरेको समेत देखिँदैन । उक्त शर्तनामामा साझेदारी भई काम गरी आउँदा चित्त नबुझे कुनै किसिमको उचित नसम्झेमा २ आना हिस्साबाट जो हुने नाफा नोक्सान हिसाब चुक्ति गरी फर्छ्यार्इ दिने भन्ने उल्लेख भएको देखिन्छ । यस्तो स्थितिमा साझेदारी ऐनको व्यवस्थाले वादी साझेदारी कायम नहुने भएपछि साझेदारी काममा वादीले लगाएको पूँजीको रू.५,०००। प्रतिवादीले फिर्ता दिनु नपर्ने र वादीले फिर्ता पाउँदैन भन्न मिल्ने नदेखिनाले पूँजीवापत भनी प्र. अष्टरत्नलाई वादीले दिएको रू.५,०००। वादीले प्रतिवादीबाट फिर्ता दिलाई पाउने देखिन आउँछ । (प्रकरण नं. १३) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधर फैसला न्या. वाशुदेश शर्मा १. प्रस्तुत मुद्दा दोहर्‍याइपाउँ भन्ने वादी कृष्णलालको निवेदन परेकोमा न्यायिक समितिको सिफारिशले नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई मुद्दा दोहरिएबाट यसबेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : अष्टरत्नले ढुङ्गाखानी खोल्ने ठेक्का लिएकोमा २ आना हिस्सा मलाई दिने व्यहोराको अष्टरत्न आगे भई संघरत्न मैत्रीरत्न साक्षी बसी शर्तनामा कबुलियत लेखिदिएकोले मैले हाल्नु पर्ने पूँजीवापतको रू.८,०००। मध्ये रू.५,०००। दिई मलाई तमसुक लिखत गरिदिएको बाँकी रू.३,०००। लिई साझेदारीमा मेरो नाम दर्ता गराइदिनुहोस् भन्दा गरी नदिई म्याद नाघिसकेकोले साझेदारी कायम नभएकोले मसँग लिएको रू.५,०००। फिर्ता दिनुहोस् भनी भन्दा टारवार गरेकोले सो रू.५,०००। विपक्षी ३ जनाबाट भराइपाउँ भन्ने वादी कृष्णलालको फिराद । ३. वादीले कबुलियत बमोजिम रू.८,०००। बुझाउनुपर्नेमा ५,०००। मात्र बुझाई बाँकी रू.३,०००। नदिई कबुलियतको उल्लंघन गर्नुभएको हो कबुलियतको शर्त भंग गरेपछि कबुलियत बमोजिम २ आना हिस्साको साझेदारीमा भर्ना हुने सवालै उठेन निजले शर्त तोडी काममा हेलचेक्राइँ गरेकोबाट हामीलाई पर्न गएको नोक्सानीमा निजउपर हर्जानामा दावी गर्ने भइरहेको थाहापाई बचनाको लागि नालिस गरेको मात्र हो लेनदेन व्यवहारको ३७ नं. अन्तर्गतको कागज नहुनाले फिराद खारेज हुनुपर्छ भन्ने अष्टरत्न, मैत्रीरत्न, संघरत्नको प्रतिवादी । ४. पेश भएको कागज व्यहोराबाट सो ठेक्काको काममा लिएको रूपैयाँ वापस वा भर्ना दिनेछु भन्ने नलेखिएको २ नं. को नाफा नोक्सानीतर्फमा वादीको दावा नभएकोले लेनदेन व्यवहारको ३७ नं. को आधारमा फिराद परेको र लिखतैबमोजिम गरिदिनु भन्ने सो ऐनमा उल्लेख भएको र लिखतमा वापस दिने भ